कविता : विशाल नेपाल

जब भारतले माग्छ नेपालका नदीहरू सम्झौतामा सही गर्दै दिइनेछ खुरूखुरू ।

राष्ट्राधिकार खोसेर नेपाली जलसम्पदा एकाधिकारमा पार्ने राष्ट्रघाती थिए बुँदा

परस्पर दुवै देशभित्रका जनताहरू पारपत्रविना बस्न पाउनेछन् खुरूखुरू

सुगौली सन्धिका साथै त्यो बेलायत साथमा जे भएर गरेका छन् सम्झौता सन्धि बीचमा

त्यो ब्रिटिस र नेपालबीचको सन्धिपत्र यो गरियो रद्द सम्पूर्ण मैत्री सन्धि गरेर यो

यहाँनेर सुगौलीको सन्धि खारेज नै हुँदा
पायो ग्रेटर नेपाल स्वतः नेपालले सदा

भन्ने बुँदाहरू राखी हस्ताक्षर गराइयो सबै धारा गन्यो लागू आठौं धारा कता गयो ?

नेपाल-इन्डिया मैत्री सन्धि साक्षी अगाडि छ सुगौली सन्धि खारेजी गरिएको प्रमाण छ

नेपाल इन्डिया मैत्री सन्धि धारा क्रमाङ्कमा सुगौली सन्धि खारेज छ एक सय आठमा

अरू धारा ग लागू त्यो एक सय आठको सुगौली सन्धिको धारा गरेन लागू स्वार्थको

त्यही धारा समातेर गुमेको भूमि पाउन सक्छौं ग्रेटर नेपाल फिर्ता गरेर ल्याउन

यही धारा समातेर घिसिङ श्री सुवासले फिर्ता ग्रेटर नेपाल गराउने विचारले

मुद्दा लेखेर त्यो हाईकोटभित्र पुगे निज मुद्दा दर्ता गराएन गरायो रिट खारिज

दुइटै देशका भोलि राष्ट्राध्यक्ष बसीकन राजनैतिक वार्ताले मुद्दा सक्तछ सुल्झिन

फर्कायो इन्डियाले त्यो खेलेर कूटनीतिले दार्जेलिङ निवासी हुन् गर्ने प्रयास आँटले

यो सार्वभौम सत्ता र यो राष्ट्रिय स्वतन्त्रता माथि पुग्ने गरी धक्का चिरा पार्दै अखण्डता

यस्तै बुँदाहरू लेखी एकतर्फीय स्वार्थको धज्जी उडाइएको छ यो राष्ट्रिय स्वतन्त्रको

– सुन्दरहरैँचा ११ माेरङ
नेपाल दर्पण महाकाव्य ( प्रकाशाेन्मुख )
१९ अाै सर्गकाे केही झलक

प्रतिक्रिया

सम्बन्धित