आचार्य अ.को ‘मेरो यात्रा’ कविता सङ्ग्रहको लोकार्पण

सुन्दरहरैँचा / मोरङ सुन्दरहरैँचाका कवि आचार्य अ.को ‘मेरो यात्रा’ कविता सङ्ग्रहको सुकुना बहुमुखी क्याम्पसमा शनिबार आयाेजित कार्यक्रममा लोकार्पण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथ प्रलेस नेपालका महासचिब डा. देवी दुलाल क्षेत्री लगायतले सो कृतिकाे बिमोचन गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि डा. क्षेत्रीले प्रलेस नेपालले सर्जकलाई प्रोत्साहित गर्ने कार्यक्रम अगाडि बढाइरहेको बताए । उनले ५६ ओटा जिल्लामा समिति बनिसकेको र बाँकी जिल्लामा पनि निर्माण हुने क्रममा रहेको बताए । समालोचक समेत रहेका क्षेत्रीले साहित्य शोसित र पीडितका लागि लेख्नुपर्ने उल्लेख गरे ।

कार्यक्रममा लोकार्पण गरिएको कृतिका लेखक आचार्य अ. तथा प्रकाशक कमलादेवी आचार्य र परिवारका सदस्यहरूको परिचय समेत गराईएको थियो । लोकार्पित कृतिको डा. दीपकप्रसाद न्यौपानेले समिक्षा गरेका थिए।कार्यक्रममा लेखकको तर्फबाट कवि आचार्य अ.ले मन्तब्य राखेका थिए । कृतिका लेखक भाषाविद तथा साहित्कारका रूपमा समेत परिचित रहेका छन । उनी लामो समय सुकुना बहुमुखी क्याम्पसमा प्राध्यापन पश्चात सेवानिबृत भएका हुन ।

कार्यक्रममा सहभागी साहित्यकारहरूले आफना कविता,लथुकथा,कृति भित्रका कविता, गजल,मुक्तक,हाइकु विधाका रचना बाचन गरेका थिए । कार्यक्रममा सुन्दरहैँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईँ,बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई,प्राज्ञ डा.देवी नेपाल, प्राज्ञ सुभद्रा भट्टराई, प्रा.डा. बद्रीविशाल पोखरेल, संविधान सभा सदस्य मधु गुरूङ, उदयपुरका प्रजिअ तथा साहित्यकार बाबुराम पोखरेल, कवि अनिल पौडेल,अच्छा रसिक राई प्रतिष्ठान अध्यक्ष लेखनाथ घिमिरे,सुकुना बहुमुखी क्याम्पस क्याम्पस प्रमुख चन्द्रमणि राई, कवि, समालोचक डा. दीपकप्रसाद न्यौपाने बिशिष्ट अतिथिका रूपमा रहेका थिए ।

कार्यक्रममा प्रलेस, नेपाल, १ नं प्रदेश उपाध्यक्ष रामप्रसाद खरेलले स्वागत मन्तब्य राखेका थिए । प्रलेस नेपाल, १ नं प्रदेश अध्यक्ष तिला गौतमको अध्यक्षतामा भएको कार्यक्रम प्रलेस नेपाल, १ नं प्रदेश सचिव राजेन्द्र सर्वहाराले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित