साउथ फिल्मको यी चर्चित जोडीको ब्रेकअप
![](https://snowberry.prixacdn.net/media/gallery_folder/article-l-2021495112621411810001672828334_eH3ObRQMxF_6ncz9ugbji9gwvmvaxr8ak46uedztidoss7vlksmyvqmximstnbzpsmqejay.jpg)
मुम्बई / सेलिब्रेटीहरू प्रायःजसाे आफ्नो सम्बन्धलाई लिएर चर्चामा आउँछन् । चाहे त्यो सम्बन्धको सुरुवात होस् या अन्त्य । फ्यानहरू जहिल्यै आफ्नो प्रिय स्टारको निजी जीवनसँग जोडिएका कुुरा जान्न चाहन्छन् । यहाँ साउथ फिल्म उद्योगका केही यस्ता जोडीको चर्चा गरिएको छ, जो आफ्नो प्रेमका कारण जति चर्चामा थिए, ब्रेकअपका कारण पनि उत्तिकै चर्चा पाए ।
नागा चैतन्य र सामन्था रुथ प्रभु
टलिउडमा नागा चैतन्य र सामन्था रुथ प्रभु लोकप्रिय जोडीका रुपमा चिनिन्थे । दुवैको प्रेम उनीहरू अभिनित ब्लकबस्टर फिल्म ‘ये माया चेसावे’ को सेटबाट अंकुराएको थियो । उनीहरुले कैयौं वर्षसम्म डेट गरेर सन् २०१७ मा विवाह गरे । तर, चार वर्षपछि उनीहरू अलग्गिए । नागा र सामन्थाले अक्टोबर २०२१ मा अलग्गिने निर्णय लिए ।
रक्षित शेट्टी र रश्मिका मन्दाना
रश्मिका मन्दाना र रक्षित शेट्टीको भेट सन् २०१६ को कन्नड फिल्म ‘किरिक पार्टी’को सेटमा भएको थियो । यो भेटपछि उनीहरूले डेटिङ सुरु गरेका थिए । एक वर्षपछि उनीहरुले प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न सन् २०१७ मा गृहनगर विराजपेट, कर्नाटकमा तामझामका साथ इन्गेजमेन्ट गरे । तर, एक वर्षपछि सन् २०१८ मा उनीहरुले इन्गेजमेन्ट तोडे । उनीहरुले प्रतिकुल मुद्दाका कारण सम्बन्ध तोडेको चर्चा चलेको थियो ।
नयनतारा र प्रभु देवा
विग्नेश शिवनका साथ सम्बन्धमा आउनुअघि नयनतारा ब्रेकअपका कारण चर्चामा थिइन् । विग्नेशअघि उनको सम्बन्ध निर्देशक तथा कोरियोग्राफर प्रभु देवासँग थियो । सन् २००९ मा उनी प्रभु देवासँग प्रेममा थिइन् । यद्यपि प्रभु विवाहित भएकाले उनीहरूको सम्बन्ध लामो समय रहेन । सन् २०१० मा प्रभुले आफू दुई वर्षदेखि नयनतारासँग प्रेममा रहेको खुलासा गरेपछि प्रभु देवा र उनकी पत्नी लताले सम्बन्धविच्छेद गरे । लतासँग सम्बन्धविच्छेद गरे पनि नयनतारासँग प्रभुको सम्बन्ध लामो समय टिक्न सकेन ।
अमला पल र भविन्दर सिंह
एएल विजयसँग सम्बन्धविच्छेद भएपछि अमला पल पुडुचरी गइन् । सन् २०१० मा उनी गायक भविन्दर सिंहसँग प्रेममा रहेर विवाह गरेकी थिइन् । विवाहका केही तस्वीर भाइरल भएको थियो । तर अभिनेत्रीले भने त्यो विवाह नभई फोटोसुट भएको दाबी गरिन् । तर भविन्दरले भने आफूले अमलासँग विवाह गरेको प्रमाण पेश गरेका थिए । तर, सन् २०२० मा अमलाले भविन्दरविरुद्ध अदालतमा मुद्दा दायर गरेपछि उनीहरूको सम्बन्धमा ब्रेक लागेको थियो । यो मुद्दा अहिले अदालतमा विचाराधिन छ ।
राणा दग्गुबाती र तृषा कृष्णन
राणा दग्गुबाती र तृषा कृष्णन साउथको लोकप्रिय जोडीमध्ये एक थिए । उनीहरू प्रायः सार्वजनिक कार्यक्रम, अवार्ड, पार्टीमा एकसाथ देखिन्थे । यद्यपि उनीहरुले आफ्नो सम्बन्धलाई कहिल्यै खुले स्वीकारेनन् । उनीहरुले १० वर्ष डेट गरे पनि त्यसले पूर्णता पाएन ।
![विवाहसँग डराउने अनौठो रोग ‘गामोफोबिया’ : कसरी लाग्छ, कस्ता हुन्छन् लक्षण?](https://snowberry.prixacdn.net/media/gallery_folder/salman-khan_ycAGmfHfs1_rdr8y7asm0bpmloo2q723ollz4zikpxyxldpqcukjgvmmmwlf3d2h9yerstk_q8cEl559kB_n9ejxj1mpb2pjfjdgjoivvsvxysvs5jdlewqnre1huxh08l8almc7mjjl2w5.jpg)
विवाहसँग डराउने अनौठो रोग ‘गामोफोबिया’ : कसरी लाग्छ, कस्ता हुन्छन् लक्षण?
![५० किमि टाढा प्रेमिका भेट्न घरबाट निस्किए श्रीमान : पछि गर्दै आएकी श्रीमतीले रेस्टुरेन्टमै मच्याइन् बबाल](https://snowberry.prixacdn.net/media/gallery_folder/%25E0%25A4%25AA%25E0%25A4%25AA%25E0%25A4%25AA_ouewlSaShE_g7u0pg4xutwfxbssag65wibfbk5lxjypouwzchxjjdeumjod3zywcsilftyo_NQiLaMiFzi_vggd7mngxv4e5pu3nldiqwu0f8pmepgoraqynsewm4gpm6xeozpdvcdsb6bg.jpg)
५० किमि टाढा प्रेमिका भेट्न घरबाट निस्किए श्रीमान : पछि गर्दै आएकी श्रीमतीले …
![टी-सिरिजलाई उछिन्दै 'मिस्टर बिस्ट' बन्यो युटुबमा धेरै सब्सक्राइबर भएको च्यानल](https://snowberry.prixacdn.net/media/gallery_folder/Beast.jpg_6IJ1wauoOL_zk2qhwlfggalaeubnmksvgpzyihokfhusk2zxjrqphjp9plewerkssamvtlo_q6UPH50SkX_g9u73ccmxqri7rmigy45eghrdlgiyzkdrl0zcshghbqddrg7hauhvtbktxbd.jpg)
टी-सिरिजलाई उछिन्दै 'मिस्टर बिस्ट' बन्यो युटुबमा धेरै सब्सक्राइबर भएको च्यानल
![संसारको एउटा यस्तो मन्दिर, जहाँ प्रवेश गर्ने बितिक्कै मान्छेको मृत्यु हुन्छ](https://snowberry.prixacdn.net/media/gallery_folder/newskarkahna_9wmOfbQCOy_ejhlo8wbrczxubbmwekynp7kordnunml9pdiq0jgb9rpmojnfg8q9uvuxugo_tOv00iyQH1_dcm24ysaitb93kzh4yfy71l3p0kkljyedkf2amgucpoennpucxkdaassdbam.jpg)
संसारको एउटा यस्तो मन्दिर, जहाँ प्रवेश गर्ने बितिक्कै मान्छेको मृत्यु हुन्छ
![मरेको मानिसलाई जीवित गर्ने प्रयास : अष्ट्रेलियामा शवलाई हिउँमा गाडियो](https://snowberry.prixacdn.net/media/gallery_folder/newskarkahn_CrgGgpxhtY_ipaxcmcqbeb4pxeh6avpmtftjnshxgkh84mqkvb4neul5baxvvzzwqe8clrt_MaQ1FXVZno_cj2ek4neende0gxzwhsbeuyyyhuhqf2yu0vixapxdggxawllcyklizj0egjm.jpg)
मरेको मानिसलाई जीवित गर्ने प्रयास : अष्ट्रेलियामा शवलाई हिउँमा गाडियो
![चराको प्वाँख मात्रै ३७ लाख ७८ हजार रूपैयाँमा बिक्यो](https://snowberry.prixacdn.net/media/gallery_folder/pyakh_2P2ile6Xgp_zpgtsbeeof88dfi8xe4lf2krfwnwugxg8i8sgfzaq8pq31rkgdrd5yuljdk8_0VCfIM0a05_gg4touzwk5q9ikfznyhmi6zqjmeu9lp9b5lcpzv0u3jbb8eqwlmmryrttmpw.jpg)
चराको प्वाँख मात्रै ३७ लाख ७८ हजार रूपैयाँमा बिक्यो
![सासूसँग ज्वाइँको प्रेम, ससुराले गराइदिए विवाह](https://snowberry.prixacdn.net/media/gallery_folder/ring_ahJDcVfcNb_hedperjvyzdvgvtqmrqah5tvdtph20faxd4kdbysr8rcf23htcvxt50rjiqq_6cbW3ZcgzY_xbmqtie4o5gmo3s7nqaqt2uei77n0fdsv7jyd0k0k5gxncozmp0gnbgguqvc.webp)
प्रतिक्रिया