६८ हजारको मेकअप गराएर ब्युटी पार्लरबाट भागिन बेहुली
![](https://snowberry.prixacdn.net/media/gallery_folder/looteri-dulhan_YIlnc6ipSx_ixbfc42rj4oqi8abn3pna23n98ucsa7xpcwhuduofusowz4neadkxqnle76y.jpg)
एजेन्सी । ६८ हजारभन्दा बढीको मेकअप गराएर हुनेवाली एउटी बेहुली बिल नतिरिकन ब्युटी पार्लरबाट भागिन् । दुई सातापछि उनको बिहे थियो र उनी बिहेको तयारीको सिलसिलामा मात्र पार्लर आएकी थिइन् । पार्लरकी मलिक महिलाले बिल नतिरेको भन्दै प्रहरीमा उजुरी गरेपछि प्रहरीले महिलाको खोजी सुरु गरेको छ । प्रहरीले अहिले महिलाको तस्बिर पनि सार्वजनिक गरेको छ ।
डेली स्टारको रिपोर्टका अनुसार यो कुरा बेलायतको योर्क शहरको हो जहाँ शार्लोट ब्रिजेस नामकी महिलाले आफ्नै ब्यूटी सैलुन चलाउँछिन् । शार्लोटले सेप्टेम्बर २८ मा एक महिलाले उनलाई म्यासेज गरेर तत्काल अपोइन्टमेन्ट बुक गरेको बताइन् । उनले आफू विवाह गर्न लागेको भन्दै बोटोक्स र ओठ फिलर गराउन चाहेको दाबी बताइन् ।
शार्लोटले महिलाको ट्रिटमेन्ट सुरु गरिन्, जुन करिब २ घण्टासम्म चल्यो। ट्रिटमेन्टअघि उनले महिलाका केही तस्बिरहरू क्लिक गरेकी थिइन्, ताकि पछि देखाउन सकियोस् कि मेकअप कति सुन्दर भएको छ। तर ट्रिटमेन्टपछि महिला त्यहाँबाट भागेकी थिइन् । उनले एक रुपैया पनि दिइनन् । उनीसँगै अर्की केटी पनि थिइन्, जसलाई उसले बहिनी भनेर बोलाइरहेकी थिई । ब्यूटी सैलुनकी सञ्चालक शार्लोटका अनुसार केटीले बाहिर निस्कँदा आफू र बहिनीको मेकअपको पैसा तिर्न कारबाट झोला ल्याउन जान लागेको बताएकी थिइन् । तर उनी फर्किइनन् । केही समयपछि उनकी बहिनी उनलाई हेर्ने बहानामा पार्किङमा गइन् र दुवै जना त्यहाँबाट भागे ।
शार्लोट भन्छिन् कि यो सबै देखेर म छक्क परें। ती दुवै महिलाको करिब ४५० पाउण्ड बिल आयो तर नदिई भागे । मैले मेरो जीवनमा यस्तो कहिल्यै देखेको छैन। यस्तो व्यवहार ग्राहकहरुबाट अपेक्षा गरिएको थिएन।यस घटनापछि शार्लोटले नर्थ योर्कशायर प्रहरीलाई सम्पर्क गरिन् । प्रहरीले आरोपित युवतीको खोजी सुरु गरेको छ । अघिल्लो दिन प्रहरीले युवतीको पहिचान भइसकेको बताए पनि सोधपुछ वा हिरासतमा लिइएको भने प्रहरीले जनाएको छैन ।
![विवाहसँग डराउने अनौठो रोग ‘गामोफोबिया’ : कसरी लाग्छ, कस्ता हुन्छन् लक्षण?](https://snowberry.prixacdn.net/media/gallery_folder/salman-khan_ycAGmfHfs1_rdr8y7asm0bpmloo2q723ollz4zikpxyxldpqcukjgvmmmwlf3d2h9yerstk_q8cEl559kB_n9ejxj1mpb2pjfjdgjoivvsvxysvs5jdlewqnre1huxh08l8almc7mjjl2w5.jpg)
विवाहसँग डराउने अनौठो रोग ‘गामोफोबिया’ : कसरी लाग्छ, कस्ता हुन्छन् लक्षण?
![५० किमि टाढा प्रेमिका भेट्न घरबाट निस्किए श्रीमान : पछि गर्दै आएकी श्रीमतीले रेस्टुरेन्टमै मच्याइन् बबाल](https://snowberry.prixacdn.net/media/gallery_folder/%25E0%25A4%25AA%25E0%25A4%25AA%25E0%25A4%25AA_ouewlSaShE_g7u0pg4xutwfxbssag65wibfbk5lxjypouwzchxjjdeumjod3zywcsilftyo_NQiLaMiFzi_vggd7mngxv4e5pu3nldiqwu0f8pmepgoraqynsewm4gpm6xeozpdvcdsb6bg.jpg)
५० किमि टाढा प्रेमिका भेट्न घरबाट निस्किए श्रीमान : पछि गर्दै आएकी श्रीमतीले …
![टी-सिरिजलाई उछिन्दै 'मिस्टर बिस्ट' बन्यो युटुबमा धेरै सब्सक्राइबर भएको च्यानल](https://snowberry.prixacdn.net/media/gallery_folder/Beast.jpg_6IJ1wauoOL_zk2qhwlfggalaeubnmksvgpzyihokfhusk2zxjrqphjp9plewerkssamvtlo_q6UPH50SkX_g9u73ccmxqri7rmigy45eghrdlgiyzkdrl0zcshghbqddrg7hauhvtbktxbd.jpg)
टी-सिरिजलाई उछिन्दै 'मिस्टर बिस्ट' बन्यो युटुबमा धेरै सब्सक्राइबर भएको च्यानल
![संसारको एउटा यस्तो मन्दिर, जहाँ प्रवेश गर्ने बितिक्कै मान्छेको मृत्यु हुन्छ](https://snowberry.prixacdn.net/media/gallery_folder/newskarkahna_9wmOfbQCOy_ejhlo8wbrczxubbmwekynp7kordnunml9pdiq0jgb9rpmojnfg8q9uvuxugo_tOv00iyQH1_dcm24ysaitb93kzh4yfy71l3p0kkljyedkf2amgucpoennpucxkdaassdbam.jpg)
संसारको एउटा यस्तो मन्दिर, जहाँ प्रवेश गर्ने बितिक्कै मान्छेको मृत्यु हुन्छ
![मरेको मानिसलाई जीवित गर्ने प्रयास : अष्ट्रेलियामा शवलाई हिउँमा गाडियो](https://snowberry.prixacdn.net/media/gallery_folder/newskarkahn_CrgGgpxhtY_ipaxcmcqbeb4pxeh6avpmtftjnshxgkh84mqkvb4neul5baxvvzzwqe8clrt_KtkyuEAiGR_r4rhlw4bniwtewvtub1ppwnzjsuugrzsdaijhu6pfevrjpezjlcxutq1j4gk.jpg)
मरेको मानिसलाई जीवित गर्ने प्रयास : अष्ट्रेलियामा शवलाई हिउँमा गाडियो
![चराको प्वाँख मात्रै ३७ लाख ७८ हजार रूपैयाँमा बिक्यो](https://snowberry.prixacdn.net/media/gallery_folder/pyakh_2P2ile6Xgp_zpgtsbeeof88dfi8xe4lf2krfwnwugxg8i8sgfzaq8pq31rkgdrd5yuljdk8_wvDPlBi75s_nmpnukoltarv8iwp3qbjiyaryibhsuhbgygvvt8qg8myxxcnd2hcmm4i003z.jpg)
चराको प्वाँख मात्रै ३७ लाख ७८ हजार रूपैयाँमा बिक्यो
![सासूसँग ज्वाइँको प्रेम, ससुराले गराइदिए विवाह](https://snowberry.prixacdn.net/media/gallery_folder/ring_ahJDcVfcNb_hedperjvyzdvgvtqmrqah5tvdtph20faxd4kdbysr8rcf23htcvxt50rjiqq_6cbW3ZcgzY_xbmqtie4o5gmo3s7nqaqt2uei77n0fdsv7jyd0k0k5gxncozmp0gnbgguqvc.webp)
प्रतिक्रिया