बाजुरामा १२औँ दिनमा मतगणना
![](https://snowberry.prixacdn.net/media/gallery_folder/matgananavotecounting-1652623341_eMhYwAXPiH_6x4kqcyz4pyfstbfkqi9tsboospecx2shkie5wxxyonazd2d688gusrdv5e4.jpg)
धनगढी / निर्वाचन सम्पन्न भएको १२ दिनपछि बाजुरामा मत गणना सुरु भएको छ । बुधबार निर्वाचन आयोगले मंसिर ४ गते खसेको मतलाई गणना गर्न निर्देशन दिएपछि बाजुरमा आज दिउँसो पौने ४ बजे देखि मत गणना सुरु भएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुधबार नै सवैदलिय बैठक बोलाएको भएपनि नेकपा एमालेका प्रतिनिधिको सहभागिता नभएपछि आज बिहान मात्रै सर्वदलिय बैठक बसेको थियो । सर्वदलिय बैठकले दिउँसो साढे ३ बजे देखि मतगणना गर्ने निर्णय गरेको थियो ।
मंसिर ४ गतेको निर्वाचनमा धाँधली भएको र बुथ कब्जा समेत भएको भन्दै नेपाली कांग्रेस र नेकपा एमालले एक अर्कालाई आरोप लगाउँदै निर्वाचन आयोगमा उजुरी दिएको थियो । एमालले जिल्लाका १६ मतदान केन्द्रमा बुथकब्जा गरेर एकलौटि मत खसालेको आरोप लगाएको थियो भने नेपाली कांग्रेसले ८ ठाउँमा बुथ कब्जा भएको आरोप लगाउँदै आयोगमा उजुरी दिएको थियो । दुई दलको उजुरी पनि निर्वाचन आयोगले जिल्लाको अवस्था बुझ्न अध्ययन टोली पठाएपनि सो टोलीले बुथ कब्जा भएको कुनै प्रमाण पेश गर्न सकेको थिएन ।
बाजुरामा कतदानका क्रममा भएको झडपका कारण त्रिवेणि नगरपालिका–७ का सन्दिप अयडिको प्रहरीको गोली लागेर मृत्यु भएको थियो भने सो ठाउँका चेतन अयडीलाई कांग्रेसका कार्यकर्ताले रातीको समयमा घरमै गएर कुटपिट गरी हत्या गरेका थिए ।
बुढीनन्दा नगरपालिका–५ को एक मतदान केन्द्रमा भने ४ मंसिरमा मतदानका क्रममा विवाद भएर गोली चलेपछि बीचैमा मतदान रोकिएको थियो । त्यहाँ पुनः मतदानसमेत भइसकेको छ ।
![एमाले नेताहरू भुसाल र साह पार्टीबाट निस्कासित](https://snowberry.prixacdn.net/media/gallery_folder/ghanshyam-prabhu_l4LWClGBtv_htaejyggww3tunroznixl0wsfqkbuutpmrmzhcqiqwmgvpgom7thtffpofdu.jpg)
एमाले नेताहरू भुसाल र साह पार्टीबाट निस्कासित
![कांग्रेस, एमाले र जसपाले शनिबार समानुपातिक सांसद छान्ने](https://snowberry.prixacdn.net/media/gallery_folder/congress-yemale-jasapa-685x457-1_jaNGf4M4E4_7xj0iadotw6au8debgm9tllibayxxrqv2jbchd4ssxmxybq9qlcuqpprhm6b.jpg)
कांग्रेस, एमाले र जसपाले शनिबार समानुपातिक सांसद छान्ने
![निर्वाचनमा सहयोग गर्ने सबैलाई सरकारले दियाे धन्यवाद, यस्ता छन् मन्त्रीपरिषद्का अन्य निर्णय](https://snowberry.prixacdn.net/media/gallery_folder/matgananavotecounting-1652623341_feyHSY0EsE_vlyvqdo4t45mu4fst9gns56v2vc3iz5ixxntgqngsqxvzjwempcgj1m2alei.jpg)
निर्वाचनमा सहयोग गर्ने सबैलाई सरकारले दियाे धन्यवाद, यस्ता छन् मन्त्रीपरिषद्का अ…
![सात दल बने राष्ट्रिय पार्टी, समानुपातिकतर्फ कसको कति मत ?](https://snowberry.prixacdn.net/media/purbelinews%20default%20image_2fya97kmeqwss7fvvmthgneqefcqea9swfuyxpqcfrw7bxkdijnsy9uhjjf3.jpg)
सात दल बने राष्ट्रिय पार्टी, समानुपातिकतर्फ कसको कति मत ?
![रवीन्द्र मिश्रको चुनाव खर्च साढे २४ लाख रुपैयाँ](https://snowberry.prixacdn.net/media/gallery_folder/rabindrad1669100559_MLzRfKPwv6_7cntendy4uaqysyfzrjqvkrhaupgqp66sr4tnqo0dpvddkgoy1po4onkbiwd.jpg)
रवीन्द्र मिश्रको चुनाव खर्च साढे २४ लाख रुपैयाँ
![रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा अर्को उजुरी](https://snowberry.prixacdn.net/media/gallery_folder/rabi_swCbjeCFuJ_g5tmn521l6putdxzbc1ksra3djt81aqxbhy4mselycg3b89loktrcvvnskqe.jpg)
रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा अर्को उजुरी
![प्रतिनिधिसभाका १६५ मध्ये १६४ स्थानको परिणाम सार्वजनिक](https://snowberry.prixacdn.net/media/gallery_folder/1610345877_Nirbachan_aayog_ljDOKpkoNs_f3wzuajgrhw9akabtk8jr6qeptznzzqvqlpugmtnv7ix9fqfp1wukytuw7ln.jpg)
प्रतिनिधिसभाका १६५ मध्ये १६४ स्थानको परिणाम सार्वजनिक
![बद्री पाण्डेलाई २९ सय ५५ मतको अग्रता](https://snowberry.prixacdn.net/media/gallery_folder/DSC_3109-001_mcp1BUuqFD_m3lojdty6ofib15qcy0ll6pmp0l9a5ark1tmgwz6mkrdfmiiukfuv1x89dwc.jpg)
प्रतिक्रिया