जाडो मौसममा कपालको हेरचाह कसरी गर्ने ?

जाडो यामको सुरुवात भइसकेको छ । विशेषगरि जाडो मौसममा हामीलाई विभिन्न समस्याले सताउने गर्दछ । जसमध्येको एक हो कपालको समस्या । कपाल मानव शरीरको महत्वपूर्ण अंग हो । यसले हामीलाई सुन्दर र आकर्षक मात्र देखाउँंदैन छालाको हेरचाह गर्नमा पनि ठूलो भूमिका खेलेको हुन्छ ।

जाडो मौसममा तपाईंले अनुभव गर्नुभएकै होला, जति जति जाडो बढ्दैछ, कपाल उत्तिनै रुखो भएको त्यसैले मौसम अनुसार कपालको हेरचाहमा फेरबदल गर्नु आवश्यक छ ।जाडो समयमा पर्याप्त कपालको हेरचाह र सरसफाइमा ध्यान दिनुपर्छ । जाडोमा पर्याप्त हेरचाहको कमीले गर्दा कपालमा सुख्खापन आउने, चाया पर्ने, कपाल टुक्रने धेरैले झेल्दै आएको प्रमुख समस्या हो ।

अझ यो मौसममा चिसोबाट जोगिन सामान्यतया स्कार्फ वा टोपी लगाइने गरिन्छ । यसले झन् हाम्रो कपाल बिग्रने गर्दछ । कपाललाई लामो समयसम्म बाँधेर, गुम्साएर राख्नाले कपालमा चिपचिपपन आउने गर्दछ । यसरी आउने चिपचिपपनले चायाँ पार्ने गर्दछ ।

जाडोमा धेरैले चिसोबाट बच्न हिटरको प्रयोग गर्ने गर्छन् । यसले कपालमा भएको कोमलता कम गरिदिन्छ । त्यसैले चिसोमा छालाको सुरक्षामा हामी जुनरुपमा सजग हुन्छौं कपालको सुरक्षामा पनि त्यति नै ध्यान दिनु आवश्यक छ । सामान्यतया कपाल दिनमा १०० वटा झर्नै पर्छ । यदि हामी हप्तामा एक दिन मात्र नुहाउँछौँ भने ७ दिनमा ७०० कपाल झर्नुलाई सामान्य मानिन्छ । तर, यो भन्दा धेरै झरेमा भने राम्रोसँग हेरचाह गर्नुपर्छ ।

चोट पटक लागेर, पोलेर, घाउ खटिरा आएर र फङ्गल इन्फेक्सनबाट कपाल झर्नुलाई स्कारिङ एलोपेसिया भनिन्छ । स्कारिङमा कपाल जरैबाट नष्ट भएको हुन्छ, यस्तोमा कपाल पुनः पलाउने अवस्था हुँदैन । त्यस्तै, नन स्कारिङमा वंशाणुगत कारण मुख्य मानिन्छ । हर्मोनमा आउने परिवर्तनले कपाल झर्ने गर्छ । त्यसैगरी कुनै रोगका कारण पनि कपाल झर्न सक्छ ।

कपाल झर्नुका कारणहरू :

–स्ट्रेस कपाल झर्नुको अर्को मुख्य कारण हो ।
–मानिसको जीवनमा आउने परिवर्तनहरू जस्तोः विवाह हुनु, बच्चा जन्मनु कपाल झर्ने अर्को अवस्था हो ।
–महिनावारी नियमित नहुने, इमरजेन्सी पिल्स खाने महिलाहरूमा कपाल झर्ने समस्या बढी पाइन्छ ।
–मोटोपना पनि कपाल झर्नुको अर्को कारण हो ।
–थाइराइड भएका मनिसमा कपाल झर्ने समस्या बढी हुन्छ ।
–जङ्क फुड धेरै खानेहरूमा पौष्टिक आहारको कमी हुन्छ, जसले गर्दा कपाल झर्ने समस्या बढ्छ ।
–अपत्यारिला खबरहरू सुन्दा पनि त्यसको असर कपालमा पर्छ । कुनै घटनाबाट झड्का लाग्दा मानिस मानसिक रूपमा कमजोर बन्ने भएकाले यसको असरले कपाल झर्छ ।
–नेपालीमा विशेष गरेर भिटामिन डी डिफिसियन्सी हुन्छ । यो पनि कपाल झर्नुको अर्को कारण हो । ९० प्रतिशत कपाल झर्ने समस्या भएका बिरामीमा भिटामिन डी डिफिसियन्सी पाइएको छ । त्यस्तै भिटामिन बी को कमी अनि आइरनको कमीले पनि कपाल झर्छ ।
–कपाल झर्नुमा कपालको स्याहार गर्ने खराब तरिका पनि अर्को कारण हो । कसैले कपालको स्याहार नगरेर झर्छ भने कतिको स्याहार बढी गरेर झर्छ ।
–बढ्दो केमिकलको प्रयोगले कपाल झर्ने मात्र होइन, चायाको समस्या पनि झनै बढेको छ ।
–चाया भनेको फङ्गल इन्फेक्सन हो, जुन ओसिलो ठाउँमा बढी हुन्छ । कपाल नुहाएपछि राम्रोसँग नसुकेमा चायाको समस्या बढ्छ ।

जाडोमा यसरी गर्नुहोस् कपालको हेरचाह :
-जाडोमा कपाललाई सुख्खा हुनबाट जोगाउन मोस्च्वराइजरको प्रयोग गर्नु पर्दछ । कपालमा चायाँं परेमा मनतातो तोरीको तेलमा कागतीको रस मिसाएर बनाएको लेप लगाउँंदा चायाँंबाट छुटकरा पाउन सकिन्छ ।
-जाडो मौसममा कम्तीमा हप्तामा २ पटक तातो तेलले कपाल मसाज गर्नु पर्छ । यसले रक्त परिसंचरणमा सुधार हुने गर्दछ । साथसाथ कपालको रुखो पना हटेर कपाल स्वस्थ र चम्किलो रहने गर्दछ ।
-हेयर ओयल मसाज गरेपछि हेयर स्टिम लिएर आवश्यकता अनुसार स्याम्पुले कपाल धुने गर्नु पर्दछ । हरेकपल्ट स्याम्पुले कपाल धोइ सके पछि कन्डिसनर वा ट्रिटमेन्ट क्रिमको प्रयोग गर्ने गर्नु पर्छ । तर कन्डिसनर प्रयोग गर्दा छालामा नपर्ने गरी कपालमा मात्र लगाउनु पर्छ ।
-धेरै तातो पानीले कपाल नुहाउनु हुँंदैन । सकेसम्म मनतातो पानीले नुहाउनु पर्छ । कपाल नुहाउँंदा धेरै माड्ने गर्नुहुँंदैन । हल्का तरिकाले नुहाउनुपर्छ । यसो गर्नाले कपाल रुखो हुनबाट बचाउँछ ।
-कपाल नुहाउँदा स्याम्पु वा कन्डिसनर राम्रोसँग पखालिएन भने कपालमा चाया पर्न सक्छ । त्यसैले स्याम्पु वा कन्डिसनर राम्रोसँग पखाल्नु पर्छ ।
-कपाल पखाली सकेपछि हेयर ड्रायरले कपाल सुकाउनु हुँदैन । ड्रायरको प्रयोग वा चर्को घाममा कपाल खुला राखेर सोझै बस्दा चमक गुम्छ । त्यसैले घाममा बस्दा जहिलेपनि कपाल छोप्न उचित हुन्छ ।
-चाडो मौसममा कपालका हाँगा काटनु राम्रो हुन्छ । चिसो हावाका कारण कपाल रुखो र सुख्खा हुने गर्दछ । जसका कारण कपाल टुक्रिने, हागा फाटिने समस्या हुने गर्दछ । त्यसैले कपाललाई बेला बेलामा थोरै काट्नु पर्दछ ।
-जाडोमा कपाल हरेक दिन नुहाउनु हुदैन । हरेक दिन कपाल नुहाउँदा कपालमा पाइने प्राकृतिक तेल हटेर सुख्खा हुने गर्दछ । त्यसैले हप्तामा दुई दिनमात्र कपाल नुहाउनु पर्छ ।
-विशेष गरेर एन्टिसेफ्टिक, एन्टिफङ्गल, एन्टिब्याक्टेरियल इफेक्ट भएका तेलहरूको प्रयोग गर्नुपर्छ । यस्तोमा नरिवलको तेल सबैभन्दा उत्तम मानिन्छ । त्यस्तै नेचुरल कलर भएका तेलको मात्र प्रयोग गर्ने, स्मेल भएका तेलको प्रयोग नगर्ने ।
-टाबेलले रगडेर कपाल सुख्खा बनाउँदा झर्न सक्छ त्यसैले सकेसम्म कपाललाई आफै सुक्न दिनुपर्छ । कपाल राम्रोसँग सुकेपछि मात्र कपाल बाँध्नुपर्छ । चिसैमा बाँध्दा कपालमा चाया पर्न सक्छ ।
-कपाललाई कसिनेगरी बाँध्नाले टुक्रिन र झर्न पनि सक्छ । त्यसैले खुकुलोसँग बाँध्ने र बेला बेला हेयर स्टाइल पनि परिवर्तन गरिराख्दा झर्न पाउँदैन ।
-धेरै कोर्दैमा कपाल राम्रो हुन्छ भन्ने कुरा गलत हो । त्यसैले कपाल धेरै नकोर्दा कपाल झर्ने समस्या कम हुन्छ । सकेसम्म हेयर कलर, मेहेन्दी, स्ट्रेट अनि कर्ली नगर्ने यसमा पाइने केमिकलले कपाललाई मात्र होइन, स्किनलाई समेत असर गर्छ ।
-चिसोमा सकेसम्म कपाललाई छोपेर राख्नुहोस्, अन्यथा कपाल रुखो हुने समस्या हुने गर्दछ ।
-चिसैमा कपाल कोर्ने बानीलाई परिवर्तन गर्नुपर्छ । कपाल सिल्की खालको छ भने सुख्खा भएपछि ठूलो दात भएको काइँयोले कोर्नुपर्छ तर कर्ली कपाल छ भने चिसैमा कोर्दा राम्रो हुन्छ ।
-जाडोमा कपाल बढी नै ड्राई हुने गर्छ । त्यसैले नुहाउनुभन्दा एक घण्टा अगाडि तेलले मसाज गर्ने र नुहाउने गर्दा कपाल सुन्दर हुनुका साथै मुलायम हुन्छ ।
-जाडोमा ऊनीको टोपीहरु लगाउँदा पनि कपालको सुन्दरतामा कमी आउनुका साथै कपाल पनि कमजोर हुन्छ । त्यसैले चिसोबाट बच्न ऊनीको टोपी लगाउनु अघि रुमालले कपाल बाँधेरमात्रै टोपी लगाउनु पर्छ ।

प्रतिक्रिया

सम्बन्धित