विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

आगामी मङ्सिर ४ गतेको निर्वाचनमा माेरङ क्षेत्र नम्बर ३ बाट संयुक्त लाेकतान्त्रिक वाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार डा. सुनिलकुमार शर्मा (न्याैपाने) सँग आगामी निर्वाचनको विषयमा आधारित भएर पूर्वेली न्यूजका सहसम्पादक मणिराम दाहालले गरेको समसामयिक कुराकानी यहाँ प्रस्तुत गरिएकाे छ ।

मोरङ क्षेत्र नं. ३ मा प्रतिनिधि सभा सदस्यका लागि यहाँको उम्मेदवारी किन  र के का लागि?

म चाहिँ सांसद भएर हल्लिनका लागि, गफ लाउनका लागि र भाषण गर्नका लागि मात्रै सांसद हुन खोजेको होइन । मेरो पृष्ठभूमि नै काम गर्ने हो, कर्मयोगी मान्छेको रूपमा मेरो पहिचान हो । म जनताको पक्षमा, सुकुम्बासीको पक्षमा, आदिवासीको पक्षमा, जनजातिको पक्षमा, विभिन्न जात, धर्ममा रहनुभएको जनताको पक्षमा काम गर्नका निम्ति सांसद हुने हो ।

डा. सुनिलकुमार शर्मा

यहाँको घोषणापत्र र संकल्प चाहिँ के रहेको छ ?

म चाहिँ परम्परागत रुपमा जाने, कोट लाउने, टोपी लगाउने, स्टिकर टाँस्ने, सांसद हुने, अनि जनताको घरमा फर्की नआउने, त्यस्तो खालको सांसाद हुने मेरो चाहना होइन । मेरो चाहना चाहिँ के हो भने स्वास्थ्य शिक्षा, सकेसम्म रोजगारीको व्यवस्था र विकास निर्माणका कामहरु मेरो मुल एजेन्डा हो ।

अहिले मतदाताहरूसँग कसरी प्रस्तुत हुनु भएको छ । उहाँहरूको साथ सहयोग र प्रतिक्रिया कस्तो रहेको छ ?

म सबै वडा, टोल र गाउँ बस्तीतिर पुग्न लागिसकेँ । अपेक्षा त जनताको मसँग बढी देखिएकाे छ । सबै अपेक्षाहरु पूरा गर्न समस्या हुन सक्छ । यद्यपि हामीले जे काम गयाै विगत १०–१२ वर्षमा, विशेषतः यो पाँच वर्षमा चुनाव हारिसकेपछि त्यसमा हरेक जनताले हारेको सांसादले पनि यति काम गरिदिएको छ भनेर उहाँहरु पोजिटिभ देखिनुहुन्छ ।

प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभयो भने यहाँले के काम गर्नुहुन्छ त यस क्षेत्रको लागि ?

पहिलो कुरा त यहाँको बाटोघाटो, पुल पुलेसा, तटबन्धनका कुराहरू छन् । सरकारी स्कुलहरु छन्, कलेजहरु छन् तिनको स्तरोन्नतिको कुरा छ। नेपाली माध्यममा भएका विद्यालयहरुलाई अंग्रेजी माध्यममा लाने कुराहरु छन् । यी यावत विकास निर्माणका कुरादेखि लिएर शिक्षा र स्वास्थ्यमा अझ विशेष गरेर आफ्नो स्वास्थ्य सम्बन्धी फिल्ड भएको हुनाले मैले चाहिँ शिक्षा र स्वास्थ्य सँगै विकास निर्माणलाई पनि जोडेर जाने निर्णय गरेको छु ।  सरकारी स्तरको अहिलेको बीमा कार्यक्रमलाई अझ परिस्कृत गर्ने, मान्छेलाई यो झन्झटिलो सिफारिसको सिस्टमबाट मुक्ति दिलाउने। अझ भन्ने हो विदेशमा भएको हाम्रा नेपाली दाजुृभाइहरु कतारमा, दुबईमा, मलेसियामा, साउदी अरबमा र अफि्का आदि विभिन्न मुलुकहरुमा जो नेपालीहरु मजदुरी गर्न जानुभएको छ । नेपालभित्रको बीमा कार्यक्रममा परिवार सामेल भइसकेपछि त्यो मात्राको वा सकियो भने त्यो भन्दा बढी मात्राको सुविधा त्यहाँका अस्पतालहरुमा र विश्वका जुनसुकै अस्पतालमा पनि उहाँहरुले उपचार गर्न पाउनु पर्छ भन्ने हाम्रो मान्यता हो । यसमा नियम परिवर्तन हुनुपर्छ भन्नेमा म छु र त्यसमा म लाग्छु भन्न चाहन्छु ।

यहाँले चुनाव जित्ने आधार चाहिँ के छ त ?

भेरी सिम्पल, चुनाव जित्ने नम्बर वान आधार के छ भने सुनील शर्मा एउटा घुस नखाने मान्छे हो।स्वच्छ छवि भएको मान्छे हो। अहिलेसम्म घुस खाएको छैन । अर्को आधार मेरो प्रतिस्पर्धी जो हुनुहुन्छ, विगत पाँच वर्षमा यहाँबाट जितेर जाने मान्छेले के काम आफनो क्षेत्रमा गर्नुभयो भन्ने मेरो दोस्रो आधार हो । तीन, हामीसँग गठबन्धन छ, म एक्लै कहाँ छु र, पहिला पनि यस्तो गठनबन्धन थियो भने म पन्ध्रहजार भोटमा लिड गर्ने थिएँ । न्युनतम १५ हजार देखि ३० हजार भोटमा लिड गर्थेँ । तपाईहरु डाटा हेर्न सक्नुहुन्छ । नेकपा एमालेको जम्मा २८ हजार त भोट थियो नि । मैले  ४० हजार ल्याएँ, एलाइन्सको प्रभाव हुन्छ, मनोवैज्ञानिक प्रभाव हुन्छ, त्यसले गर्दा हारेँ त्यतिबेला । त्यो भनेको १९ सय ५४ मत हो । त्यही  मत मैले त्यतिबेलै तान्न पाएको भए म त्यतिबेलै जित्ने थिएँ अनि अहिले चाहिँ गठबन्धन हामी एक ठाउँमा छाँै ।

माओवादीका साथीहरु, एसका साथीहरु लगायतको १५ हजार मत छ, नेकपा एमालेलाई नेट टु नेट ७८ मतले मात्रै अस्तिको स्थानीय निर्वाचनमा उहाँहरु अगाडि देखिनुहुन्छ । त्यतिबेलाको स्थानीय निर्वाचनमा पनि हाम्रो आन्तरिक कलहहरु थिए, समस्याहरु थिए । लोकल उमेदवारको कुरा हुन्थ्यो । जातीय रुपमा पनि उमेदवारको हार जितमा प्रभाव हुन्थ्यो । अब अहिले नेकपा एमाले, कांग्रेस नेट टु नेट भएको अवस्था, मेरो चाहिँ समाजसेवाको कारणले गर्दा आफ्नै पनि मत छ । प्रत्येक वार्डमा कमसे कम पनि २५० देखि ३०० मत सुनील शर्मालाई दिनुपर्छ भन्ने मतहरु छ ।

भनेपछि तपाईले हिसाब गर्नुहोस्, २६ वटा वार्ड छन्, २६ तियाँ कति भो, ७८ सय हुन्छ । भनेपछि ८ हजार देखि १० हजार मेरो पर्सनल मत छ । १५ हजार त्यो १० हजार यो गर्दा २५ हजार मत हामीसँग बढी मत छ । अनि वर्तमान को परिवेश, मूभमेन्ट र हामीले गरिरहेको कामको आधारमा र विपक्षी उमेदवार दोहोरिएको कारणले पनि अझ मत बढ्न सक्छ । हाम्रो मतको फरक त मलाई के लाग्छ भने प्रतिस्पर्धीले १८ हजार देखि २२ हजार मत ल्याउनु हुन्छ, बाँकी सबै मत मेरो पक्षमा जान्छ । मलाई लाग्छ मेरो मत ६५–७० हजार आउने वाला छ ।

चुनावी घरदैलोको अभियानमा हुुनुहुन्छ, जनताको अपेक्षा चाहिँ यतिखेर के पाउनु भएको छ?

धेरै ठुलो अपेक्षा पनि छैन, जनताको अपेक्षा के देखिन्छ भने कम से कम सुकुम्बासी बस्तीमा जाँदा खेरि धनीपुर्जा गराइदिए हुन्थ्यो भन्ने छ। अन्य वस्तीमा जाँदा बाटो घाटोको समस्या देखिएको छ, खोलाको डिलमा जाँदा तटबन्धनको छ, अलि अर्को बस्तीमा जाँदा स्वास्थ्यमा अलिक राम्रो गरिदिए हुन्थ्यो, पढ्न नपाएका बच्चाहरुलाई पढाइदिए हुन्थ्यो भन्ने खालको छ । खासै ठुलो अपेक्षा छैन । विकास निर्माणका कामहरु  यस्तै हो ।

सुकुम्बासी समस्या चाहिँ चुनावी नारा मात्रै भयो भन्ने मतदाताहरुको भनाइ छ नि ।

हेर्नुस, यसको सिधा उत्तर के छ भने नि यो क्षेत्रमा आजसम्म हामीले कहिले जित्यौ ? सधैँ सूर्य छापमा एमालेलाई हान्ने, अनि एमालेका साथीहरुलाई पठाउने, उहाँहरुले कहिल्यै पनि समाधान नगर्ने, चुनावी एजेन्डा बनाइरहन पाइयो नि त। पूर्वाञ्चल विश्वविद्यालय पनि त्यस्तै हो, यो दुई वटै समस्या, नभए दुई तिहाई बहुमत ल्याएको बेला हाम्रो भानुभक्त ढकाल दाईलाई पूर्वाञ्चल विश्वविद्यालय सञ्चालन गर्न, मेडिकल कलेज सञ्चालन गर्न रोक्यो कसले ? कानुनमन्त्री उहाँ बन्नुभयो, स्वास्थ्यमन्त्री बन्नुभयो, पर्यटन मन्त्री बन्नुभयो, स्वास्थ्य र कानुनभन्दा बाहिर गर्नुपर्ने केही पनि छैन, त्यतिबेला भानुभक्त दाइ त्यत्रो पावरफुल हुनुभयो, केपि ओली प्रधानमन्त्री हुनुहुन्थ्यो। दुई तिहाइ हाराहारीको मत थियो उहाँसँग, ऐन नियम सब फेर्न सक्नुहुन्थ्यो, पुर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज चलाउन र सुकुम्बासीलाई लालपुर्जा दिन उहाँलाई रोक्यो कसले ? म प्रश्न गर्न चाहन्छु ।

त्यसकारण जनतालाई मुर्गा बनाउने, ठग्ने, कामहरु चाहिँ उहाँहरुले नगरिदिए राम्रो हुन्थ्यो भन्ने मेरो आग्रह पनि हो । र अर्को वर्ष यो काम हामी गर्छाै । अब कुरा के रह्यो भने चाहिँ अहिले गठबन्धनको सरकारले सुकुम्बासीको समस्या समाधान गर्नको निम्ति हाम्रै क्षेत्रको केशव दाइ नेपाली कांग्रेसको पूर्व महासमिति सदस्य तथा राष्ट्रिय शिक्षक संघको अध्यक्षलाई सुकुम्बासी तथा भुमि आयोगको अध्यक्ष बनाएको अवस्था छ ।

अस्ति हामीले ६२ ओटा धनीपुर्जा पनि बाँड्यौँ । हामीले धनीपुर्जा बाँड्न थालेपछि उहाँहरुले के भन्नुभयो भने नेकपा एमालेका साथीहरुले गएर निर्वाचन आयोगमा मुद्दा दर्ता गरिदिनुभयो हेर्नुस् । दुःखद कुरा । सुकुम्बासी कांग्रेस एमाले भन्ने हुन्छ र ! गरिब जनताले पाउने हो नि होइन र ? स्थानीय सरकार पनि उहाँहरुकै थियो । हामीले बाँड्योँ भनेको भए पनि हुन्थ्यो नि । यो प्रक्रिया निर्वाचन पछि खुल्छ । त्यस पछि चाहिँ मैले केशव निरौला सरलाई सोधेको थिएँ, उहाँले के भन्नु भयो भने यो चुनाव पछि भूमि आयोगले २ देखि ३ वर्ष भित्रमा पहिलो चरणको धनीपुर्जा वितरण गर्छ भनेर भन्नुभएको छ ।

उहाँहरुले गनुृभएन भने हामी त्यस पछि यो काम गर्छैा । जनताको पक्षमा बुलन्द आवाज उठाउँछाै । ऐन नीति नियम के फेर्नु पर्छ फेछाै र यो समस्याको समाधानका लागि हामी इमान्दारितापूर्वक लाग्छाै ।

यस क्षेत्रका समस्याहरु के कस्ता छन् र समाधान कसरी गर्नु पर्छ जस्तो लाग्छ ?

यस क्षेत्रको समस्या भनेको एक नम्बरमा सुकुम्बासी समस्या हो । दुई तटबन्धनको समस्या, तीनमा बाटाघाटाको समस्या, त्यस पछि भनेको शिक्षा, सरकारी स्कुलहरुमा अंग्रेजी माध्यममा पढाइ हुने स्कुलहरुको संख्या कम छ, सबे कलेजहरुमा स्तरीय विज्ञान पढाइ भइरहेको छैन, आईटी पढाइ भइरहेको छैन । ती सबै समस्याहरु मेरो पाँच वर्षे कार्यकालमा हल गर्न सकिन्छ सकिँदैन भन्न सकिँदैन। तर समय क्रममा एउटा पाइपलाइनमा हालेर फेजवाइज प्रायोराइज गरेर पहिला  यो, दोस्रो यो, तेस्रो यो गरेर हामीले हल गर्न सकिन्छ भन्ने लाग्छ ।

किसानका कुलोका समस्याहरु पनि छन् । त्यसलाई मैले एक नम्बर प्राथमिकतामा राखेको छु । वर्खामा कुलो भत्किएर किसानहरुले खेतमा पानी लगाउन पाउनु भएके छैन । ती समस्याहरुलाई पनि हामीले ख्याल गर्नुपर्छ । तटबन्धनका समस्या छन् । ठुला परियोजनाहरु हामीले ल्याउन सकेनौ भने पनि साना आयोजनाहरु हामीले तुरुत गर्नुपर्छ भन्ने मलाई लाग्छ ।

आफ्नो निकटतम प्रतिद्वन्दीलाई यतिबेला के भन्न चाहनुहुन्छ ?

विगत पाँच वर्षमा उहाँले जे काम गर्नुभयो, ती कामहरुका लागि म उहाँलाई  धन्यवाद दिन चाहन्छु । उहाँ आफैले त्यस बारेमा समीक्षा गर्नुभयो भने राम्रो होला । कोरोनाको कालमा नेपाली जनताप्रति उहाँले के गर्नुभयो भन्ने बारेमा उहाँले आफै बुझ्नु भयो भने उहाँको बाँकी जीवनका लागि एउटा पाठ हुन सक्ला । मैले भन्नु केही छैन। उहाँले यो पाँच वर्षमा गरेका कामहरुका बारेमा जनताले यही ४ गते ब्यालेटबाट उत्तर दिनुहुनेछ भनेर उहाँलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु ।

हामी कुराकानीकाे अन्तिम प्रसंगमा पुगेका छाै अन्त्यमा   के भन्न चाहनुहुन्छ ?

यो क्षेत्रका जनताले हामीले गरेको कामको आधारमा यो पाँच वर्ष भित्रमा बालाबालिका, आमा बुबा लगायत अन्य बिरामीहरुलाई हामीले थाहा पाएर अस्पताल लगेर १ लाख २० हजार जनालाई उपचार ग¥यौँ । कोरोना कालमा यहाँको नगरपालिकाको मेयरसँग मिलेर हामीले कसैलाई मास्क, भ्याक्सिन, सुकुम्बासी बस्तीमा चामलको समस्या हुँदा नुन तेलको समस्या हुँदा मैले निजी स्रोतबाट पैसा ल्याएर पनि दिएँ । यहाँ हामीले अनवरत रुपमा सेवा गयाै । हरेक वार्डमा हामीले हाम्रो साथीहरुलाई नियुक्ति गरेर निःशुल्क स्वास्थ्य शिविरहरु सञ्चालन गयाै । पूरै पूर्वाञ्चलमा हामीले ३ हजार भन्दा बढी स्वास्थ्य शिविरहरु चलाइसक्याै ।

हामीलाई अपार माया गर्नुभयो साथीहरुले हामीलाई ४० हजार पाँच सय ६ मत दिनुभयो । तर १९ सय ७ जना साथीहरुको हामीप्रतिको दृष्टिकोण राम्रो नभएको हुनाले मत दिनुभएन र हायाै। मैले त्यतिबेला पनि भनेको थिएँ । काठमाडौँबाट दुरबीन बोकेर आउनुभएको टुरिस्ट पाहुनालाई राम्रो राडी ओछ्याएर खान दिएर पठाउनुहोला। मत चाहिँ हामीलाई दिनुहोला भनेको थिँए। केही साथीहरुले सुन्नुभएन । मलाई लाग्छ यसपटक साथीहरुले सुन्नुहुनेछ र उहाँहरुलाई राम्रो थाहा छ, जितेर गएका साथीहरुले के गर्नुभयो। म हार्नेले के गरेँ भन्ने कुरा थाहा छ र त्यसमा कयौ सुकुम्बासी बस्तीहरुमा हामीले चामल, नुन, दाल, तेल वितरण गरेका छाै ।

हामीले आफ्नो जिम्मेवारीबाट पर भागेनौँ । हामीले हारे पनि जितेको सांसदले भन्दा बढी काम गरिरहेका छाै । आम जनसमुदाय न्यायमूर्ति हो। ४ गतेको न्यायालयमा हामी झगडियाहरु, हामी बहस गर्दैछाै । यो अन्तर्वार्ता पनि हामी बहस गरेजस्तै हो, हामीले प्रत्येकलाई भन्दैछाै हामी राम्रो हो भनेर । नागरिक न्यायाधीशले बुझ्नु पर्छ, ४ गते गोप्य मतदान मार्फत उहाँहरुले मलाई न्याय गर्नुपर्छ । मेरो टिममा मानबहादुर लिम्बू दाइ पनि हुनुहुन्छ । एउटा सुकुमबासीको छोरो बिचरा, लक्ष्मीसर हुनुहुन्छ वर्षौदेखि मास्टरी गर्नुभएको साथै गठबन्धनका समानुपातिकका साथीहरु सबै हामी स्थानीय छाै । उहाँहरु जस्तो टुरिस्ट उमेदवार जस्तो हामी होइनौँ ।

यही माटोमा यहीँका आमा बुबा दाजु भाइसँग खेलेर हुर्केर, यहीको स्कुल पढेर आएका हामीलाई साथ दिनुपर्छ, हामीलाई आशीर्वाद दिनुपर्छ । भोलि आमा दिदीबहिनी चेली बेटीहरुले पूजाकोठामा दुईवटा अगरधूप सल्काएर प्रार्थना गर्नुपर्छ र आफूले मात्र होइन अरु आफन्तहरुलाई पनि हामीलाई मत दिन सुझाव दिनुपर्छ धन्यवाद । प्रश्तुती : मणिराम दाहाल

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…

माडीवासीको शिर निहुरिने काम गर्दिनँ, भ्रष्टाचारीको लागि गेट बन्द गर्छु : ताराकाजी महतो

माडीवासीको शिर निहुरिने काम गर्दिनँ, भ्रष्टाचारीको लागि गेट बन्द गर्छु : तारा…