सरोज खनालको डेब्यु निर्देशन रहेको ‘बगान’ १२ फागुनमा रिलिज हुने
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Saroj-Khanal-Film_S5VcrMqynr_9ggmbhkjhdsjux6foiqgashcnr3habfyhzzpir6toawantmozxate0emg9il.jpg)
काठमाडौं / अभिनेता सरोज खनालको डेब्यू निर्देशन रहेको नेपाली चलचित्र ‘बगान’ आगामी १२ फागुनमा रिलिज हुने भएको छ । सोमबार काठमाडौंमा आयोजित एक समारोहबीच चलचित्र रिलिज मिति, शीर्ष गीत ‘उडी छुनु छ आकाश’ को लिरिकल भिडियो तथा टिजर सार्वजनिक गरियो । गीतमा सुरेश वाग्लेको शब्द रचना, हरि लम्सालको संगीत र बानिका प्रधानको स्वर रहेको छ ।
तीन पुस्ताका कलाकारहरु रहेको यसमा ‘आमा’ चलचित्रकी अभिनेत्री बसुन्धरा भुषालसहित नीर शाह, मिथिला शर्मा, करिश्मा मानन्धर, सरोज खनाल, आकाश श्रेष्ठ, नवअभिनेत्री प्रमिला कार्कीलगायतको अभिनय रहेको छ ।निर्देशक तथा पटकथाकार खनालले नाटक मञ्चन गर्ने तयारी सन्दर्भमा नाट्यकर्मी सुनिल पोखरेलले उपलब्ध गराएको कथासंग्रहबाट ‘बगान’ बनाएको बताए । ‘पुस्तकमा रहेका कथाहरु पढ्दै जाँदा स्वप्न नीरवजीको कथामा गएर म अड्किएँ । त्यहाँ उहाँले एउटा विशाल प्रश्न खडा गर्नुभएको रहेछ । मलाई यो प्रश्नको उत्तर हामीले दिनैपर्छ भन्ने लाग्यो,’ खनालले भने, ‘लेख्नेले त लेखेर आफ्नो दायित्व पूरा गर्नुभयो । एक व्यक्तिले उठाएको मुद्दालाई अन्य व्यक्तिहरुले समाजमा उजागर गर्नु हाम्रो धर्म हुन्छ । त्यसकारण मैले उक्त कथालाई चलचित्रको स्क्रिप्ट लेखी र चलचित्र बनाएँ ।’
उनले चलचित्रमार्फत विधवा पिताको मात्रै होइन, विधवा आमाको पनि बिहे हुनुपर्छ भन्ने सवाल उठाएको र त्यसको जिम्मा पनि आजको पिँढीलाई दिएको बताए ।
अभिनेता नीर शाहले उत्कृष्टताको क्लाइमेक्स यदि दुईवटा शब्दमा मात्र व्यक्त गर्नुपर्ने भयो भने आफूले साह्रै गर्वका साथ सरोज खनाल भन्न सक्ने बताए । उनले भने, ‘हि इज एक्सेलेन्ट भन्नुपर्यो भने मैले सरोज खनाल भन्छु । यो नामले मेरो दृष्टिकोणमा त्यो मूल्य राख्दछ ।’अभिनेत्री करिश्मा मानन्धरले आफ्नो लामो चलचित्र करियरमा कहिल्यै उत्कृष्ट अभिनेत्रीको अवार्ड नपाएको बताइन् । मानन्धर भन्छिन्, ‘मैले कहिल्यै पनि बेस्ट एक्टर भनेर अवार्ड पाइनँ । मेरो यति लामो करियर छ, मैले जहिले पनि मेकअप र लुगामा मात्रै ध्यान दिनुपर्ने बाध्यता रह्यो । ‘बगान’मा मैले त्यो पाएकी छु, जुन मैले अभिनय गर्न चाहेकी थिएँ । यो चलचित्रमा अभिनय गर्दा मैले एकपटक पनि ऐनामा हेर्नु परेन ।’
निर्माता सुरेश वाग्लेले चलचित्र मनोरञ्जनको साधन मात्र नभएर यसले समाजलाई बाटो देखाउने काम पनि गर्नुपर्ने बताए । उनले त्यसकारण नै चलचित्र बनाएको बताए । कार्यकारी निर्माता विनोद मानन्धरले यो चलचित्रमा सबैको साथ चाहिएको बताए ।बगानमा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, अर्जुन जिसी, राजेश शाह र सन्देश शाहको सम्पादन, समिर मियाँको भिएफएक्स तथा रेनिश फागोको कलर करेक्शन रहेको छ । नेपाली वेबसाइट डटकमको प्रस्तुत िरहेको ‘बगान’का निर्माता सुरेश वाग्ले र कार्यकारी निर्माता विनोद मानन्धर हुन् । यो चलचित्र नेपाल र अमेरिकासहित नेपालीको बसोबास रहने विभिन्न देशमा फिल्म प्रदर्शन गर्ने योजनामा निर्माण टिम छ ।
![विवाहसँग डराउने अनौठो रोग ‘गामोफोबिया’ : कसरी लाग्छ, कस्ता हुन्छन् लक्षण?](https://snowberry.prixacdn.net/media/gallery_folder/salman-khan_ycAGmfHfs1_rdr8y7asm0bpmloo2q723ollz4zikpxyxldpqcukjgvmmmwlf3d2h9yerstk_q8cEl559kB_n9ejxj1mpb2pjfjdgjoivvsvxysvs5jdlewqnre1huxh08l8almc7mjjl2w5.jpg)
विवाहसँग डराउने अनौठो रोग ‘गामोफोबिया’ : कसरी लाग्छ, कस्ता हुन्छन् लक्षण?
![५० किमि टाढा प्रेमिका भेट्न घरबाट निस्किए श्रीमान : पछि गर्दै आएकी श्रीमतीले रेस्टुरेन्टमै मच्याइन् बबाल](https://snowberry.prixacdn.net/media/gallery_folder/%25E0%25A4%25AA%25E0%25A4%25AA%25E0%25A4%25AA_ouewlSaShE_g7u0pg4xutwfxbssag65wibfbk5lxjypouwzchxjjdeumjod3zywcsilftyo_NQiLaMiFzi_vggd7mngxv4e5pu3nldiqwu0f8pmepgoraqynsewm4gpm6xeozpdvcdsb6bg.jpg)
५० किमि टाढा प्रेमिका भेट्न घरबाट निस्किए श्रीमान : पछि गर्दै आएकी श्रीमतीले …
![टी-सिरिजलाई उछिन्दै 'मिस्टर बिस्ट' बन्यो युटुबमा धेरै सब्सक्राइबर भएको च्यानल](https://snowberry.prixacdn.net/media/gallery_folder/Beast.jpg_6IJ1wauoOL_zk2qhwlfggalaeubnmksvgpzyihokfhusk2zxjrqphjp9plewerkssamvtlo_QEgdGIhJ8g_akowo5qtpym0yaouw61i6wkekrrn282fcdm5kty9tacqk0jpnrll6tw4dycw.jpg)
टी-सिरिजलाई उछिन्दै 'मिस्टर बिस्ट' बन्यो युटुबमा धेरै सब्सक्राइबर भएको च्यानल
![संसारको एउटा यस्तो मन्दिर, जहाँ प्रवेश गर्ने बितिक्कै मान्छेको मृत्यु हुन्छ](https://snowberry.prixacdn.net/media/gallery_folder/newskarkahna_9wmOfbQCOy_ejhlo8wbrczxubbmwekynp7kordnunml9pdiq0jgb9rpmojnfg8q9uvuxugo_tOv00iyQH1_dcm24ysaitb93kzh4yfy71l3p0kkljyedkf2amgucpoennpucxkdaassdbam.jpg)
संसारको एउटा यस्तो मन्दिर, जहाँ प्रवेश गर्ने बितिक्कै मान्छेको मृत्यु हुन्छ
![मरेको मानिसलाई जीवित गर्ने प्रयास : अष्ट्रेलियामा शवलाई हिउँमा गाडियो](https://snowberry.prixacdn.net/media/gallery_folder/newskarkahn_CrgGgpxhtY_ipaxcmcqbeb4pxeh6avpmtftjnshxgkh84mqkvb4neul5baxvvzzwqe8clrt_KtkyuEAiGR_r4rhlw4bniwtewvtub1ppwnzjsuugrzsdaijhu6pfevrjpezjlcxutq1j4gk.jpg)
मरेको मानिसलाई जीवित गर्ने प्रयास : अष्ट्रेलियामा शवलाई हिउँमा गाडियो
![चराको प्वाँख मात्रै ३७ लाख ७८ हजार रूपैयाँमा बिक्यो](https://snowberry.prixacdn.net/media/gallery_folder/pyakh_2P2ile6Xgp_zpgtsbeeof88dfi8xe4lf2krfwnwugxg8i8sgfzaq8pq31rkgdrd5yuljdk8_wvDPlBi75s_nmpnukoltarv8iwp3qbjiyaryibhsuhbgygvvt8qg8myxxcnd2hcmm4i003z.jpg)
चराको प्वाँख मात्रै ३७ लाख ७८ हजार रूपैयाँमा बिक्यो
![सासूसँग ज्वाइँको प्रेम, ससुराले गराइदिए विवाह](https://snowberry.prixacdn.net/media/gallery_folder/ring_ahJDcVfcNb_hedperjvyzdvgvtqmrqah5tvdtph20faxd4kdbysr8rcf23htcvxt50rjiqq_6cbW3ZcgzY_xbmqtie4o5gmo3s7nqaqt2uei77n0fdsv7jyd0k0k5gxncozmp0gnbgguqvc.webp)
प्रतिक्रिया