युवा साहित्यकार मीनकुमार नवोदितको ‘समयको बयान’ पुरस्कृत हुने

माेरङ / युवा साहित्यकार मीनकुमार नवोदितको ‘समयको बयान’ कवितासङ्ग्रहलाई ‘चितवन साहित्य परिषद्ले पुरस्कृत गर्ने निर्णय गरेको छ । आज परिषद्का अध्यक्ष केदारनाथ खनालको अध्यक्षतामा बसेको बैठकले ‘चिसाप लीलानर्मदा साहित्य पुरस्कार’ नवोदितको ‘समयको बयान’ कवितासङ्ग्रहलाई प्रदान गर्ने निर्णय गरेको हो ।

१५ हजार राशि र सम्मानपत्र रहेको सो पुरस्कार कवि नवोदितको ‘समयको बयान’ कवितासङ्ग्रहलाई प्रदान गर्ने निर्णय भएको परिषद्ले जनाएको छ । पत्रकारितासँगै साहित्यमा सक्रिय नवोदितको ‘फूलबारीभित्रका भमराहरू’, ‘झरीले रुझेको गाउँ’ र ‘समयको बयान’ गरी तीनवटा कवितासङ्ग्रह प्रकाशित छन् ।

प्रतिक्रिया

सम्बन्धित