वरिष्ठ न्यूरो सर्जन डा. रोकाको १०८ कविता संग्रह विमोचन

विराटनगर । वरिष्ठ न्यूरो सर्जन डा. यामबहादुर रोकाको ‘१०८ कविता संग्रह’ विमोचन गरिएको छ । विराटनगरस्थित आरोहण गुरुकुलमा शनिबार एक कार्यक्रमकोे आयोजना गर्दै डा. रोकाको कविता संग्रह १०८ विमोचन गरिएको हो । डा. रोकाको १०८ कविता संग्रह वरिष्ठ कवि तथा संस्कृतिविद तुलसी दिवसको प्रमुख आतिथ्यतामा डा. रोकाको कविता संग्रहका पुस्तक विमोचन गरिएको हो । विमोचन गरिएको कविता संग्रहमा डा. रोकाको १०८ वटा कविता समेटिएका छन् । डा. रोकाद्वारा लिखित कविताहरु अङ्ग्रेजी भाषामा छन् । डा. रोकाले यसअघि पनि कविता संग्रहका दुई पुस्तक निकालिसकेका छन् ।

कविता संग्रहका कुल १२ वटा भोल्युम निकाल्ने तयारी रहेको उनले बताए । कविताले भ्रष्टाचार, कुप्रथा, गरिबी, प्रदुषण र नेपाली राजनीति सहित सामाजिक विषयवस्तु लगायतका क्षेत्रलाई समेटेको उनले बतए । डा. रोकाले हालसम्म साढे ८ सय बढी कविताहरु लेखिसकेका छन् । उनीद्वारा लिखित कविताहरुमा जीवनको यर्थाथ चित्रण गरिएको छ । बाल्यकालदेखि नै साहित्य सिर्जनामा झुकाव राख्ने डा. रोकाले अंग्रेजी कविता संग्रह ‘१०८ कविताको भोल्युम १ र २’ यसअघि बजारमा ल्याइसकेका छन् । डा. रोका समाजसेवा पनि सक्रिय छन् ।

प्रतिक्रिया

सम्बन्धित