जब आफ्नै श्रीमानले श्रीमती नुहाउँदै गरेको भडियिो बनाएर फेसबुकमा अपलोड गरे

काठमाडौं । एक व्यक्तिले श्रीमती नुहाउँदै गरेको भिडियो खिचेर लिक गरेका छन् । भारत, उत्तर प्रदेशको फिरोजाबादमा एक व्यक्तिले आफ्नी श्रीमती नुहाउँदै गरेको भिडियो बनाएर फेसबुकमा अपलोड गरेका हुन् । फेसबुकमा फलोअर्स बढाउन उनले यस्तो खुलेको छ । जब यो कुरा श्रीमतीलाई थाहा भयो, उनले प्रहरी चौकीमा उजुरी दिइन् । आजतकका अनुसार यो घटना फिरोजाबादको जसराना थाना क्षेत्रको हो । त्यहाँ बस्ने एक व्यक्तिले करिब एक महिनाअघि आफ्नी श्रीमती नुहाउँदै गरेको समयमा भिडियो बनाएका थिए ।

त्यसपछि फेसबुकमा राखे । श्रीमतीको उजुरीको आधारमा जसराना प्रहरीले पति विरुद्ध आईटी ऐनको धारा ६७ अन्तर्गत मुद्दा दर्ता गरेर अनुसन्धान थालेको छ । उजुरीपछि उनले फेसबुकबाट भिडियो डिलिट गरेका थिए । तर, त्यतिबेलासम्म भिडियो भाइरल भैसकेको थियो ।

दुबैले प्रेम विवाह गरेका थिए

पीडितले प्रहरीलाई बताए अनुसार उनका श्रीमान् दिल्लीको उत्तम नगरमा बस्छन् । उनी सर्कसमा काम गर्छन् र प्रायस् फेसबुक सहितका सामाजिक सञ्जाल प्लेटफर्ममा सक्रिय हुन्छन् । श्रीमती हाल कासगञ्जमा आमासँग बस्छिन्, दुवैले प्रेम विवाह गरेका थिए । उनीहरुको विवाहले ३ वर्ष नाघिसकेको छ ।

दिल्लीमा बसेर भिडियो बनाए

महिलाका अनुसार श्रीमानले करिब एक महिनाअघि भिडियो कल गरेका थिए, भिडियो कलको समयमा श्रीमती नुहाउन जाँदै थिए । नुहाउने क्रममा उनीहरुबीच भिडियो कलिङमा कुरा भयो । त्यसबेला श्रीमानले मोबाइलबाट भिडियो रेकर्ड गरेको श्रीमतीको आरोप छ । त्यसपछि महिलाको पूरा भिडियो ती व्यक्तिको फेसबुक खातामा अपलोड भयो । जानकारी अनुसार यो भिडियो फेसबुकमा अपलोड हुनासाथ अचानक उनका फलोअर्सको संख्या बढ्न थाल्यो । श्रीमतीले पहिले श्रीमानलाई फोन गरेर भिडियो हटाउन अनुरोध गरेकी थिइन् । तर पतिले फेसबुकबाट भिडियो हटाउन मानेनन्, अनि प्रहरी चौकीमा उजुरी गर्न पुगेकी हुन् । सोही उजुरीका आधारमा प्रहरीले आवश्यक कारबाही अगाडि बढायो ।

श्रीमानको फेसबुक खाता बन्द

फिरोजाबाद देहातका प्रहरी उपरीक्षक रणविजय सिंहका अनुसार महिलाको उजुरीपछि अब दुवै पक्षलाई बोलाएर बयान लिइनेछ । त्यसपछि थप कारबाही हुनेछ । प्रहरीका अनुसार श्रीमानको फेसबुक खाता उजुरीपछि बन्द भयो ।

प्रतिक्रिया

सम्बन्धित

प्रेमीलाई सँगै राख्नुपर्ने सर्त पतिले अस्विकार गरेपछि मर्नलाई विजुलीको खम्बामा चढिन् महिला

प्रेमीलाई सँगै राख्नुपर्ने सर्त पतिले अस्विकार गरेपछि मर्नलाई विजुलीको खम्बामा …

सामान नकिनेको भन्दै ३७ जना चिनियाँ पर्यटकलाई पसलमा बन्धक बनाइयो

सामान नकिनेको भन्दै ३७ जना चिनियाँ पर्यटकलाई पसलमा बन्धक बनाइयो

१०३ वर्षमा ४६ वर्षीया महिलासँग तेस्रो विवाह : चार महिनामै पुरूषकाे मृत्यु

१०३ वर्षमा ४६ वर्षीया महिलासँग तेस्रो विवाह : चार महिनामै पुरूषकाे मृत्यु

पेरूमा भेटिए सबैभन्दा लामो आयुका ब्यक्ति, जसले मनाए १२४ औं जन्मोत्सब

पेरूमा भेटिए सबैभन्दा लामो आयुका ब्यक्ति, जसले मनाए १२४ औं जन्मोत्सब

विश्वका सबैभन्दा बृद्ध जोनले खोले १११ बर्षसम्म बाँच्नुको यस्ता रहस्य

विश्वका सबैभन्दा बृद्ध जोनले खोले १११ बर्षसम्म बाँच्नुको यस्ता रहस्य

जोनले खोले १११ बर्षसम्म बाँच्नुको रहस्य, विश्वको सबैभन्दा बृद्दको कुरा पढनुहोस्

जोनले खोले १११ बर्षसम्म बाँच्नुको रहस्य, विश्वको सबैभन्दा बृद्दको कुरा पढनुहोस्

कुकुरजस्तो व्यवहार गर्ने गर्लफ्रेण्ड ! जोडीको अनौठो प्रेमकथा भाइरल

कुकुरजस्तो व्यवहार गर्ने गर्लफ्रेण्ड ! जोडीको अनौठो प्रेमकथा भाइरल

ट्रम्पको सम्पति बढेर ६.५ बिलियन पुग्यो, परे विश्वको ५०० औं धनीको सुची भित्र

ट्रम्पको सम्पति बढेर ६.५ बिलियन पुग्यो, परे विश्वको ५०० औं धनीको सुची भित्र