सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु : शिवप्रसाद ढकाल

यहि ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा शिवप्रसाद ढकाल नेपाली काँग्रेसकाे तर्फबाट सुन्दरहरैंचा नगरपालिकाको मेयरमा उम्मेदवार बनेका छन् । २०७४ सालको स्थानीय निर्वाचनमा पनि सर्वाधिक मत ल्याएर सुन्दरहरैंचामा मेयरमा निर्वाचित भएका ढकाल अहिले पुनः मेयरको लागि चुनावी अभियानमा लागेका छन् ।

विभिन्न संघ संस्थामा लागेर सामाजिक काम लगायत पाटीकाे राजनीतिमा लामाे समय देखि याेगदान ढकालले पु-याउँदै आएका छन् । विद्यार्थी कार्यकालमा नेविसकाे राजनीतिबाट उदाएका ढकाल नेपाली काँग्रेसका पूर्व माेरङ जिल्ला सहसचिव समेत भएर कुसलता पूर्वक कार्य सम्पादक गरेका व्याक्तित्व हुन् । सुन्दरहरैंचामा लोकप्रिय मानिने ढकाल , यहाँकाे समस्या र पीडाको बारेमा जानकारी राख्छन् । स्थानीय तहकाे निर्वाचन सँग सम्बन्धित रहेर मेयरका उमेदवार ढकालसँग पूर्वेली न्यूजकालागी मणिराम दाहालले गरेको कुराकानीको सम्पादित अंश ।

सुन्दरहरैंचाको मेयरमा तपाईको उम्मेदवारी किन र के का लागि हो ?

मेरा लागि भन्दा पनि पार्टीका तर्फबाट उम्मेदवारी हो । मैले विगत ५ वर्षसम्म यस नगरपालिकाको मेयर भएर काम गरेँ । धेरै कार्यक्रमहरु, धेरै योजनाहरु, यस नगरलाई अगाडि बढाउने विषयहरु अझै पनि धेरै अधुरा छन् । भए गरेका कामहरुलाई संस्थागत गर्ने र अधुरा कामहरुलाई पूरा गर्नु छ । गत ५ वर्षका अनुभवहरुलाई जनभावना बुझेर यो नगरको समृद्धि र विकासमा पुनः प्रयोग गर्ने भनेर यो उमेदवारी आएको हो ।

यहाँकाे कार्यकालमा जनताले अनुभूति गर्न पाएका के के कामहरु भए?

सुन्दरहरैंचा विकासको बगैँचा, कृषि पर्यटन र पूर्वाधार, सुन्दरहरैंचाको समृद्धिको आधार भन्ने हामीले नारा बनाएर सोही अनुसार काम गरेका थियाै । सोही नाराका आधारमा हामीले तीनओटा मुख्य विषयमाथि फोकस गरेर काम गरेका छौँ । यो नगरपालिकामा हामीले यो ५ वर्षमा पूर्वाधारका क्षेत्रमा धेरै ठुलो फड्को मारेका छाैं यो अवधिमा १७७ किलोमिटर बाटो कालोपत्रे भएको छ । यो बिचमा धेरै कामहरु भएका छन् । ७८ ओटा पुल र ४ ओटा झोलुङ्गे पुल बनेका छन् । घाट बनेको छ, त्यसैगरी बाघझोडा र हसिना सिमसार बनेका छन् । शेषनारायण लगायतका मन्दिरहरु बनेका छन् । मस्जिद बनेको छ, नेवा खलःको मन्दिर बनेको छ । साकेला थान, रङ्गशाला, ज्येष्ठ नागरिकका कार्यक्रम देखि महिला र बालकालिकाका धेरैओटा कार्यक्रमहरु अगाडि बढेका छन् । त्यही जगमा टेकेर म अहिले अगाडि आएको छु ।

सुन्दरहरैंचामा पुनः मेयर बन्ने आकांक्षा चाहिँ यहाँले किन राख्नु भएको हो ?

पहिलो कुरा यो मैले भन्दा पनि मेरो पार्टीले अघि बढाएको हो । अर्को कुरा मैले विगत ५ वर्षमा गरेका अधुरा कामहरुलाई पूर्णता दिन, केही प्रक्रियामा रहेका, केही प्रक्रियामा जान बाँकी रहेका योजनाहरु रहेका हुनाले यी सबै कुराको सम्मिश्रण गरेर बाँकी ५ वर्ष पनि यही नगरको समृद्धिमा लगाउने उद्देश्यले पार्टीले मलाई उठाएको हो ।

यहाँलाई नै नगर प्रमुखमा जिताउनु पर्ने त्यस्तो खास कारण चाहि के होला ?

नगरमा मैले गरेका काम, मेरो इमान्दारिता, मेरो लगनशीलता, यो ५ वर्षमा जसरी मैले काम गरेँ, जनताले प्रत्यक्ष रुपमा अनुभूति गर्ने गरी काम गयौँ । जस्तो २०७४ को बाढी, त्यसवर्षको बाढीले तहसनहस बनाएको सुन्दरहरैंचालाई सहज ढंगले अगाडि बढायाै । गछिया खोलाको पुललाई झन्डै भत्काइसकेको अवस्था थियो, अत्यन्त ठुलो आँटले मात्र त्यसलाई जोगाउन हामी सफल भयाै । अहिले पनि कोरोनाको तीनवटै भेरियन्टमा जसरी हामीले काम गयाै । यस नगरका कुनै पनि नागरिकले बेड र अस्पतालको अभावमा ज्यान गुमाउनु परेन । उपचारको कमीको कारणले कसैले ज्यान गुमाउनु परेन, स्वास्थ्यकर्मीहरु काेविडकाे समयमा घरघरमा पठायौँ । घर घरमा उपचारको व्यवस्था मिलायौँ, अक्सिजनको कमी कसैलाई हुन दिएनौँ, एम्बुलेन्सको कमी हुन दिएनौँ हामीले । यति गर्दा पनि नगरवासीको ज्यान गइहालेको खण्डमा पनि हामीले शववाहनको व्यवस्था मिलायौँ । दमकलको व्यवस्था मिलायौँ । पहिलो र नयाँ नगरपालिका भए पनि हामीले विकासका धेरै आधारहरु खडा गरेका छौँ । त्यसले पनि यहाँ हाम्रो उम्मेदवारी दाबी गरिएको छ ।

चुनावकाे मुखमा प्रचार प्रसार , घरदैलो तथा काेण सभाकाे कार्यक्रमलाई कसरी अगाडि बढाउनु भएको छ ?

अत्यन्त उत्साहका साथ घर दैलो कार्यक्रम भइरहेको छ । साथीहरु, हाम्रो टिम परिचालित भइरहेको छ । म पनि सकेसम्म सहभागी भइरहेको छु । तर सबै ठाउँमा सहभागी हुन सकेको छुइन । किनभने ठुलो भूगोल छ । यो छोटो समयमा यो सबै भूगोलमा पुग्न पनि सम्भव छैन । म यही मिडिया मार्फत सम्पूर्ण नगरबासीहरुलाई तपाईहरुको विकासमा, तपाईहरुको सारो गारोमा, तपाईहरुको अप्ठ्यारोमा तपाईहरुको सँगसँगै म छु । म आँगनसम्म आउन नपाए पनि प्रतिनिधि मार्फत घरमा पुगेर मत माग्ने काम भइरहेको छ । फेरि अर्को ५ वर्ष पनि तपाईहरुको सँगसँगै काम गर्न पाउने गरी भोलिका दिनमा अझ राम्रो काम गर्ने अवसर दिनु हुनेछ र विश्वास गर्नु हुनेछ भन्ने म अनुरोध गर्न चाहन्छु ।

 मतदाता र कार्यकर्ताको साथ सहयोग कस्तो पाउनु भएको छ ?

मतदाता र कार्यकर्ताको सहयोग राम्रो छ। हामी चुनावमा उल्लासमय तरिकाले नै अगाडि बढिरहेका छौैँ ।

अहिले नेपाली कांग्रेस पार्टीभित्र चाहिँ केही समस्या देख्नु भएको छैन ?

जीवन्त पार्टीमा सामान्य समस्याहरु हुन्छन् । ती सबै समस्याहरुको समाधान भइसकेका छन् । अहिले सुन्दरहरैंचा काँग्रेसमय भएर एक साथ अघि बढिरहेको छ ।

चुनावलाई गठबन्धनले असर गर्छ भन्ने लागेको छैन ?

गठबन्धनले त फाइदा गर्छ नि । एकदलको मात्रै कुरा हुन्थ्यो, दुई दल भएपछि त झन बलियो हुने भयो । त्यसकारण हामी संयुक्त रुपमै अघि बढेका छाै ।

यस नगरका समस्याहरु के के छन् र ती समस्याहरुको समाधान कसरी गर्न सकिएला ?

यो पहिलो पटक स्थापना भएको नगरपालिका हो, समस्याहरु धेरै छन् । यी समस्याहरुको समाधान पनि हामीले सामूहिक रुपमा गरिआएका छाैं । बुँदागत रुपमा भन्दा यो निकै लामो हुन्छ । सबै समस्याहरुको पहिचान भइसकेको छ । समाधानको उपाय हामी सोच्छाैं ।

यहाँको घोषणा पत्र र चुनावी प्रतिबद्धता के रहेको छ, समग्रमा जानकारी गराइदिनु हाेस न ?

मेरो पहिलो घोषणापत्र ६४ बुँदाको रहेको थियो । हामीले त्यहाँ उल्लेख गरेको मध्ये ८० प्रतिशत कामहरु पूरा गरेका छाैं । विगतको ५ वर्ष कार्यकालको उपलब्धि र कमीहरु पनि मैले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिसकेको छु । यस पालिको घोषणापत्र ८८ बुँदाको छ । जसमा शिक्षा, खेलकुद ,बालबालिका, स्वास्थ्य, कृषि उद्यम ,रोजगारी, पर्यटन प्रबर्द्धन, वातावारण, सरसफाइ ,विपद् व्यवस्थापन, सुशासन , सेवा प्रवाह , प्रविधि, भौतिक पूर्वाधार, कला साहित्य पत्रकारिता साथै मानव संशाधन विकास र सशक्तिकरण लगायत पार्टीको घोषणापत्रमा बुँदागत रुपले समेटेका छाै । जति काम गर्न सकिन्छ, त्यति मात्रै हामीले घोषणापत्रमा उल्लेख गरेका छाैं । सबैलाई एकपल्ट त्यो हाम्रो घोषणापत्र गम्भीर भएर अध्ययन गर्न अनुरोध गर्न चाहन्छु ।

सुन्दरहरैँचालाई पर्यटकीय क्षेत्र बनाउन तपाईको योजना के रहेको छ ?

पर्यटकीय स्थलको कुरा त अघि पनि उल्लेख भइसकेको छ । हसिना सिमसारमा अहिले १० करोड भन्दा बढी लगानी गरेर काम भइरहेको छ । यो वर्ष हामीले बाघझोडा सिमसारमा १० करोड भन्दा बढी खर्च गरेर त्यसको स्वरुप परिवर्तन गर्दैछाैं । शेषनारायण र वृन्दावन गौशाला कालीखोला, भुल्के, देवी लगायतका ठाउँहरुलाई हामीले पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न लागिरहेका छाैं । धेरै हदसम्म विकास पनि भएको छ । यस सन्दर्भमा चाहिँ यो नगरपालिका राम्रो, हाम्रो र सबैले हेर्नलायक स्थल चाहिँ हामीले यो ५ वर्षभित्रमा बनाउँछौँ ।
प्रश्

बाटोघाटोको अवस्था बारेमा के भन्नुहुन्छ ? यसकाे बारे तपाईका आगामी योजना कस्ताे रहेका छन् ?

कुनै पनि बाटाहरु कालोपत्रे बिहीन छैनन् । भित्री बाटाहरु यस वर्ष हामीले बनाउनु पर्छ ।

हामी कुराकानीको अन्तिम प्रसंगमा पुगेका छाैं । समग्रमा भन्नुस कि यहाँको विजयको आधार के हो र यहाँलाई भोट किन दिने ?

विजयको आधार त मतदाताले मत हाल्ने हो । होइन ? मलाई विश्वास छ, मैले पाँच वर्षसम्म इमान्दारिपूर्वक सेवा गरेको देख्नुभाको छ यहाँहरुले । सबै नगरबासीले देख्नु भएको छ त्यसकारण, मैले कसैलाई विभेद गरेको छैन, कसैसँग पनि आग्रह पूर्वाग्रहमा परेको छैन । जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वास छ । उहाँहरुको न्याय नै मेरो विजयको आधार हो। निर्वाचनमा सबै उमेदवारले सफलै हुन्छु भन्नुहुन्छ तर मसँग चाहिँ आधारहरु छन् । वस्तुगत आधारहरु भएका कारणले र जनतासँग प्रत्यक्ष संवाद र सहकाय भएका कारणले मलाई बिजयी हुनलाई त्यति समस्या छैन । मतदाताले विश्वास गर्नुहुन्छ भन्ने लागेको छ । धन्यवाद

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

माडीवासीको शिर निहुरिने काम गर्दिनँ, भ्रष्टाचारीको लागि गेट बन्द गर्छु : ताराकाजी महतो

माडीवासीको शिर निहुरिने काम गर्दिनँ, भ्रष्टाचारीको लागि गेट बन्द गर्छु : तारा…