चीनको चिन्ता नेपालमा आईपीएसको हस्तक्षेप कसरी रोक्ने भन्ने छ : देव गुरुङ
![](https://snowberry.prixacdn.net/media/gallery_folder/devprasad-gurung_4uQMgoleee_nluyzsp6zvixwyyba5bfslixlhgm8f5xqdbzfz9eucd2ficrxqsxh5u8viw7.jpg)
माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङ चीन भ्रमण गरेर स्वदेश फर्किएका छन् । अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट पास भएको दुई महिनापछि उनी चीन गएका थिए ।
२०७४ मा एकता भएको कम्युनिस्ट पार्टीहरू छिन्नभिन्न भएको तथा एमालेविरुद्ध माओवादी केन्द्र र एकीकृत समाजवादीले कांग्रेससहितका दलसँग निर्वाचनमा तालमेल गर्ने सहमति भएका बेला गुरुङको चीन भ्रमणलाई लिएर चासो बढेको हो ।
नेता गुरुङसँग नेपाल मामिलामा चीनको चासो, चिन्तासँगै कम्युनिस्ट पार्टीहरूको एकतालगायत विषयमा केन्द्रित रहेर गरेको कुराकानीको सम्पादित अंशः
चीन भ्रमण कस्तो रह्यो ?
चीन भ्रमण मूलभूत रूपमा राम्रो रह्यो । ‘चाइना फाउन्डेस फर पिस एन्ड डेभलपमेन्ट’ भन्ने संस्थाको आमन्त्रणमा म गएको थिएँ । एउटा अन्तरक्रियाको आयोजना भयो । अन्तरक्रियाको मूल विषयवस्तु शान्ति र विकासका लागि जोड दिनुपर्छ भन्ने थियो । कोभिड महामारीको समयमा शान्ति र विकासको प्रक्रियामा अवरोध पैदा भयो, अब सबै मिलेर कोभिड नियन्त्रण गर्ने क्रममा छ भन्ने कुरा भयो ।
नेपाल मामिलामा चीनले धेरै नै चासो देखाएको भन्ने चर्चा छ नि ?
अमेरिकाले ‘इन्डो प्यासिफिक’ (हिन्द-प्रशान्त) क्षेत्रमा रणनीतिक अभियान सुरू गरिराखेको छ । त्यसले यस क्षेत्रको शान्ति र विकासमा गम्भीर असर पार्ने देखिन्छ, द्वन्द्व निम्त्याउन सक्ने खतरा छ । परिणामतः असुरक्षा र अशान्ति निम्तिन सक्ने भन्दै चीनले चिन्ता व्यक्त गर्यो । एमसीसीमा मुख्य चासो रह्यो ।
आईपीएस (इन्डो प्यासिफिक स्ट्राटेजी)ले हिन्द-प्रशान्त क्षेत्रमा यहाँको शान्ति सुरक्षा, विकास र समृद्धिको क्षेत्रमा युद्ध आतंक खडा गरेर शान्ति र विकासलाई अवरुद्ध पार्न सक्ने खतरा चाहिँ छ भन्ने पनि चीनको चिन्ता रहेछ ।
बिहान-दिउँसो-साँझ खानपिन र चियापानको समयमा अनौपचारिक कुरा सुन्दा आईपीएसको एउटा अंग एमसीसी पास गर्ने÷नगर्ने तपाईंहरूकै कुरा रह्यो । तर, पास गर्दा आईपीएसको लागि बाटो खुल्यो । अब, १२ बुँदे व्याख्यात्मक घोषणाले रोक्ने त देखिन्छ । तर, १२ बुँदे सम्झौतालाई अमेरिकाले मान्ने सम्भावना देखिँदैन । किनभने अमेरिकाले थुप्रै अन्तर्राष्ट्रिय सन्धिलाई उल्लंघन गरिरहेको छ ।
भनेपछि १२ बुँदे व्याख्यात्मक घोषणा चाहिँ अमेरिकाले मान्ला कि नमान्ला ? प्रश्नवाचक चिह्न छ । त्यो स्थितिमा १२ बुँदे व्याख्यात्मक घोषणाले आईपीएसको हस्तक्षेपलाई रोक्न सक्छ कि सक्दैन ? यसमा चीनको चिन्ता पाइयो ।
उसो भए चीन एमसीसी पास भएकोमा चिन्तित रहेछ होइन ?
उम्…पारित भएकोमा खुसी देखिँदैन ।
तपाईं चीन भ्रमणमा रहँदा चिनियाँ विदेशमन्त्री नेपाल भ्रमणमा थिए । तपाईंभन्दा पहिले एमाले नेता विष्णु पौडेल चीन भ्रमणमा हुनुुहुन्थ्यो । दुई देशका कम्युनिस्ट नेताहरूको भ्रमण एकपछि अर्को हुनुलाई के फेरि नेपालमा कम्युनिस्ट पार्टीहरू एक ठाउँमा ल्याउने गृहकार्य भइरहेको छ ?
विष्णु पौडेलजीको चीन भ्रमणबारे त हामीलाई जानकारी भएन । तर, यहाँ (नेपाल) आएपछि थाहा भयो कि उहाँ चार÷पाँच दिन अगाडि नै गएर आउनु भएछ । मेरो उहाँहरूसँग भेटघाट भएको पनि होइन । कुराकानी भएको पनि होइन । कुनै अन्तर्सम्बन्ध थिएन ।
चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी)ले त नेपालमा कम्युनिस्ट पार्टीहरू मिलून्, सहकार्य गरून् भन्ने कुरा त कुनै नयाँ नौलो विषय होइन । यो पहिलेदेखि भन्दै आएको कुरा न हो ।
नेपालमा वामपन्थी दलहरू मिल्दा राम्रो हुन्छ, सहकार्य गर्दा राम्रो हुन्छ भन्ने सदाशय चीनको नयाँ होइन नि । त्यसकारण मूल कुरा आईपीएसको हस्तक्षेप कसरी रोक्न सकिन्छ ? रोक्ने उपायहरू के–के हुन सक्छन् ? जसले नेपालको स्वाधीनताको रक्षा हुन्छ ? यही प्रश्नहरूमा चीनको चासो हो ।
स्थानीय निर्वाचनबारे चीनको सल्लाह कस्तो रह्यो ?
त्यो त अब एक देशको कम्युनिस्ट पार्टीले अर्को देशको कम्युनिस्ट पार्टीहरूलाई निर्वाचनमा सहकार्य गर्दा राम्रो हुन्छ भन्ने कुरा नै भयो । मिल्ने/नमिल्ने कुरा त नेपालका कम्युनिस्ट पार्टीहरूको मामिला न भयो ।
![काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन](https://snowberry.prixacdn.net/media/gallery_folder/k_EMek995nXF_xpzuwvtnmnklddjqjsowd2jilcblrfzpqcc0lv4anmauqna060qjolzfhglb_KWNAUg6oSm_deaelpk56oryzvfpoz3fh4a1y8hswtfdqexyjjmakc60mtwwqcfc8lpuys6d.jpg)
काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …
![एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा](https://snowberry.prixacdn.net/media/gallery_folder/lekhi-subha-copy_2sWAFR8591_r7mn1hpsov0zt2doswdfpfpkch9q9uvffh3h2csywxnpysfdf4sgzofg5cbv_frhV2wmPqv_fkqiwhakyysf1qknkjwrhzevzw6rj7nwlq0onmklmnyenyhqriltmhplrywq.jpg)
एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…
![विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा](https://snowberry.prixacdn.net/media/gallery_folder/dr-sunil-sharma_DCNuLk5Uj7_ej0ds68chwz8bwzir0fx1fkqiqdxz499cyumycopt1vsq0901ovolc6tq07m.jpg)
विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा
![यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत](https://snowberry.prixacdn.net/media/gallery_folder/blood-pressure_tezjbSRxJ9_4i044siujw8p6pxffflxl4hgxaogx6xqwr5u1qfetbab3uq9hkduhfc2auzo.png)
यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत
![बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई](https://snowberry.prixacdn.net/media/gallery_folder/durga_v85hFT8zDs_fwitpwxfgfby0qlngy0wgzcw74yceqr4ffddborhfnz6zflpeleuzipsbzpq.jpg)
बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई
![बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा](https://snowberry.prixacdn.net/media/gallery_folder/kunta-shharma_TQLzCxx3r2_tvbdzmhjdq6rhi9p5ezqlbnvuggqnex6mjtsqsetlsedemkyllhmuxzdk1wh.jpg)
बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा
![‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना : बालेन्द्र साह](https://snowberry.prixacdn.net/media/gallery_folder/balen-shah-1_0FnpxVXGEy_xnf5722zf1gwavmqftu98uhbhoh0gqnfojiicm9qrbzulxtn2xemzdxuat6x.jpg)
‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…
![सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु : शिवप्रसाद ढकाल](https://snowberry.prixacdn.net/media/gallery_folder/shiva-dhakaldgdgdg-copy_GPcpDTS2OK_06lpnh4rdx22bichzeb3xj7fwzmpcudetnp94was0gl1pj3xfjkdcm4rjoce.jpg)
प्रतिक्रिया