एमसीसी राष्ट्रहितमा छ, सदनमा छलफल गरेर पारित गर्नुपर्छ : नवीना लामा

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सदनबाट पारित गराउने नगराउने विषयले राजनीतिक दलहरूबीच मतभेद छ । यसबारे आममानिस पनि विभाजित देखिन्छन् । एमसीसीबारे जनप्रतिनिधि के भन्छन ? नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्य बनेकी नवीना लामा गरेको संक्षिप्त कुराकानी :
अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यक्रम के हो ?
यो अमेरिकाले नेपाललाई दिन खोजेको सहयोग परियोजना हो । एमसीसीबारे म आवद्ध दल नेकपा एमालले आधिकारिक धारणा सार्वजनिक गर्न बाँकी छ । अन्य मुलुकहरूले पनि एमसीसी कार्यक्रम स्वीकार नगरेका भने होइनन् । तर, हाम्रो देशमा अलि बढि नै प्रचार प्रसार भयो । यसको पछाडि केहि कारणहरू छन् । विकसित देशले दिएको सहयोग अस्वीकारभन्दा पनि यसलाई सदनमा छलफल गरेर पारित गर्नुपर्छ । यसमा हामीले व्यक्तिगत रुपमा विचार व्यक्त गर्नुभन्दा पनि पार्टीले आधिकारीक धारणा सार्वजनिक गरेपछि बोल्न सहज होला ।
नेपाल सरकार र एमसीसीबीच भएको सम्झौता पढ्नु भएको छ ?
पढेको छु ।
सम्झौतामा के रहेछ ?
सम्झौताबारे म आवद्ध पार्टी नेकपा एमालले विभिन्न दृष्टिकोण र आधारभूत विषयहरू सार्वजनिक गरेको छ । सम्झौतामा एमसीसी कार्यक्रमलाई नेपालको सदनबाट अनुमोदन गरेर मात्र पारित गर्नुपर्ने भनिएको छ । यसो हुँदा यो नेपालको कानुन र संविधानभन्दा पनि माथि हुन जान्छ । यसलाई यसै पारित गर्नुभन्दा पनि छलफल गरेर मात्र पारित गर्नुपर्छ ।
एमसीसीले नेपालको हित गर्छ कि गर्दैन ?
विकासको लागि आउन लागेको परियोजनाले हित गर्छ । तर, यसमा व्यापक छलफल गरेर परिमार्जनसहित स्वीकार गर्नु आवश्यक छ ।
कसरी एमसीसी राष्ट्रहितमा गर्छ ?
विद्युत् र सडकको विकासमा सहयोग पुग्ने भएकाले राष्ट्रको हितमा हुन्छ ।
एमसीसीलाई संसदले किन अनुमोदन गर्नुपर्छ ?
एमसीसी परियोजना देशमा लागु गर्नको लागि सदनले अनुमोदन गर्नुपर्छ । तर, सदनबाट व्यापक छलफल गरेर राष्ट्रहितको ग्यारेन्टीसहित अनुमोदन गर्नुपर्छ ।

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…

प्रतिक्रिया