म २० वर्षकी भए र केटासाथीसँग यौनसम्बन्ध राखिसकेकी छु, फेरि भर्जिन हुन के गर्नुपर्ला ?
![](https://snowberry.prixacdn.net/media/gallery_folder/swwfwaw22_ilGL8jUsBF_e4iwg3zxo3cpqix7brbvzxdluhmbochhgsjylsynztp0kzcw3kghi8ttyf4x.jpg)
म २० वर्षकी भएँ । मैले आफ्नो केटासाथीसँग धेरै पटक यौनसम्बन्ध राखेकी थिएँ । अहिले उसले मलाई छोडेको एक वर्ष भयो । मेरो परिवारबाट अर्को केटासँग विवाह गराइँदैछ । म भर्जिन छैन । त्यसैले मैले यौन सम्बन्ध राखेको थाहा हुन नदिन के गर्नुपर्छ ? मेरो भनाइको अर्थ फेरि भर्जिन हुन के गर्नुपर्ला ?
तपाईंहरू बीच सहमतिमै यौनसम्बन्ध भएको देखिन्छ । यद्यपि सहमतिमै भएका यौनसम्पर्क समस्याविहीन हुने भने होइनन् । भाग्यवश तपार्इं अनिच्छित गर्भ वा यौनरोगको समस्या भोग्नुपर्ने स्थितिमा पुग्नुभएन । सम्बन्धको स्थायित्व एउटा महत्वपूर्ण पक्ष हो, तर तपाईंको केटासाथीसँगको सम्बन्धले निरन्तरता पाएन । सम्बन्धले निरन्तरता नपाउँदा त्यसका शारीरिक तथा मानसिक समस्या भोग्नुपर्ने स्थिति त आउँछ नै, जुन अहिले तपार्इंले भोग्नुपरिरहेको छ ।
कौमार्यताको कुरा
विशेष गरेर केटीको कौमार्य विकसित मानव सम्यताको मात्र नभै पहिलेदेखि नै मानव यौनिकताको महत्त्वपूर्ण पक्ष रहेको पाइन्छ । यसमा कसको नियन्त्रण हुने भन्ने एक किसिमको द्वन्द्व जहिले पनि पाइन्छ । विवाहमा कुमार केटालाई कन्या (केटी) खोज्ने चलन भए पनि विशेष गरेर कुमारी केटीको सन्दर्भमा कौमार्य भङ्ग भए–नभएको कुराले निकै महत्व राखेको पाइन्छ । यस्तो स्थितिका कन्या कुमारीलाई अक्षत योनि भनिन्छ । यसका लागि अंग्रेजी शब्द भर्जिन प्रयोग गरिन्छ ।
कुनै पनि व्यक्तिसँग यौनसम्पर्क राख्नु नै कौमार्य भङ्ग हुनु हो । अहिले कस्तो किसिमको यौन क्रियाकलापलाई यौनसम्पर्क मान्ने अनि कस्तोलाई नमान्ने भन्ने प्रश्न पनि छ । केटीका लागि कुमारित्व र केटाका लागि कुमारत्व शारीरिक कुरा मात्र होइन, भावनात्मक कुरा पनि हो । लिङ्ग प्रवेश नभै यौन उत्तेजक रूपमा यौनाङ्गमा हात तथा औंलाको भरपुर प्रयोग गरेर यौन क्रियाकलापमा संलग्न भएको कुरालाई के भन्ने ? जस्ता प्रश्न बाँकी नै रहन्छ ।
जैविक रूपमा यौनसम्पर्कको अनुभवहीनता नै कौमार्य भङ्ग नहुनु अर्थात् कुमार वा कुमारी हुनु हो । धेरैजसो स्थितिमा कौमार्य भङ्ग हुने कुरा किशोरी वा युवतीको वा भनौं महिलाको सन्दर्भमा गरिन्छ । त्यसैले होला, कुनै विवाहित दुलहीको कौमार्य परीक्षण गर्ने अनेक उपाय गरिए पनि विशेष गरेर महिलाको योनिच्छद दुरुस्त छ कि छैन भन्ने कुरा विभिन्न परिस्थितिमा भर पर्ने गरेको पाइन्छ ।
कौमार्य परीक्षण
योनि महिलाको नली आकारको प्रजनन अंग हो र बाहिरबाट देखिने प्वाललाई योनिद्वार भनिन्छ । यही योनिद्वारको ठीक भित्रपट्टि गुजुमुज्ज परेको पातलो छालाको पत्र वा झिल्ली हुन्छ । यसलाई योनिच्छद (Hymen) भनिन्छ । पहिले–पहिलेको जमानामा योनिमा भएको योनिच्छद यौनसम्पर्क गर्दा च्यातिएर रगत आउनुलाई नै केटीको कौमार्य भङ्ग भए–नभएको आधार बनाइन्थ्यो, तर वास्तविक कुरा के हो भने यो आधारलाई वैज्ञानिक मान्न सकिँदैन । कतिपय युवतीको योनिच्छद जन्मजात नै नहुन सक्छ वा त्यसको विकास राम्रोसँग नभएको हुन सक्छ भने यौनसम्पर्कबाहेकका अन्य क्रियाकलापले पनि यसलाई पहिले नै च्यातिदिएको हुन सक्छ । महिलाहरूमा योनिच्छद च्यातिने जस्ता शारीरिक प्रमाण भएको भनिएको स्थितिमा पनि अहिले आएर पक्का शारीरिक सम्बन्ध राखेको वा नराखेको भन्न नसकिने स्थितिमा पुगेको छ । पुरुषमा त यो अझ अप्ठयारो हुन्छ भन्ने कुरा त स्पष्ट नै छ ।
फेरि कुमारी बन्ने कुरा
कतिपय सम्प्रदायमा यौनसम्पर्क राखिएपनि कौमार्य नवीकरण गर्ने प्रचलन छ । यद्यपि एकपटक यौनसम्पर्कको अनुभव लिएपछि पुन: अनुभवहीनताको स्थितिमा पुग्न सकिँदैन । त्यसैले सैद्धान्तिक रूपमा तपाईंले आफ्नो कौमार्य फर्काउन सक्नुहुन्न । तपाईंले योनिच्छदलाई पुन: बनाउने कुरा गर्नुभएको होला । अहिले कतिपय देशमा त्यस्तो चलन छ । च्यातिसकिएको भए पनि योनिच्छद (hymenorrhaphy) शल्यक्रिया गरेर पुन: बनाइएको पनि पाइन्छ, यसले योनिच्छदलाई कुमारित्वको आधार मान्ने कुरालाई थप जटिल र अमान्य बनाइदिएको छ ।
थाहा नदिन के गर्ने ?
आफ्नो पहिलेको प्रेम तथा यौनसम्बन्धका बारेमा तपाईंले कतै चर्चा गर्नुभएन भने तपाईं उक्त अवस्थावाट गुज्रनुभएको होला भन्ने कुरा थाहा पाउन सजिलो छैन । महिला यौनअङ्गको बनावटका सम्बन्धमा पुरुषलाई सामान्य जानकारी हुने भए पनि तपाईंको योनिको बनावट वा स्वरूप यस्तै नै थियो भन्ने थाहा हुँदैन भने यौनसम्पर्क राखेको कुरा थाहा पाउन त झन् गाह्रो कुरा हो । कुमारित्व योनिच्छद भए–नभएको कुरालाई आधार बनाउन नमिल्ने कुरा त तपाईंले बुझि नै सक्नुभयो ।
विचार गर्नुपर्ने कुरा के भने घर–परिवार, छर–छिमेक अनि समाजले जहिले पनि यस्ता सम्भावित सम्बन्धलाई नियालिरहेको हुन्छ भने गोप्यता वा गोपनीयताको कुरा वास्तवमा तुलनात्मक हुन सक्छ । अर्को व्यक्तिसँगको सामीप्यता कसै न कसैले देखेको हुन्छ र यस्ता कुरा सार्वजनिक हुन सक्छन् र अन्त्यमा श्रीमान्ले पनि जानकारी पाउने सम्भावना हुन सक्छ । अर्को विचार गर्नुपर्ने कुरा, तपाईंको प्रेमीले तपाईंहरूबीचको यौनसम्पर्कलाई चर्चामा ल्याउने खतरा कति छ भन्ने हो, तर उसले भयादोहन गर्न नसकोस् भनेर मन बलियो बनाउनुपर्छ । अर्कातिर तपार्इंले शल्यक्रियाको प्रयास गर्नुभयो भनेचाहिँ मानिसलाई थाहा हुने सम्भावना अझ बढ्छ ।
तपाईंले पहिलेको प्रेमीसँगको जीवनलाई त्यहीं छोडेर अघि बढ्नु उचित हुन्छ । जे–जस्तो परिस्थिति आउँछ त्यसको सामना गर्न आफूलाई तयार राख्नुपर्छ । आफूले यौनसम्पर्क राखेको कुरा थाहा पाइएला भन्ने कारणले विवाह नगर्ने सोच बनाउनु उचित होइन ।
विवाहपूर्व यौनसम्पर्क गरेकै भरमा विवाहित जीवन नचल्ने होइन, अन्यथा पुनर्विवाह गर्नेहरूको जीवन जहिले पनि दु:खद हुने थियो । कुनै यौन क्रियाकलापमा संलग्न भएका कारणले शारीरिक रूपमा यौनसुख लिनेदिने कार्यमा संलग्न हुन नसक्ने पनि होइन । यदि असर पर्छ भने मनोसामाजिक रूपमा । अर्को व्यक्तिसँग यौनसम्पर्क गरेको थाहा हुनुलाई धेरैले अप्रिय मान्छन् । यस्तो कुरा यौनाङ्गको स्वरुप हेरेर होइन, कसैले भनिदिएर थाहा पाइएको देखिन्छ ।
![विवाहसँग डराउने अनौठो रोग ‘गामोफोबिया’ : कसरी लाग्छ, कस्ता हुन्छन् लक्षण?](https://snowberry.prixacdn.net/media/gallery_folder/salman-khan_ycAGmfHfs1_rdr8y7asm0bpmloo2q723ollz4zikpxyxldpqcukjgvmmmwlf3d2h9yerstk_q8cEl559kB_n9ejxj1mpb2pjfjdgjoivvsvxysvs5jdlewqnre1huxh08l8almc7mjjl2w5.jpg)
विवाहसँग डराउने अनौठो रोग ‘गामोफोबिया’ : कसरी लाग्छ, कस्ता हुन्छन् लक्षण?
![५० किमि टाढा प्रेमिका भेट्न घरबाट निस्किए श्रीमान : पछि गर्दै आएकी श्रीमतीले रेस्टुरेन्टमै मच्याइन् बबाल](https://snowberry.prixacdn.net/media/gallery_folder/%25E0%25A4%25AA%25E0%25A4%25AA%25E0%25A4%25AA_ouewlSaShE_g7u0pg4xutwfxbssag65wibfbk5lxjypouwzchxjjdeumjod3zywcsilftyo_NQiLaMiFzi_vggd7mngxv4e5pu3nldiqwu0f8pmepgoraqynsewm4gpm6xeozpdvcdsb6bg.jpg)
५० किमि टाढा प्रेमिका भेट्न घरबाट निस्किए श्रीमान : पछि गर्दै आएकी श्रीमतीले …
![टी-सिरिजलाई उछिन्दै 'मिस्टर बिस्ट' बन्यो युटुबमा धेरै सब्सक्राइबर भएको च्यानल](https://snowberry.prixacdn.net/media/gallery_folder/Beast.jpg_6IJ1wauoOL_zk2qhwlfggalaeubnmksvgpzyihokfhusk2zxjrqphjp9plewerkssamvtlo_q6UPH50SkX_g9u73ccmxqri7rmigy45eghrdlgiyzkdrl0zcshghbqddrg7hauhvtbktxbd.jpg)
टी-सिरिजलाई उछिन्दै 'मिस्टर बिस्ट' बन्यो युटुबमा धेरै सब्सक्राइबर भएको च्यानल
![संसारको एउटा यस्तो मन्दिर, जहाँ प्रवेश गर्ने बितिक्कै मान्छेको मृत्यु हुन्छ](https://snowberry.prixacdn.net/media/gallery_folder/newskarkahna_9wmOfbQCOy_ejhlo8wbrczxubbmwekynp7kordnunml9pdiq0jgb9rpmojnfg8q9uvuxugo_tOv00iyQH1_dcm24ysaitb93kzh4yfy71l3p0kkljyedkf2amgucpoennpucxkdaassdbam.jpg)
संसारको एउटा यस्तो मन्दिर, जहाँ प्रवेश गर्ने बितिक्कै मान्छेको मृत्यु हुन्छ
![मरेको मानिसलाई जीवित गर्ने प्रयास : अष्ट्रेलियामा शवलाई हिउँमा गाडियो](https://snowberry.prixacdn.net/media/gallery_folder/newskarkahn_CrgGgpxhtY_ipaxcmcqbeb4pxeh6avpmtftjnshxgkh84mqkvb4neul5baxvvzzwqe8clrt_KtkyuEAiGR_r4rhlw4bniwtewvtub1ppwnzjsuugrzsdaijhu6pfevrjpezjlcxutq1j4gk.jpg)
मरेको मानिसलाई जीवित गर्ने प्रयास : अष्ट्रेलियामा शवलाई हिउँमा गाडियो
![चराको प्वाँख मात्रै ३७ लाख ७८ हजार रूपैयाँमा बिक्यो](https://snowberry.prixacdn.net/media/gallery_folder/pyakh_2P2ile6Xgp_zpgtsbeeof88dfi8xe4lf2krfwnwugxg8i8sgfzaq8pq31rkgdrd5yuljdk8_gHBSVbGpLg_6aj1f4jgtwx1n9ve7xjm1uoow7xunlttv96xnthhhzkrchaletom02mjxgtv.jpg)
चराको प्वाँख मात्रै ३७ लाख ७८ हजार रूपैयाँमा बिक्यो
![सासूसँग ज्वाइँको प्रेम, ससुराले गराइदिए विवाह](https://snowberry.prixacdn.net/media/gallery_folder/ring_ahJDcVfcNb_hedperjvyzdvgvtqmrqah5tvdtph20faxd4kdbysr8rcf23htcvxt50rjiqq_6cbW3ZcgzY_xbmqtie4o5gmo3s7nqaqt2uei77n0fdsv7jyd0k0k5gxncozmp0gnbgguqvc.webp)
प्रतिक्रिया