मलाई गुण्डा नाइकेको परिभाषा नै थाहा छैन, यो सुन्दा दु:ख लाग्छ : गणेश लामा
![](https://snowberry.prixacdn.net/media/gallery_folder/2-156_JY6NFg5Mpg_5uir6egyckketnm9q2jiua8r93ansxucwplgawhy8goik9zqkfyysxmbw7tx.jpg)
काठमाडौं / नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट खुला केन्द्रीय सदस्यमा निर्वाचित गणेश लामा चर्चामा छन् । ९९ उम्मेदवारमध्ये लामा १७८२ मतसहित खुलातर्फ ३५ जना केन्द्रीय सदस्यभित्र पर्न सफल भए । विगतमा ‘गुण्डा नाइके’ र ‘डन’को छवी भएका लामा विजय गच्छदारसँगै २०७४ को चुनावअघि पार्टी फोरम लोकतान्त्रिक समायोजन गरेर कांग्रेसमा आएका थिए । फोरममा केन्द्रीय सदस्य रहेका लामा पाँच वर्षपछि देशकै पुरानो पार्टीको निर्वाचित केन्द्रीय सदस्य बन्न सफल भएका छन् । उनै लामासँग न्युज कारखानाले समसामयिक कुराकानी गरेको छ :
कांग्रेस केन्द्रीय सदस्य निर्वाचित हुनुभएको छ, कस्तो अनुभूति भइरहेको छ ?
मलाई एकदमै गाैरव महसुस भइरहेको छ । कांग्रेसजस्तो पार्टीमा खुलामा आज मैले जुन खालको जित हासिल गर्न सफल भए, देशभरका तमाम साथीभाई, महाधिवेशन प्रतिनिधि साथीको साथ सहयोगप्रति म कृतज्ञ छु । यो गुनको एक-एक हिसाब म चुकाउनेछु ।
केन्द्रीय सदस्य निर्वाचित भइसकेपछि पार्टीको तपाईंको भूमिका कस्तो रहन्छ ?
१४औँ महाधिवेशनले पार्टीभित्र उर्जा भरेको छ । युवा साथी तरुण, नेविसंघबाट अध्यक्ष र पूर्वपदाधिकारीको उर्जावान उपस्थिति छ । यसले साँच्चिकै कांग्रेसलाई पुनर्जागरण गर्दै कांग्रेसलाई बलियो बनाउन अवश्य पनि मद्दत पुग्छ । झण्डै ६ दशक राजनीतिमा सक्रिय सभापति शेरबहादुर देउवा हुनुहुन्छ । उर्जावान महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, उपसभापति धनराज गुरुङजस्ता युवा साथी जितेर आउनुभएको छ । अब नेपाली कांग्रेस अब साँच्चिकै उर्जावान कांग्रेस बन्नेछ ।
तपाईंले केन्द्रीय सदस्यमा विजयी हुन्छु भनेर सोच्नुभएको थियो ?
पार्टीले बेलाबखत दिएको जिम्मेवारी र काम इमान्दारिताका निभाउँदै आएकोदेखि ७७ वटै जिल्लाका पार्टी साथीसँग सम्पर्कमा थिए । त्यसकारण मलाई जित्छु भन्ने विश्वास थियो ।
तत्कालीन फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारसँगै तपाईं कांग्रेसमा आउनुभयो । उहाँ उपसभापतिमा पराजित हुनुभयो, तर तपाई जित्नुभयो । गच्छदार हार्ने र तपाईं जित्ने परिस्थिति कसरी बन्यो ?
यो देशभरबाट आएका प्रतिनिधिले गरेको निर्णय हो । उहाँको हार अब प्राविधिक कारण भनौँ कि अरु कारण मलाई थाहा भएन । लोकतान्त्रिक पार्टीमा चुनावमा गइसकेपछि हारजित स्वीकार्नुपर्छ । हामी स्वीकार्न तयार छौं ।
तपाईं चुनावअघि कांग्रेस प्रवेश गरेको, वर्षोदेखि सक्रिय हार्दा तपाईंको जितलाई लिएर पनि प्रश्न उठिरहेको छ नि !
चुनावअघि हामी देशको चौथो दल थियौँ, फोरम लोकतान्त्रिक पार्टी । २०७४ को चुनावमा ध्रुवीकरण भयो । कम्युनिस्टको समीकरण बन्यो । लोकतान्त्रिक शक्ति भएको हुनाले हामीले कांग्रेससँग समायोजन भयौं । केही साथी कांग्रेसबाट चुनाव पनि लड्यौं । केही साथी जित्नुभयो, केही हार्नुभयो । हारजित स्वभाविक हो ।
तपाईं कांग्रेसको सक्रिय राजनीतिमा उदाउँदै गर्दा तपाईंमाथि ‘गुण्डा नाइके’को आरोप लाग्ने गरेको छ नि ! यसमा तपाईंको धारणा के हो ?
यो मलाई लामो समयदेखि लाग्दै आएको आरोप हो । म लामो समयदेखि निरन्तर राजनीतिमा लाग्दै आएको व्यक्ति हो । नेविसंघबाट सुरु गरेर एउटा लोकतान्त्रिक चौथो पार्टीको जिम्मेवार पदमा बसेको पनि लामो समय भयो । तपाईंले यो प्रश्न उठाइरहँदा मलाई गुण्डा नाइकेको परिभाषा नै थाहा छैन । अस्ति भर्खरै एक अन्तर्वार्ता (ऋषि धमलाको जनता जान्न चाहन्छन् कार्यक्रम) मा एकजना पूर्वमाननीयले बारको आन्दोलन र बारका वरिष्ठ अधिवक्ताको बारेमा अदालतमा गुण्डागर्दी गर्यो, दादागिरी गर्यो भनेर भने ।
त्यहाँबाट मलाई मनमा लाग्यो कि यो गुण्डा नाइके भन्ने शब्द जतिखेर जसलाई मन परेन भने प्रयोग गर्ने शब्द हो कि ? उहाँले वरिष्ठ अधिवक्ता शम्भु थापालगायत विभिन्न वकिलको नामै लिनुभयो । यसलाई के भन्नुहुन्छ तपाईं ? शम्भु थापा गुण्डा हो कि हैन ? गणेश लामा गुण्डा हो कि हैन ? तपाईंहरुले त्यसरी पहिचान गर्नुपर्यो ।
तर कांग्रेसको मतपरिणामलाई लिएर धेरैबाट गुण्डा नाइकेले जिते, प्राध्यापक-बौद्धिक व्यक्ति हारे भनेर टिप्पणी भइरहेको छ नि !
जसले जस्तो काम गर्यो, पार्टीभित्र उस्तै माया र समर्थन पाउने हो । मैले पार्टी जहाँ खटायो इमान्दारिताका साथ काम गरेको छु । यो र त्यो भन्ने होइन । मैले निर्वाह गरेको जिम्मेवारीको मूल्यांकन भएको छ । त्यहिँ मूल्यांकनको आज प्रतिफल पाए जस्तो लाग्छ ।
कांग्रेसमा अब तपाईं कसरी अगाडि बढ्नु हुन्छ र तपाईंको भिजन के हो ?
अब सबै मतपरिणाम आइसकेपछि तमाम युवा साथीहरु बैठकमा बस्छौं । हामीले कांग्रेसलाई जुझारु, एउटा जनता, किसान, गरिबसँग मिल्न सक्ने, घुलमिल हुनसक्ने कांग्रेस बनाउन चाहन्छौं ।
प्रश्न के पनि आइरहेको छ भने गगन थापा र गणेश लामा एउटै टिममा कसरी काम गर्नसक्छन् ?
किन गर्न नसक्ने रु गणेश लामासँग त्यो भिजन र क्षमता छैन र ? गणेश लामा जनताको सेवाको लागि नै राजनीतिमा लागेको दुई दशक भयो होला ।
तपाईंको भिजन चाहिँ के हो ?
कांग्रेसलाई जनतामुखी, किसानमुखी, युवामुखी बनाउने, नेपाललाई कसरी अगाडि बढाउने भनेर गहन छलफल गरेर अगाडि बढ्ने हो । टिम बनाउछौं । छलफल गर्छौं । नेपाली कांग्रेस नेपालको पुरानो इतिहास भएको, हरेक परिवर्तनको सम्वाहक भएको पार्टी हो । नेपालमा अझै धेरै विकास गर्नुछ । राजनीतिक समस्याहरु हल गर्नुछ । त्यो कांग्रेस बाहेक अरुले गर्न सक्दैन । यसमा हामी बलियो उपस्थितिसहितको कांग्रेस बनाउनेछौं ।
अन्तिममा तपाईंलाई गुण्डा नाइके भन्नेलाई के भन्न चाहनुहुन्छ ?
यो प्रश्नको म सँग कुनै जवाफ छैन । मलाई गुण्डा नाइके भनेर चिनाउने मिडिया नै हुन् । तैले यो गल्ती गरिस् त्यसकारण यो नाम रह्यो भन्नुपर्यो नि । त्यतिकै मिडियाले पटक पटक भन्ने, मैले लामो समयदेखि सुनिरहेको, हेरिरहेको र देखिरहेको छु । यो सुन्दा दु:ख लाग्छ ।
![काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन](https://snowberry.prixacdn.net/media/gallery_folder/k_EMek995nXF_xpzuwvtnmnklddjqjsowd2jilcblrfzpqcc0lv4anmauqna060qjolzfhglb_NHPnQmghG2_ew7b5h6ohxzaygk23c4txte6mu5ff6vki42dv98fljwnu35mn3ycxuliqmpw.jpg)
काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …
![एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा](https://snowberry.prixacdn.net/media/gallery_folder/lekhi-subha-copy_2sWAFR8591_r7mn1hpsov0zt2doswdfpfpkch9q9uvffh3h2csywxnpysfdf4sgzofg5cbv_SbltbVkDFy_jwyufisyx4ed9adcjqamlsnapn7lkbvnxro3udpqgkmynzjwpxho5cupmqtl.jpg)
एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…
![विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा](https://snowberry.prixacdn.net/media/gallery_folder/dr-sunil-sharma_DCNuLk5Uj7_ej0ds68chwz8bwzir0fx1fkqiqdxz499cyumycopt1vsq0901ovolc6tq07m.jpg)
विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा
![यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत](https://snowberry.prixacdn.net/media/gallery_folder/blood-pressure_tezjbSRxJ9_4i044siujw8p6pxffflxl4hgxaogx6xqwr5u1qfetbab3uq9hkduhfc2auzo.png)
यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत
![बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई](https://snowberry.prixacdn.net/media/gallery_folder/durga_v85hFT8zDs_fwitpwxfgfby0qlngy0wgzcw74yceqr4ffddborhfnz6zflpeleuzipsbzpq.jpg)
बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई
![बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा](https://snowberry.prixacdn.net/media/gallery_folder/kunta-shharma_TQLzCxx3r2_tvbdzmhjdq6rhi9p5ezqlbnvuggqnex6mjtsqsetlsedemkyllhmuxzdk1wh.jpg)
बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा
![‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना : बालेन्द्र साह](https://snowberry.prixacdn.net/media/gallery_folder/balen-shah-1_0FnpxVXGEy_xnf5722zf1gwavmqftu98uhbhoh0gqnfojiicm9qrbzulxtn2xemzdxuat6x.jpg)
‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…
![सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु : शिवप्रसाद ढकाल](https://snowberry.prixacdn.net/media/gallery_folder/shiva-dhakaldgdgdg-copy_GPcpDTS2OK_06lpnh4rdx22bichzeb3xj7fwzmpcudetnp94was0gl1pj3xfjkdcm4rjoce.jpg)
प्रतिक्रिया