अनियमितता भएकाे थाह पाउनुभयाे भने मेयर मात्र हाेइन जीवनभर राजनीतिबाटै सन्यास लिन्छु – भीम पराजुली

देशभर कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढी रहेको छ । प्रदेश नं १ का बिभिन्न जिल्लाहरूमा पनि संक्रमण तिव्ररूपमा फैलिरहेको छ । त्यसमा पनि प्रदेश नं. १ काे राजधानी विराटनगरमा एक ताका संक्रमणको केन्द्र नै बनेको थियो । पहिलो चरणको लकडाउन सकिएर जनजिवन समान्य हुनै लाग्दा विराटनगरमा संक्रमण तिव्ररूपमा फैलिएकाे थियो । साे बेला विराटनगर महानगरपालिकाले दोस्रो चरणको लकडाउनकाे घोषण गरेको थियो । यस क्रममा महानगरले निजि क्षेत्रको पहलमा पिसिआर मेसिन खरिद समेत गरेको थियो । यसै परिवेसमा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीसंग काेविड १९ काे महामारीकाे अवस्थामा नगरकाे वर्तमान गतिविधि ,भावी याेजना तथा समसामयिक विषयवस्तुकाे वारेमा गरिएको कुराकानीको सम्पादित अंश :

मेयर साब ! कोरोना कहरमा विराटनगर महानगरपालिकाले के कसरी काम गरिरहेको छ ? राेग नियन्त्रण तथा राेगथामका लागि के के कामहरु भएका छन् ।

चिनकाे वुहान शहरबाट कोरोना सुरू भए पछि हामीले सतर्कता अपनाएका थियौँ । संघिय सरकारले भन्दा हामीले पहिले लकडाउनको घोषण गरेका थियौँ । स्वास्थ्यकार्मिलाई जोखिक भत्ताको व्यवस्था, सिमानामा हेल्प डेक्स संचालन लगाएतका काम शुरू कै दिनमा गरेका थियौँ । यदपि समुदाय स्तरमा संक्रमण फैलिए पछि फेरी दोस्रो चरणको लकडाउन गर्नु पर्यो । पर्याप्त अस्पताल नभएकाले यो बिचमा हामीले अस्पतालको तथा आइसुलेसनको व्यवस्थापन गर्यौ । स्थानिय व्यावसायीको पहलमा पिसिआर मेसिनको खरिद गरेका थियौँ । जसमा मैले पनि तलब भत्ताबाट ५ लाख सहयोग गरे ।

यति हुदाहुदै पनि महानगरपालिकाले राम्रो काम नगरेर व्यवस्थापन गर्न नसक्दा काेराेना नियन्त्रण भन्दा बाहिर गएकाे भन्ने कतिपयकाे गुनासाे छ नि ?

विराटनगर महानगरपालिकाले जति सबैले गरेको भए देशमा यो भयाबह अवस्था नै आउँदैन् थियो । अरू जिल्लामा संक्रमण फैलिरहेका समयमा र विराटनगरमा पनि समुदायमा संक्रमण देखिएको समयमा दोस्रो पटककाे लकडाउन, निषेधाज्ञ नगरेको भए, परिक्षणको दायर नबढाको भए, मेसिन खरिद नगरेको भए र निजि अस्पताल सँग समन्वय नगरेको भए अहिलेकाे अवस्थामा झन अत्यान्तै जटिल हुने थियो । विराटनगरले के के गर्यो र अरूले के के गरे भनेर हेर्नु भयो भने सबै प्रष्ट हुन्छ ।

तपाईहरू निर्वाचित भएर आए पछि जनताले महसुस गर्न लायक काम के के गर्नु भयो ?

हामीले पहिलो कुरा शुसासनमा जोड दियौँ । सुसासन नै समृद्धिको आधार पनि हो । यसको सुरूवाल नेतृत्वबाट गर्नु पर्छ भन्ने म अनिमियना नगर्नेमा प्रष्ट छु । यदि कतैबाट त्यस्ताे गरेकाे प्रमाणित भयो भने सारा जीवन भर राजनितिबाट सन्यास लिन्छु । मैले गलत काम गर्ने निमार्ण व्यासायीलाइ कारवाहीको दयारमा ल्याउन पहल गरेको छु । गलत काम गर्ने कर्मचारीलाइ अख्तियारको जिम्मा पनि लगाएका छौ । त्यसैगरी मैले आफ्नो ५ बर्षको सेवा सुबिधा लिएको छैन । २ बर्षको विद्यालयलाई दिएको छु । तेसै गरि १ बर्षको राहत कोषमा र यो बर्षको पिसिआर मेसिन खरिमा दिएको छु । हामी भौतिक पुर्वधार निर्माणमा पनि अगाडी छौँ । विराटनगर बस टर्मिनल तोकिएको समय भन्दा अगाडी सकेर नेपाल सरकारले पुरस्कृत गरेको अवस्था छ । शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेको काम गरेका छौँ ।

महानगरको आगामी योजना के कस्ता रहेका छन् ?

अगामी समयमा विराटनगरलाई हामी कुन रुपमा देख्न पाउँछौं । विराटनगर महानगरपालिकालाई एउटा स्वच्छ हराभरा शान्त, सफा अाधुनिक शहर बनाउने प्रयासका साथ काम गरिरहेका छौँ । विराटनगरको महत्व र गरिमालाई अझ बढाउनु पर्छ । महानगरले मात्र चाहेर हुने हैन् । संघिय र प्रदेश सरकारको सहयोग महत्वपुर्ण हुन्छ । नगारिक तथा सरोकारवालाहरूको पनि सहयोग चाहिन्छ । विराटनगरले भौतिक पूर्वाधारलाई प्रथमिक्ता दिएको छ । अहिले विभिन्न संरचना निर्माण भइरहेका छन् । शिक्षालाई प्राथमिकतामा राखेका छाै । नमुना विद्यालय घोषण गरेका छौँ । प्रत्येक वडामा आधारभुत स्वास्थ्य सेवा पुर्याउनका लागि काम भइरहेको छ ।

विराटनगर महानगरकाे अहिलेकाे समस्या र समाधानका उपाय के के हुन सक्छन् ?

२० बर्ष देखि जनप्रतिनिधि नभएको अवस्था थियो । वास्तवमा विराटनगरले धेरै कुरा पाएको भए पनि विकास निर्माणमा पछाडी थियो । अहिलेकाे अवस्थामा बिकासको नेतृत्व हामीले गरेका छौँ । विराटनगरलाई प्रदेश र संघिय सरकारले राम्रोसँग हेरेको भए अहिले विराटनगर अर्कै अवस्थामा हुन्थ्यो । अहिले विभिन्न प्रोजेक्टहरू अगाडी बढेका छन् । यदि अन्तरिक स्रोताबाट पनि बिभिन्न काम भइरहेका छन् । कोरोना नभएकाे भए विराटनगर अहिले निकैप अगाडी हुने थियो । अब विराटनगरकोलाई साचै विराटनगर बनाउन स्रोतको समस्या छ । आन्तरिक स्रोत कमि छ । संघिय सरकार र प्रदेश सरकारबाट जुन हिसाबले स्रोत तथा बजेट आउनु पर्ने हो त्यो हिसाबले नआउँदा अत्यत्तै चुनौति छ ।

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…