काेराेना कहरका बेला अरुकाे राेजिराेटीमा समस्या नहाेस भनेर उद्योग संचालन गरेका छाै : भाेलेश्वर दुलाल

मोरङको सुन्दरहरैंचामा विगत लामो समय देखि संचालनमा रहेको पूर्वाञ्चल ल्यूव आयल प्रा.लि.का प्रबन्ध निर्देशक तथा उद्योगपति भोलेश्वर दुलालले कोरोना कहरको अप्ठ्यारो परिस्थितिमा कुनै पनि व्यापार व्यावसायीले निराश भएर व्यावसायबाट पलायन हुन नहुने बताएका छन् ।

दुलालले पूर्वेली न्यूजसंगको कुराकानीमा व्यापार व्यावसायमा घाटा नाफा तथा सुख दुःख चलिरहने प्रकृया भएकोले व्यावसायि हरुलाई कोरोना कहरका कारण भएको आर्थिक मन्दीबाट नआतिन अनुरोध गरेका छन् । उनले कोरोना कहर निश्चित बिन्दुमा पुगेर ओरालो लाग्ने भएकोले यसबाट सचेत तथा सावधान रहेर देशको अर्थतन्त्रमा परेको असरलाइ जोगाउँदै आफ्ना आर्थिक पक्षको काम धन्दामा लाग्न आवश्यक भएको बताएका छन् । दुलालले यो अप्ठ्यारो अवस्थामा सरकारले उद्योगी व्यवसायीहरुलाइ हौसलाको लागि भए पनि आवश्यक सहयोग गर्नु पर्ने उल्लेख्य गरेका छन् ।

उद्योगपति दुलालले अर्को प्रसङ्ममा कोरोना संक्रमितलाई हेला होइन, सम्मान गरौ भन्दै कोरोनाको बारेमा नबुझी कसैले गलत हल्ला नगर्न अनुरोध गरि सुरक्षित र सचेत रहेर धरापमा परेको मूलुकको अर्थतन्त्रलाई जोगाएर दैनिक क्रियाकलापमा लाग्न समेत आवश्यक भएको कुरामा थप जोड दिएका छन् ।उनले आफ्नो उद्योगमा काम गर्ने कर्मचारीलाई कोरोना कहरको समयमा विशेष सुरक्षालाई ख्यालमा राख्दै अरुको रोजीरोटी र अभावको मर्मलाई बुझेर आफुले उद्योग संचालन गरि रोजगारी प्रदान गरेको उल्लेख गरेका छन् ।

स्वदेशी उत्पादनका रुपमा रहेको मान्यता प्राप्त पूर्वाञ्चल ल्युव आयल प्रा.लि.का प्रबन्ध निर्देशक साथै अन्य विभिन्न व्यावसाय, शैक्षिक संङ्घ संस्था लगायत सामाजिक क्षेत्रका सहयोगि र अगुवा व्याक्तित्व दुलालसँग कोरोना कहरको अवस्थामा व्यापार व्यावसाय तथा समसामयिक विषयमा गरिएको भिडियो कुराकानी :

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…