अनलाइन कक्षालाई थप व्यवस्थित बनाउँदै विद्यालय संचालन गर्नेछाै : टिकाराम ढकाल

सुन्दरहरैंचा / मोरङ सुन्दरहरैंचाको सलकपुरमा वि स २०४८ सालमा स्थापना भएर संचालन हुदै आएको ब्राइट फ्युचर मा.वि.का प्रिन्सिपल टिकाराम ढकालले २०५६ साल देखि विधालयको नेतुत्व गर्दै आएका हुन । ढकाल प्याब्सन प्रदेश न १ का वरिष्ठ उपाध्यक्ष समेत हुन । शिक्षा र प्याब्सनको गतिविधिमा लामो समयदेखि सक्रिय रहदै आएका ढकाल कोरोना कहरले शिक्षा क्षेत्रलाई बढी प्रभावित बनाएर लाखौं विद्यार्थीको भविष्यमा प्रश्न चिन्न खडा गरेको बताउँछन । ढकाल स्थानिय , प्रदेश तथा संघिय सरकारले अब शिक्षाको हित र विकासका लागि विद्यालय संचालनमा आवश्यक पहल गर्नु पर्ने बताउँछ ।

ढकालले बिस्तारै निश्चित विन्दुमा पुगेर कोरोना ओरालो लाग्ने तथा यसको त्रास हट्दै जाने भएकोले जनजिवनलाई सुरक्षित राखेर आवश्यक मापदण्डका साथमा शिक्षा क्षेत्रको कार्यलाई अब अघि बढाउँन जरुरी भएको बताउँछन् । उनले यो समयको अप्ठ्यारो घडीमा शिक्षक ,विद्यार्थी तथा अभिभावक बिचको त्रिपक्षीय सम्बन्ध झनै सकारात्मक तथा बलियो हुन आवश्यक भएको समेत उल्लेख्य गरे । उनले विद्यार्थीहरुको उज्ज्वल भविष्यका लागि नेपाल सरकार शिक्षा ,विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको विद्यार्थी सिकाइ सहजिकरण निर्देशिका अनुसार यसैलाई ध्यानमा राखेर शिक्षण सिकाइ कार्यलाई निरन्तरता दिने बताए ।

ढकाल विद्यार्थीहरुले कुनै डर त्रास विना ,सुरक्षित भएर रहदै अनलाइन कक्षा मार्फत भए पनि ढुक्क भएर आफ्नो पढाइ लेखाइलाई अगाडी बढाउँन अति आवश्यक भएको बताउंछन् । उनले घरमै भए पनि विद्यार्थीहरुले अतिरिक्त क्रियाकलापका साथै व्यवहारिक ज्ञानलाइ समेत जोड दिन अनुरोध समेत गरेका छन् । ढकाल अबको शिक्षा झनै व्यवहारिक ,समय अनुकुल तथा रोजगारी मूलक हुनु पर्ने बताउँछन । उनी संग कोरोना कहरका बिचमा विधालयको वर्तमान अवस्था , भावी योजना तथा शिक्षा क्षेत्रको सेरोफेरोमा रहेर गरिएको समसामयिक भिडियो कुराकानी ।

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…