यात्रु पनि आफै सचेत बन्नु पर्छ, सार्वजनिक सवारीबाट संक्रमण फैलिदैन : महासचिव खत्री

इटहरी / काेराेना महामारीले करिब ६ महिना संचालन नभएका सार्वजनिक सवारी साधन असाेज १ गतेबाट संचालनमा आउने भएका छन् । सरकारले सुरक्षा मापदण्डकाे पालना गर्दै लामाे तथा छाेटाे दुरूमा सार्वजनिक सवारी संचालनकाे अनुमति दिएकाे हाे । याे सगै देश भरका सार्वजनिक सरवारी संचालनमा आएका छन् । प्रदेश नं १ मा पनि असाेज १ बाट नै संचालनमा आउने छन् । लामाे समय थन्किएका सवारी संचालन गर्न पाउदा व्यवसयी उत्साहित देखिन्छ । साथै काम बिना बसेका मजदुरहरू पनि काम पाउने भएकाले खुसि भएका छन् ।

लामाे समयमा पछि सवारी संचालन हुने भएकाले तयारी कस्ताे छ, व्यवस्थापन कसरी भइरहेकाे छ । मजदुरका समस्याकाे अवस्था के छ लगायतका बिषयमा सार्वजनिक यातायता राष्ट्रिय महासंघ प्रदेश नं १ का महासचिव रमेश खत्री सग गरिएकाे कुराकानिकाे सम्पादित अंश ।

सरकारले अनुमित दिए पनि यातायात संचालन गर्ने परिस्थिति देखिदैन्, तयारी के छ ?

सरकारले असाेज १ गतेबाट लामाे दुरीका सवारी संचालनकाे अनुमति दिए पनि हामि व्यवसायी बिच महामारीकाे अवस्थालाइ ध्यानमा राखेर संचालन नगर्ने हाे कि भनेर छलफल पनि भयाे, तर अब राेगले भन्दा भाेकले मर्ने अवस्था आएपछि संचालनकाे तयारीका छाैँ । सरकारले समेत यातायात व्यवसायी र मजदुरलाइ हेरेन । राहतका प्याकेज ल्याउन पनि सकेकाे छैन् । त्यसैले बाध्य भएर संक्रमण फैलिरहेकाे समयमा पनि संचालन गर्न लागेका छाैँ ।

संक्रमण तिब्र रूपमा फैलिएर सरकारबाट फेरी सवारी संचाल गर्न नपाउने निर्णय भयाे भने ?

अब पहिलाे कुरा त सवारी खुलेपछि कस्ताे महाेल बन्छ त्यसले पनि मार्गनिर्देश गर्छ । सरकारले गरेकाे अहिले बन्दकाे निति व्यवहारीक छैन् । मान्छे हैन सवारीले चै काेराेना फैलाउने जस्ताे व्यवहार भएकाे छ । भाेलि संक्रमणले जटिल अवस्था नै लियाे भने र सरकारले व्यवहारीक र व्यवस्थित तरिकाले बन्द गरेकाे अवस्थामा मान्नु पनि पर्छ । अब मान्छेले काेराेना नसर्ने सवारीले सर्ने जस्ताे व्यवहार भयाे भने सरकारलाइ पेलेर पनि जानु पर्ने अवस्था आउन पनि सक्छ ।

सवारी साधन भित्र संक्रमण फैनिल नदिन के के गर्नु भएकाे छ ?

सरकारले त भाैतिक दुरी कायम गरेर एउटा सिटमा एक जना मात्रै राखेर संचालन गर्न भनेकाे छ । तर अब चाडवाडकाे समय पनि आएकाे छ यात्रुकाे चाप पनि धेरै हुने र यातायात संचालन गरेकाे खर्च समेत उठाउनु पर्ने भएकाले सटि क्षमता भरि यात्रु राखेर संचालनकाे तयारी छ । यति भनिर रहदा सुरक्षाका उपायकाे पालना हुन्छ । चालक र सहचालकले अनिवार्य माक्स र पन्जाकाे प्रयाेग गर्नु पर्ने हुन्छ । सरवारी साधनमा चड्ने यात्रुले अनिवार्य माक्सकाे प्रयाेग गर्नु पर्छ । बिना माक्सकाे यात्रुलाइ नचठाउन भनिएकाे छ । यात्रुलाइ पनि एक आपसमा दुरी कायम गर्न अनुराेध गरेका छाै । अब यात्रु पनि आफै सचेत हुने हाे भने संक्रमण फैलिने सम्भावना कम हुन्छ । साथै बिभिन्न बस पार्कमा सेनिटाइजिङकाे व्यवस्था गरिएकाे छ ।

पुर्ण क्षमतामा बस संचालन गर्ने भएपछि सरकारले आधि क्षमतामा संचालन गर्दा बढाएकाे भाडा त बढ्दैन हाेला नि ?

अहिलेकाे अवस्थामा लामाे समय सवारी संचालन नभएकाले यात्रु के कति हुने निस्चित छैन् । पुर्ण क्षमतामा चलाउने भने पनि यात्रु नपाउने पाे हाे कि भन्ने अर्काे कुरा छ । अहिले सरकारले अनुमति दिएकाे बराबार नै हुन्छ । भाेलि यात्रुकाे अवस्था र परिस्थिति हेरर घटाउन सकिन्छ । साेचे जस्ताे भयाे र यात्रु धेरै भएपछि भाडा घट्नेमा विस्वास दिलाउन चाहान्छु । यात्रु मारमा पर्नु हुदैन् भन्ने पक्षमा हामि पनि छाैँ ।

मजदुरकाे अवस्था के छ र अब व्यवसायी कसरी अगाडी बढ्ने त ?

मजदुरकाे अवस्था कमजाेर छ । हामिले सधै मजदूरका समस्याका बिषयमा कुरा उठाइ रहेकाे छाैँ । अब सवारी संचालन हुने भए पछि मजदुर पनि खुसि भएका छन् । भाेकले मर्ने अवस्था आउन नदिन हामिले पनि बिभिन्न राहत उपलब्ध गराएका छाैँ । सरकारबाट बितरण भएकाे राहतलाइ पनि यातायात मजदुलाइ प्रथमिक्तामा राख्न पहल गरिएकाे थियाे । अहिले त व्यवसायीकाे अवस्था नै कमजाेर भएकाे छ । अब सवारी संचालन भए पछि केहि सहज हुने आसा गरेका छाैँ ।

हामिले सरकार सग बिभिन्न माग राखे पनि कुनैकाे प्रभावकारी रूपमा सम्बाेधन भएकाे छैन् । प्रदेश सरकारले आर्थिक एेनकाे अनुसुची ३ को दफा क को उपदफा ६ मै भएको कुरा समेत लागु गरेको छैन् । कानुनमा कुनैपनि सवारि साधन बिग्रीए वा लामो समयसम्म सञ्चालनमा नआउने भएमा यसको कर पुर्ण रुपमा छुट गर्ने भनेपनि सरककारले यो कुरा पुरा गरेको छैन् । सरकारले केहि सहयाेग नगरे धेरै व्यवसायी पलायन हुने अवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…