निगम सुधार तथा कर्मचारीको हितका लागि काम गरिरहेको छु : कार्यकारी निर्देशक पौडेल

नेपाल आयल निगगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल यतिबेला आयल निगम सुधार र कर्मचारीहरुको हकहितका लागि काम गरिरहनुभएको छ । कोरोना महामारीका बिचपनि देशका बिभिन्न प्रादेशिक कार्यालयहरुमा पुगेर कर्मचारीहरुलाई निर्देशन दिनुका साथै उनीहरुका समस्या समेत सुनेर समाधानका उपाय सहित कसरी  सेवा प्रवाह गर्न सकिन्छ भन्ने बिषयमा अहोरात्र खटिरहनुभएको छ । आयल निगमले गरिरहेका काम र आगामी योजनाका बिषयमा पौडेल सँग गरिएको कुराकानी को संपादित अंश :

काेराेना महामारी फैलिरहेकाे समयमा तपाईं चै देश दौडमा हुनु हुन्छ नि ?

झापामा पाइप लाइन लगायतका परियाेजनाका कामहरू भइरहेका छन् त्याे कमालाइ अगाडि बढाउने क्रममा अहिले म विराटनगरमा छु । स्थानिय तहहरू संग समन्वय पनि गर्नु पर्ने छ । त्यस्तै काेराेना महामरीमा अग्रभागमा रहेर काम गरिरहनुभएका ट्याङ्कर व्यवसायी, पम्प व्यवसायी, कर्मचारीहरूले अव सुरक्षित तरिकाले कसरी  कार्य सम्पादन गर्ने, कस्ताे मापदण्ड बनाउने भनेर छलफल पनि भएकाे छ ।

सुरेन्द्रकुमार पौडेल (कार्यकारी निर्देशक, नेपाल आयल निगम )

याे महामारीकाे अवस्थामा निगमले कसरी कार्यसम्पादन गरिरहेकाे छ ?

अहिले करिब आधा कर्मचारीबाट निगम चलिरहेकाे छ । आधा कर्मचारी ब्याकपमा हुनुहुन्छ । कुनै पनि बेला कर्मचारीको आवश्यकता भए ब्याकपकाे प्रयाेग हुन्छ । अमलेगन्जमा डिपाेमा १० जनामा काेराेना संक्रमण देखिदा तत्काल केन्द्रकाे टाेलि आएर त्यहाँकाे व्यवस्थापन गरेकाे थियाे । भाैरबामा पनि त्यस्तै व्याकप कर्मचारीबाट काम भएकाे थियाे ।

याे महामरीमा निगमलाइ अझ प्रभावकारी बनाएर लैजान के कस्ता याेजना रहेका छन् ?

याेजना त बनेकाे छ, बनेकाे याेजना कार्यान्वयन हुनु ठुलाे कुरा हाे । हामी जिम्मेवार भए काम गरिरहेका छाैँ । हामि सबै मिलेर काम गर्नु पर्छ । मन्त्रालय, निगम र निगम सग आवस्द्ध सबैकाे साथ भयाे भने जस्तै सुकै परिस्थितिमा पनि हामि काम गर्न सक्छाै ।

कर्मचारीकाे व्यवस्थापन कसरी गर्नु भएकाे छ ?

मैले छुटाउनै नहुने कुरा के हाे भने निगमलाइ दुरगामी प्रभाव पर्ने भनेकाे कर्मचारीकाे एकता नै हाे । मेराे कार्यकालमा कर्मचारीका ट्रेड युनियनमा मेराे तेराे भन्ने छैन् । ट्रेड युनियन संगै अगाडी बढि रहेका छाै । कर्मचारीहरू आफै जिम्मेवार छन् । कर्मचारी व्यवस्थापनमा धेरै चुनैती छैन् । आम जनताकाे हाैसला भयाे भने हामि काम गर्न सक्षम छाैँ । र निरन्तर काम गरीरहृेका छाैँ ।

अहिलेकाे अवस्थामा पेट्राेलिय पदार्थकाे माग घटेकाे छ, आम्दानी घटेकाे छ, यसले कस्ताे प्रभाव पार्ला ?

पेट्राेलिय पदार्थकाे  बिक्रिले निगमलाइ भन्दा पनि समग्र देशकाे अर्थतन्त्रलाइ नै प्रभाव पार्छ । ब्यपार कम भए पश्चात निगमले सरकारलाइ तिर्ने राज्वश्व पनि घट्ने नै देखिन्छ । त्यसले पनि नकारात्मक असर पर्छ । हामिलाइ नाफा कमाउनु छैन् त्यसैले निगमलाइ धेरै असर नपार्ला, संचालित याेजानहरूका लागि पनि आगामि बर्षहरूमा रकम चाहिने हाे । त्याे समयमा परिस्थिति सहज बन्ला । निगम संग जाेडिएका अरू क्षेत्रमा ठुलाे प्रभाव परे पनि निगमलाइ ठुलाे प्रभाव पार्दैन ।

निगम सुधारका लागि कस्ताे याेजना अगाडी सार्नु भएकाे छ ?

सुराधकाे सबै भन्दा ठुलाे रिजल्ट चै यहि काेराेनामा हेर्नु पर्छ । अहिले याे अवस्थामा सामान्य सेवा सुविधामा पनि स्वस्थ्यकर्मी जस्तै निगमका कर्मचारीहरू अग्रभागमा काम गरिरहेका छन् । अहिले सबै कर्मचारी लागेर केहि गर्नु पर्छ भन्ने भावनाकाे बिकास भएकाे छ । अब निगम राम्राे छ भनेर सबैलाइ महसुस गराउनु छ । निगम चुस्त छ, कर्मचारीले जिम्मेवारी पुर्वक काम गर्छन् भन्ने जस्ता कुरा आम जनाताले महसुस गर्ने वाताबरण निर्माण गर्नु पर्छ । त्यसकालागी प्रबिधिकाे उच्च प्रयाेग गर्दै याेजनाकाे प्रभावकारी कार्यान्वयकालागी काम गरिरहेका छाैँ ।

अन्तयमा, काेराेना महामारीका बिच निगमका सेवा सुबिधालाइ कसरी अगाडी बढाउँदै हुनुहुन्छ ?

अब निगम सगै निगममा सम्बन्धित क्षेत्रलाइ कसरी बचाउने भन्ने कुरा मुख्य रहेकाे छ । हामी सग सम्बन्धित व्यवसायीहरू कर्जामा पुग्नु भएकाे छ । उहाँहरूलाइ कसरी माथी उठाउने भनेर साेचि रहेका छाैँ । एरलाइन्स व्यवसायीहरूलाइ केहि राहतका प्याकेजहरू आएकाे पनि छन् । त्यस्तै पम्पहरूलाइ समेत सहजताका लागि पाउने नाफा बढाउन अध्ययन भइरहेको ‍ छ । ट्याङ्करहरूकाे हकमा पनि के गर्न सकिन्छ भनेर विभिन्न निकायमा पहल समेत भइरहेकाे छ । याे कठिन परिस्थितिमा हामी सबै मिलेर अगाडी बन्नु पर्ने अवस्था रहेकाे देखिन्छ ।

तपाईको प्रतिक्रिया