सुनकाे मुल्यले फेरि बनायाे रेकर्ड

काठमाडाैं/ सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्यले हालसम्मको रेकर्ड तोडेर नयाँ रेकर्ड बनाएकाे हाे । बुधबार सुनको मुल्य प्रतितोला १ लाख ६१ हजार ८ सय रुपैयाँ कायम भएको छ । मंगलबारको तुलनामा आज सुन प्रतितोला १३०० रुपैयाँ बढेको हो । मंगलबार प्रतिताेला १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसअघि असोज १८ गते १ लाख ६१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीमा प्रतितोला २५ रुपैयाँ बढेको छ । मंगलबार १९२५ रुपैयाँ रहेको चाँदी कारोबार भएको थियो । आज १९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित