इटहरीमा एमएडब्लू वृद्धि कमर्शियल भेइकल्सको नयाँ डिलर शोरुम उद्घाटन

इटहरी / नेपालको व्यावसायिक सवारी साधन क्षेत्रको प्रमुख कम्पनी एमएडब्लू वृद्धि कमर्शियल भेइकल्सले इटहरीमा नयाँ डिलर शोरुमको उद्घाटन गरेको छ। इटहरीको पर्व लाइनमा रहेको अत्याधुनिक शोरुम शुक्रबारदेखि सञ्चालनमा आएको हो।

शोरुममा दुई प्रमुख ब्राण्डका व्यावसायिक सवारी साधनहरू उपलब्ध छन् – फोटोन र सोकोन। फोटोन मोटर्स, जुन चीनको नम्बर १ व्यावसायिक सवारी निर्माता हो, को आधिकारिक वितरकका रूपमा कम्पनीले हाईरुफ ईभी भ्यान, टुनल्याण्ड र टिएम वान जस्ता कुशल र भरपर्दा सवारी साधनहरू उपलब्ध गराएको छ। ओम तिरुपती सप्लायर्सका अध्यक्ष जीवन पराजुलीका अनुसार, कम्पनीले आफ्नो उत्पादनलाई थप विविधता दिन सोकोन मोटर्सका ईसी थर्टी सिक्स भ्यान पनि नेपाली बजारमा भित्र्याएको छ। यी भ्यान यात्रु, विद्यालय र कार्गो प्रयोजनका लागि उपयुक्त भेरियन्टहरूमा उपलब्ध छन्।

कम्पनीले अब ग्राहकहरूलाई नयाँ व्यावसायिक सवारी साधनहरू परीक्षण गर्ने, विभिन्न वित्तीय योजना बुझ्ने र शोरुमको सुविधाहरूको लाभ उठाउन सक्ने जानकारी दिएको छ। कार्यक्रम काेसी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री मा. खगेनसिं हाङगामकाे प्रमुख आतिथ्यमा सम्पन्न भएकाे थियाे । कार्यक्रममा उद्योग बाणिज्य संघ काेसी प्रदेश अध्यक्ष राजेन्द्र राउत लगायतहरूकाे उपस्थिती रहेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित