इटहरीकाे तालतलैयामा चक्कु देखाएर ल्रटियाे २ लाख नगद , ७ जना पक्राउपछि सार्वजनीक

इटहरी । लुटपाटमा सम्लग्न भएको आरोपमा प्रहरीले इटहरीबाट सात जनालाई पक्राउ परेको छ । इटहरीमा चक्कु देखाएर लुटपाट गर्ने कार्यमा सम्लग्न उनीहरुलाई इटहरी ३ तालतलैयाबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा इटहरी ४ निवासी २४ वर्षीय विशाल तामाङ, इटहरी १६ निवासी १८ वर्षीय रिचन खत्री, रामधुनी ३ का २२ वर्षीय अनिश कोइराला, सोही स्थानका १९ वर्षीय सुशन तामाङ, १८ वर्षीय सुनील बस्नेत, १८ वर्षीय निश्चल बस्नेत र रामधुनी ७ बस्ने १८ वर्षीय साकार भण्डारी रहेका छन् । उनीहरुले बाटो छेकेर चक्कु देखाएर लुटपाट गर्ने गरेको प्रहरीको भनाई छ ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर कार्कीकाअनुसार बाटो छेकेर चक्कु देखाएर दुई लाख रुपैयाँ लुटपाट गरेको बताइएको छ ।उनीहरूलाई प्रहरी निरीक्षक हेमन्त राईको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

साथमा रहेको चक्कु देखाएर स्थानीय अमन भगतलगायतका मानिसलाई नगद दुई लाख रुपैयाँ लुटपाट गरेको डीएसपी कार्कीले बताए ।‘प्रहरीमा निवेदन आएपछि हामीले इटहरी ४ स्थित टेङ्ग्रा खोलाबाट पक्राउ गरेका हौँ,’ कार्कीले भने, ‘चोरी तथा डाका गरेको नगद तथा चक्कुसहित पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको छ ।’

पक्राउ परेकाहरूको साथबाट विभिन्न दरका नेपाली नगद ३० हजार दुई सय ५५ रुपैयाँ, चक्कु एक थान, मोटरवाला ओकेटोके हेण्ड सेट दुई थान, ६ थान मोबाइल बरामद गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित