झापाकाे पाथीभरा अस्पतालबाट कैदि फरार
![](https://snowberry.prixacdn.net/media/gallery_folder/1691206053_58164_eq894B9ydc_hurnfsd38ulr5naptfmijsqyqbzf7d6vdmxqdgyyvxd4qdcvtvv4bznbfz2e_suFtGRKST0_7eii7uujuqerjfqladrvqnndunobac1usm7kkcoxhdmobynfsjsgdujdkqux.jpg)
झापा । जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका एक कैदी आज फरार भएका छन् । फरार हुनेमा २४ वर्षीय जीवन साह रहेको प्रहरीले जनाएको छ । भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पतालबाट आज बिहान उनी फरार भएका हुन् । त्यहाँ उपचाररत साहलाई आज बिहान ३ः४० बजे सोही अस्पतालको शौचालय लगिएकामा शौचालयबाटै उनी फरार भएको प्रहरीको भनाइ छ ।
छातीमा समस्या भएपछि भद्रपुर नगरपालिका–५ घर भएका साहलाई यही भदौ २५ गते प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि ओमसाई पाथीभरा अस्पतालमा रेफर गरिएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मिलन केसीको कमाण्डमा फरार कैदी साहको खोजी भइरहेको बताइएको छ ।
यसअघि इलाका प्रहरी कार्यालय बिर्तामोडका एक जना थुनुवा हतकडी फुस्काइ फरार भएका थिए । फरार भएको चार दिनपछि भदौ ८ गते उनी बिर्तामोड बसपार्कबाट समातिएका थिए । फितलो सुरक्षा व्यवस्थापनको फाइदा उठाउँदै झापामा एकपछि अर्काे यस्ता घटना घट्न थालेको बताइएको छ ।
![लमजुङमा जीप दुर्घटना हुँदा १९ जना घाइते](https://snowberry.prixacdn.net/media/purbelinews%20default%20image_2fya97kmeqwss7fvvmthgneqefcqea9swfuyxpqcfrw7bxkdijnsy9uhjjf3.jpg)
लमजुङमा जीप दुर्घटना हुँदा १९ जना घाइते
![दुर्गा प्रसाईं समर्थकले आगजनीमा गरेको ट्रकका चालकको मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/Trruck.jpg_noqM1SpFMv_3z5wm5devdc2rkzqr13m7wvo6wukegv4qdva91y8b45ekjyjdieuku3ytijb_XqDwOc3ogn_wcuqy3toudpgcvmpogeqoddo2j1jgj6wjlnz72ywpgadufqbr7eaywssm7ii.jpg)
दुर्गा प्रसाईं समर्थकले आगजनीमा गरेको ट्रकका चालकको मृत्यु
![सुनकोशीकाे फोक्सिङटारको पुल बगाएपछि श्रमदानमार्फत मर्मत गरिदै](https://snowberry.prixacdn.net/media/gallery_folder/pool_Wjn9eCYF31_nbdi6tqohhqfc4mapbsmqgfmojcxczckuonukhmjaqv7hgvvgar5cfkcqftf_pWAvEMovZP_vicd1bssjw0wfmyse6yvazxn67ya5tpqdifjlbea6u90sn6dqpxklvqgbijh.jpg)
सुनकोशीकाे फोक्सिङटारको पुल बगाएपछि श्रमदानमार्फत मर्मत गरिदै
![धरानकाे सुरक्षा व्यवस्थामा कडाइ : तालिम प्राप्त कुकुरसहित प्रहरी तैनाथ](https://snowberry.prixacdn.net/media/gallery_folder/dharan-chaking_flobwtClsR_dc3psdgsmsvaswx9ea3rja0sejrb1g5i8ymc4wcn9tcxcfnf75sj1fedv43u_JtyP1KhJpD_llrwgterojgpjzlharocendte6gjveuxuqzjbibbzuxpuzdd5jeomz6opand.jpg)
धरानकाे सुरक्षा व्यवस्थामा कडाइ : तालिम प्राप्त कुकुरसहित प्रहरी तैनाथ
![काेशी सहित यी पाँच प्रदेशमा सकृीय हुदैछ मनसुन : कस्तो रहला दशैंमा मौसम ?](https://snowberry.prixacdn.net/media/gallery_folder/dharan-itahari-sadak_G9H1Lok2tQ_ao4qevl4djzgomrpdsdemcezdjayqcocnownt9h1bjpnzvaewbuysocakgbn_pX0cwi10N3_p9rxzxtpdfaxcla1cvknllkgs8a5nyhhqbfryuvjsozyc3bichzltgchpcya.jpg)
काेशी सहित यी पाँच प्रदेशमा सकृीय हुदैछ मनसुन : कस्तो रहला दशैंमा मौसम ?
![बेलबारीमा कार र मोटरसाइकल ठोक्किँएर दुर्घटना : ड्युटी सकेर घर फर्किदै गरेका प्रहरी जवानको मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/Belbari-Pol_rklaQPQ08U_e6xmluyddaldtguyjxiucc37vdqlypek5cxwspz463du9yvp8msthq2djxiw_1v0SEQ1Swl_d3ioxnplc8tcozcj91nndisc1fpt0xsfzhgx751zsodjw0etviscp8n8vifo.jpg)
बेलबारीमा कार र मोटरसाइकल ठोक्किँएर दुर्घटना : ड्युटी सकेर घर फर्किदै गरेका …
![कञ्चानुरमा बाढीले भत्काएको कल्भर्डमै खस्यो स्कुटर, युवकको मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/badhi-tanah_1ZL6ByyKA0_3zftwqs4si9h8mv3nfaaydhcl22gdzjwm8rchpsqkdj8bjlpedkmizmoesfd_QZZXRgv1o5_k26a5pbqaj2soogtuhljdmq1a1cnkefi22knk6wp2byhocqpu99qswt8j15i.jpg)
प्रतिक्रिया