कटारी आमा–छोरा हत्या प्रकरण : २४ घण्टादेखि शव अस्पतालमा, प्रहरीमा जाहेरी दिने काेही भएनन् कोही

श्रीमान दोस्रो विहे गरेर भारत गएपछि निर्मला गाउँमै पसल गर्थिन्

उदयपुर । उदयपुरको कटारी नगरपालिका–१० स्थित  सोरुङ छविसेमा आमा–छोरा हत्या घटनाको अनुसन्धानमा प्रहरी खटिएको छ ।  घटना घटेको २४ घण्टा बितिसक्दा पनि परिवारको तर्फबाट प्रहरीमा  जाहेरी दरखास्त दर्ता भएको छैन ।

बिहीबार बिहान ४० वर्षीय निर्मला थापा र उनकी छ वर्षीय छोरा आरुस थापा हत्या गरी मृत्यु भएको अवस्थामा फेला परेका थिए । घटनाबारे स्थानीयले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कटारीको टोली घटनास्थल पुगेका थिए ।

मृतकहरूको शव सर्जमिन मुचुल्का गरी शव परीक्षणका लागि कटारी अस्पताल ल्याइएको इलाका प्रहरी कार्यालय कटारीका निमित्त प्रमुख प्रहरी निरीक्षक उमेश महतोले जानकारी दिए । बिहीबार बेलुकीसम्म पीडितको तर्फबाट कसैले जाहेरी दरखास्त प्रहरीमा नदिएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । हत्या गरिएका निर्मला थापाको श्रीमान अशोक थापा दुई वर्षअघि दोस्रो विवाह गरी भारततिर गएका थिए ।

श्रीमानले दोस्रो विवाह गरेपछि निर्मला एक छोरासँग गाउँको वडा कार्यालय नजिकै पसल सञ्चालन गर्दै आएकी थिइन् । बिहीबार बिहान आमा–छोरा नै बेडमा घोप्टो अवस्थामा मृत भेटिएको र टाउकामा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको देखेपछि गाउँलेले प्रहरीलाई खबर गरेका थिए । टनास्थलमा अनुसन्धानका लागि विज्ञ प्रहरी टोली खटाइ सकिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजन चापागाईले बताए ।

प्रतिक्रिया

सम्बन्धित