सुन्दरहरैंचा नाबालिका दिदी–बहिनी मृत्यु घटना : फरार आमा पक्राउ

इटहरी । मोरङको सुन्दरहरैँचामा दुई नाबालिका दिदी-बहिनीको शव फेला परेको घटनामा संलग्न भएको आशंकामा उनकी आमा अस्मिता न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ। शनिबार दिउँसो सुन्दरहरैँचास्थित केरा बगानमा १ वर्षीया आइका र ३ वर्षीया अर्पणा कार्की मृत अवस्थामा भेटिएका थिए।

घटनापछि फरार रहेकी अस्मितालाई प्रहरीले बुधबार बिहान झापाको बिर्तामोडबाट पक्राउ गरेको हो। प्रारम्भिक अनुसन्धानमा घटनास्थलमा विष खुवाइएको हुनसक्ने संकेत पाइएपछि प्रहरीले अस्मिता न्यौपानेलाई अनुसन्धानको लागि हिरासतमा राखेको छ। घटनास्थलमा ‘मेटासिट’ नामक कीटनाशक औषधिको बट्टा फेला परेको थियो।

पक्राउ परेकी अस्मिता न्यौपानेमाथि मोरङ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान सुरु गरिएको छ। घटनाको वास्तविकता पोस्टमार्टम रिपोर्टपछि मात्र खुल्ने बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित