बिराटनगरकाे दशगजाबाट स्रोत नखुलेको रकमसहित एक जना पक्राउ

बिराटनगर । बिराटनगर महानगरपालिका-१८ रेलवे लाईन दशगजाबाट स्रोत नखुलेको ६ लाख रूपैयाँ सहित भारत अररिया फारबिसगंज-१० बस्ने ३९ वर्षीय अर्जुन कुमारलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

अस्थायी प्रहरी पोष्ट भेडयारीबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेको बिआर ३८ एल १९१४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक कुमारलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।  

प्रतिक्रिया

सम्बन्धित