कोशी प्रदेशमा अब ट्रायल पासलगत्तै अस्थायी लाइसेन्स

इटहरी । कोशी प्रदेशमा सवारी चालकलाई अस्थायी लाइसेन्स (अनुमति पत्र) वितरण गर्ने प्रक्रिया सुरु भएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ट्रायल पास गरेका व्यक्तिहरूलाई एक वर्षको लागि अस्थायी लाइसेन्स दिने निर्णय गरेको छ। यो निर्णय यातायात व्यवस्था विभागले ट्रायल पास गरेका व्यक्तिहरूलाई स्मार्टकार्ड (लाइसेन्स) दिन ढिलाइ भएकाले गरिएको हो।

अस्थायी लाइसेन्स वितरणको प्रक्रिया यातायात कार्यालय विराटनगरबाट सुरु भएको छ, जहाँ क्यूआर कोडसहितको अस्थायी कार्डहरू छापेर वितरण गरिँदैछ। विराटनगरमा परीक्षण पश्चात यो प्रक्रिया अन्य कार्यालयहरूमा पनि लागू गरिनेछ।

विभागले गत वैशाखमा अस्थायी लाइसेन्स वितरणका लागि परिपत्र जारी गरेको थियो, जसअनुसार प्रदेश सरकारले ११ वटा प्रिन्टर मेसिन र अस्थायी कार्डहरू खरिद गरेको थियो। अबदेखि ट्रायल पास गर्ने नयाँ व्यक्तिहरूलाई अस्थायी कार्ड दिइनेछ, जुन पहिला कागजमा वितरण गरिन्थ्यो।

प्रतिक्रिया

सम्बन्धित