कैलालीकाे अत्तरियामा रोकिराखेको ट्रकसँग मोटरसाइकल ठोक्किँदा युवकको गयो ज्यान

धनगढी । कैलालीको अत्तरियामा ट्रकसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको ज्यान गएको छ । गए राति सवा १ बजे कैलालीको गोदावरी नगरपालिका–१ धनगढी सडकस्थित पाठक पेट्रोल पम्प नजिक रोकिराखेको ना ४ ख ९६३ नम्बरको ट्रकमा से ५ प ५८२७ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–२ भन्सार रोडका २९ वर्षीय कैलाश थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहोराले जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाइते भएका  कैलाशलाई उपचारका लागि उपचारका लागि सेती प्रादेशिक अस्पताल पठाइएकोमा उपचारकै क्रममा मृत्यु भएको हो ।

मोटरसाइकल पछाडि सवार सोही ठाउँ बस्ने २५ वर्षीय भुपेश पाल घाइते छन् । उनको पद्मा अस्पतालमा अत्तरियामा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक बोहराले जानकारी दिए । ट्रक र चालक बझाङको बित्थडचिर गाउँपालिका–२ का भरत बोहोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
 

प्रतिक्रिया

सम्बन्धित