धरान माछाभाैडी छुरा प्रहार घटना : गम्भीर घाइते छोरी युजिना शाहीको मृत्यु

छुरा प्रहार गर्ने खाँदबारीका प्रवीण बराल पक्राउ

इटहरी । खाँदबारीका बबिन बरालले खुकुरी प्रहार गर्दा धरानमा १४ वर्षीया किशोरीको मृत्यु भएको भने उनकी आमा गम्भीर घाइते भएकी छन् । खुकुरी प्रहारबाट १४ वर्षीया युजिना शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
धरान–३ का वडा अध्यक्ष विद्या शाक्यका अनुसार युजिनाको मुटुमा छुरा रोपिएको र उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो । छुरा प्रहारबाट गम्भीर घाइते भएकी वरालकी जेठीसासु सृजना शाही (राई) को वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

छुरा प्रहार गरी फरार भएका ज्वाइँ भनिएका व्यक्ति संखुवासभाको खाँदवारी नगरपालिका–२ स्थायी घर भई हाल काठमाडौँ डेरा गरी बस्ने ३३ वराल रहेको वडा प्रहरी कार्यालयका इञ्चार्ज रुद्र खड्काले जानकारी दिए ।
खुकुरी प्रहार गर्ने ३३ वर्षीय बराललाई इलाका प्रहरी कार्यालय धरानको टोलीले पक्राउ गरेको छ ।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिए ।प्रहरीका अनुसार बरालले खाँदवारी घर जानका लागि बसको टिकट काटेका थिए । पारिवारिक तनावका कारण आवेगमा आएर जेठीसासु भएको स्थान दोकानमा गएर उनले छुरा प्रहार गरेको बताइएको छ ।
ज्वाइँ पर्ने व्यक्तिले जेठी सासू सृजना शाही (राई) र उनकी छोरी युजिना शाहीलाई छुरा प्रहार गरी फरार भएका थिए । फरार बराललाई खड्काको प्रहरी टोलीले माछाभौडीबाटै तत्काल नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय पु¥याएको थियो ।

प्रतिक्रिया

सम्बन्धित