इटहरी र विराटनगरमा आज बिशाल रथयात्रा , प्रदेशभर सार्वजनिक बिदा

इटहरी । सुनसरीकाे इटहरीमा साेमबार बिशाल रथ यात्रा निकालिदैछ ।इटहरीकाे बिराटनगर राेडस्थित राधाकृष्ण मन्दिरबाट निकालिने रथयात्रामा २० हजार बढीकाे सहभागीता रहने जनाइएकाे छ । रथ यात्रालाइ मध्यनजर गर्दै इटहरी प्रहरीले विशेष सुरक्षा तयारी गरेकाे छ । रथयात्रा इटहरीकाे बिराटनगर राेडबाट बिभिन्न चाैकहरू हुदै पुन राधाकृष्ण मन्दिर परिसदमा पुगेर समापन हुने छ । रथ यात्रा इटहरीमा साडे ३ बजे देखि सुरू हुने जनाइएकाे छ । 

यसै बिच मोरङको विराटनगरमा राधाकृष्ण रथयात्रा निकालिँदैछ। रथ यात्रा राधाकृष्ण मन्दिरबाट दिउँसो ३ शुरु हुनेछ।यहाँ हरेक वर्ष कृष्णाष्टमीको भोलिपल्ट रथयात्रा निकाक्ने गरिएको छ। वि.सं. १९८८ सालमा ‘खट’ यात्राबाट यो उत्सव आरम्भ भएको थियो। २०२५ सालदेखि खटसँगै रथयात्रा निकालिँदै आएको छ।

विराटनगर महानगरपालिका-१ स्थित राधाकृष्ण मन्दिरबाट निकालिने राधाकृष्णको युगल जोडीसहितको रथले विराटनगर बजार क्षेत्रको करिब आठ किलोमिटर यात्रा गर्नेछ ।रथयात्रालाई लक्ष्य गरी उच्च सुरक्षा सतर्कता अपनाएको प्रहरीले जनाएको छ। ​कोशी प्रदेशमा सार्वजनिक बिदा छ। 

 

प्रतिक्रिया

सम्बन्धित