सप्तरीमा तेल बोक्ने ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

सप्तरी । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरूप नगरपालिका–३ बरमझियामा शुक्रबार तेल बोक्ने ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सुनसरीको हरिनगरा गाउँपालिका–३ गौतमपुर बस्ने अन्दाजी ४१ वर्षीय महेशकुमार मेहता र मोटरसाइकलको पछाडि सवार सोही ठाउँका ४० वर्षीय जयप्रकाश मेहताको  मृत्यु भएको प्रहरीले जनाएको छ ।

महेशको घटनास्थलमा नै मृत्यु भएको छ भने दुर्घटनामा घाइते जयप्रकाशको कञ्चनरूप १२ स्थित धर्मेश्वर अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लैजाने क्रममा ज्यान गएको प्रहरी नायब उपरीक्षक ढुण्डिराज न्यौपानेले जानकारी दिए ।

पूर्वतर्फ जाँदै गरेको नेपाल आयल निगमको को १ ख ७४१४ नम्बरको तेल बोक्ने ट्याङ्करले पूर्वबाट पश्चिम आउँदै गरेको प्र १– ०२०४७ प १२८० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । यस्तै, ट्याङ्कर चालक सिरहाको कर्जना नगरपालिका–३ का अन्दाजी ३२ वर्षीय मिथलेश यादव समेत घाइते भएका छन् । उनको धर्मेश्वर अस्पताल ठेलियामा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित