चर्काे दवावपछि मधेस सरकारले आठ राज्यमन्त्री हटायो

नकपुर । मधेस सरकारले प्रदेश सरकारले आठ राज्यमन्त्री हटाउने निर्णय गरेको छ । मुख्यमन्त्री सतिसकुमार सिंहले प्रदेश सरकारमा नियुक्त भएका आठ राज्यमन्त्रीलाई हटाउने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।

हालै नियुक्त आठ राज्यमन्त्रीलाई बर्खास्त गर्न प्रदेश प्रमुखलाई मंगलबार पत्र पठाइसकिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । केन्द्रको सत्तारुढ दलहरूको सहमति अनुसार मुख्यमन्त्री सिंहले सबै राज्यमन्त्रीहरूलाई हटाउने निर्णय लिएको जनाइएको छ ।

‘जम्बो’ मन्त्रीमण्डल विस्तार गरेको भन्दै चारैतिर आलोचना हुन थालेपछि सबैको सहमति अनुसार राज्यमन्त्रीहरूलाई हटाउने निर्णय गरिएको मुख्यमन्त्री सिंहले बताएका छन् । प्रदेश सरकारले गत मंगलबार रेखा ठाकुर, निलम कुमारी रजक, रामबाबु यादव, शम्भु साह र मोहम्मद जैद आलमलाई राज्यमन्त्रीमा नियुक्त गरेको थियो भने त्यसअघि केशव राय, शारदा देवी थापा र रञ्जुकुमारी मण्डल खङ्ग राज्यमन्त्रीमा नियुक्त भएका थिए । प्रदेश कार्यालयका टीकाराम उप्रेतीले आठ राज्यमन्त्रीलाई पदमुक्त गर्न मुख्यमन्त्री कार्यालयबाट पत्र प्राप्त भएको पुष्टि गरेका छन् । 

प्रतिक्रिया

सम्बन्धित