सडक मानवरहित उदेश्यमा बर्दिवासमा देशैभरीका भक्तजन

महोत्तरी /  हाम्रो माया घर निर्माणार्थ बर्दिवासमा आयोजना भईरहेको शिव पुराण माहायज्ञमा कथा श्रवण गर्न आउनेहरुको घुईचो लागेको छ ।

सडक मानवरहित उदेश्यले आयोजना भईरहेको माहायज्ञको छैठौ दिनसम्म ६५ हजार भन्दा बढी मानिसहरु आएको आयोजक पक्षले जनाएको छ ।

कथा वाचिका राधिका दाशी स्वयम् संरक्षक रहेको हाम्रो माया घर बर्दिवास कै वडा-२ स्थित ५ कठ्ठा जमीनभित्र ११ करोड लागतमा दुई वटा भवन निर्माण हुँदैछन् ।

वेवारिसे, तिरस्कृत भएका वृद्धहरु, मानसिक सन्तुलन गुमाएर सडकमा अलपत्र रहेका मानवहरु, सडक वालवालिका तथा वेसहाराहरुको उद्दार तथा व्यवस्थापनलाई लिएर  वन्न लागेको आश्रयस्थलको लागि दाताहरुले समेत निक्कै चासो देखाएका छन ।

देशैभरिवाट आएका मानिसहरुले गरेको दानवाट अहिलेसम्म ८५ लाख भन्दा बढी संकलन भएको छ भने दान र सहयोग गर्नेहरुको संख्या वढीरहेको मुल आयोजक समितिको सचिवालयले जनाएको छ ।

१ करोड ५० लाख संकलन हुने लक्ष्य राखिएको उक्त माहायज्ञको मध्यान्तरसम्म आईपुग्दा अपेक्षा गरेभन्दा धेरै राम्रो सहभागी र दान सहयोग भईरहेको माहायज्ञ आयोजक समितिका संयोजक हिरालाल गौतमले जानकारी दिए ।

२१ गतेदेखि सुरु भएको माहायज्ञ २९ गते समापन हुँदै छ यो विचमा हाम्रो माया घर निर्माणार्थ ऐक्यवद्वता जनाउन राजनीति दलका प्रतिनिधिहरु र प्रदेश सरकारका मन्त्री, राज्य मन्त्री समेत सहभागी भएका छन ।

यही क्रममा शनिवार वेलुका मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले कार्यक्रममा सहभागी जनाएर प्रदेश सरकारले पनि हाम्रो माया घर निर्माण सम्पन्न गर्न स्वामित्व लिने वताएका छन ।

त्यस्तै स्थानीय राजनीति दलहरुले पनि सडक मानवरहित उदेश्यले निर्माण हुन् लागेको पवित्र कार्यमा हातेमालो रहने वताउदै नेपाली कांग्रेसले त कार्यकर्ताहरुलाई माहायज्ञ अवधिभर स्वयमसेवककोरुपमा खटिन बिज्ञप्ति जारी गरेर निर्देशन नै दिईसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित