वीरगञ्जबाट पाँच करोड बराबरको ‘भेप’ बरामद, कसले पुर्‍यायो भन्सार नाकासम्म ?

वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट ठूलो परिमाणमा इलेक्ट्रिक चुरोट (भेप) बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका–६ मा रहेको रेलवे रोडबाट पर्सा प्रहरीले १५ हजार २ सय थान भेप बरामद गरेको हो ।

यति ठूलो परिणाममा भेप बरामद गरेको यो पहिलो पटक भएको पर्सा प्रहरीले जनाएको छ । बरामद भेपको बजार मूल्य करिब चार करोड ८६ लाख २४ हजार ८०० रुपैयाँ रहेको पर्सा प्रहरीले जनाएको छ । गोदाममा अनाधिृकत रुपमा भेप भण्डरण गरिएको सूचना पाएपछि छापा मार्दा डाँफे ट्रान्सपोर्टबाट ७६ कार्टुन भेप बरामद गरेको पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलले जानकारी दिएका छन् । बरामद हरेक कार्टुनमा २ सय थान भेप छ ।

भन्सारबाट बरामद भएको थोरै थान भेपका आधारमा खोजी गर्दै जाँदा यति धेरै भेप बरामद भएको प्रहरी प्रमुख ढुंगेलले बताएका छन् । रेल्वेरोड बस्ने रामप्रसाद बैरेको घरमा कोठा भाडामा लिएर भारत विहारका सुदामा प्रसादले अनाधिकृतरूपमा उक्त भेप भण्डारण गरेको ढुंगेलको दाबी छ ।  बरामद भेपबारे थप अनुसन्धान सुरु भएको पर्सा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित