गृहमन्त्री लेखकद्वारा केएमसीको निरीक्षण

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले काठमाडौंको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजको निरीक्षण गरेका छन् । केएमसीमा उपचाररत राष्ट्रिय सभा सदस्य बलदेव बोहराको स्वास्थ्य स्थिती बुझ्न पुगेका गृहमन्त्री लेखकले अस्पतालका विभिन्न विभागहरुको निरीक्षण गरेर जानकारी लिएका हुन् ।

    गृहमन्त्री लेखकले अस्पतालको क्याथल्याब, एमआरआई, सीटीस्क्यानसहित अत्याधुनिक उपकरणको अवलोकन गरेर त्यहाँको अवस्था बारे जानकारी लिएको अस्पताल प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए ।

    निरीक्षणका क्रममा गृहमन्त्री लेखकले केएमसीमा अत्याधुनिक उपकरण र विशेषज्ञ चिकित्सक भएकाले बिरामीहरूले राम्रो उपचार पाउने विश्वास व्यक्त गरे । नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्मा सञ्चालक रहेको केएमसी स्वास्थ्य उपचारका क्षेत्रमा अब्बल अस्पतालका रुपमा चिनिन्छ ।

प्रतिक्रिया

सम्बन्धित