सुडानमा हैजाको प्रकोप, अहिलेसम्म ४३० को मृत्यु

काठमाडौँ । सुडानमा पछिल्लो महिना हैजाको प्रकोपका कारण मृत्यु हुनेको संख्या ४३० नाघेको छ । देशमा जारी गृहयुद्धका बीच सुडानको स्वास्थ्य मन्त्रालयले हैजाका बिरामी झण्डै १४ हजार पुगेको जानकारी दिएको छ । सुडानको स्वास्थ्य मन्त्रालयले हैजाबाट मुक्ति पाउन हरसम्भव प्रयास गरिरहेको बताएको छ । सुडानका लागि अमेरिकी विशेष दूत टम पेरिलोका अनुसार देशमा द्वन्द्वको अवस्थाका कारण खाँचोमा परेकाहरूलाई स्वास्थ्य सेवा उपलब्ध गराउन निकै कठिन छ । गत वर्षदेखि हालसम्म यो द्वन्द्वमा डेढ लाखले ज्यान गुमाएका छन् । सुडानमा जारी द्वन्द्वका कारण उनीहरूले नियमित अवरोधको सामना गर्नुपर्ने चिकित्सा सहायता संगठन डक्टर्स विदाउट बोर्डर्स (एमएसएफ) ले रिपोर्ट गरेको छ।

अप्रिल २०२३ देखि सुडानमा सेना र शक्तिशाली अर्धसैनिक समूह र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच सत्ता संघर्ष चलिरहेको छ। जसका कारण करिब ९० लाख मानिसले आफ्नो घर छाड्नु परेको छ । बाली लगाउन नसक्दा भोकमरीको त्रास पनि बढेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हैजा एकदमै छिटो फैलिने रोग हो, जसले मृत्यु पनि निम्त्याउन सक्छ। यसको उपचार सजिलो छ तर यसलाई ढिलो नगर्नु महत्त्वपूर्ण छ।

सुडानका स्वास्थ्यमन्त्री हैथम मोहम्मद इब्राहिमले अगस्टमा हैजाको प्रकोप भएको घोषणा गरेका थिए । युद्धसँगै भारी वर्षा, बाढी र विस्थापित शिविरमा भीडभाडका कारण हैजाका बिरामी पनि बढेका छन् । कतिपय ठाउँमा यो रोग फैलिन नदिन विद्यालय र बजार बन्द गरिएको छ । नयाँ एमएसएफ रिपोर्ट अनुसार, गर्भवती महिला र बालबालिका स्वास्थ्य प्रणालीको पतनबाट सबैभन्दा बढी प्रभावित भएका छन् । जनवरी र अगस्टको बीचमा, दक्षिण डार्फर क्षेत्रमा ११४ गर्भवती महिलाको मृत्यु भएको छ। हजारौं बालबालिका भोकमरीको सामना गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित

चार सय पोस्ट ग्रयाजुएट विद्यार्थी कोटा थप्ने गरी न्याम्समार्फत शिक्षक दरबन्दी थपिदै

चार सय पोस्ट ग्रयाजुएट विद्यार्थी कोटा थप्ने गरी न्याम्समार्फत शिक्षक दरबन्दी थपिदै

सातै प्रदेशमा अटिजम बालबालिकाका अभिभावकलाई तालिम केन्द्र विकास गर्ने तयारी

सातै प्रदेशमा अटिजम बालबालिकाका अभिभावकलाई तालिम केन्द्र विकास गर्ने तयारी

बाढी पहिरोपछि संक्रमण फैलन नदिन सर्वपक्षीय बैठक, काठमाडौँमा सतर्कता

बाढी पहिरोपछि संक्रमण फैलन नदिन सर्वपक्षीय बैठक, काठमाडौँमा सतर्कता

सातै प्रदेशमा मुटु रोग उपचार विस्तार गर्ने गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको निर्णय

सातै प्रदेशमा मुटु रोग उपचार विस्तार गर्ने गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको …

स्वास्थ्य बीमा सुधारका लागि डा. आचार्यको नेतृत्वमा सुझाव समिति गठन

स्वास्थ्य बीमा सुधारका लागि डा. आचार्यको नेतृत्वमा सुझाव समिति गठन

इटहरी अस्पतालमा बिरामीको मृत्युपछि तनाबः उचित ध्यान नदिएको  आक्रोश (भिडियाे )

इटहरी अस्पतालमा बिरामीको मृत्युपछि तनाबः उचित ध्यान नदिएको आक्रोश (भिडियाे )

इटहरीकाे वेदान्त हस्पिटलमा थपिए यस्ता सुविधा , अब यी राेगहरूकाे गरिन्छ सहजै उपचार

इटहरीकाे वेदान्त हस्पिटलमा थपिए यस्ता सुविधा , अब यी राेगहरूकाे गरिन्छ सहजै …

कलेजो प्रत्यारोपण गर्न अब विदेश जान नपर्ने, काठमाडौं मेडिकल कलेजले पायो अनुमति

कलेजो प्रत्यारोपण गर्न अब विदेश जान नपर्ने, काठमाडौं मेडिकल कलेजले पायो अनुम…