इटहरीस्थित नमुना कलेजमा नयाँ विद्यार्थीहरूलाई भव्य स्वागत : तुलसी र सलाेन सँगै नाचे विद्यार्थी

इटहरी / सुनसरीको इटहरीस्थित नमुना कलेजले कक्षा ११ र १२ मा भर्ना हुन आएका नयाँ विद्यार्थीहरूलाई शुक्रवार भव्य स्वागत सँगै  रमाइलो सांस्कृतिक कार्यक्रम र पुरस्कार वितरण सम्पन्न गरेको छ । भर्ना भएका नयाँ विद्यार्थीहरूलाई कलेजका अध्यक्ष केशव खडका, प्रमुख धर्म न्यौपाने ,लगायत विशिष्ट अतिथिहरूले  अबिर खादा लगाएर सवागत गरेका थिए । सोही समारोहकै बिच विभिन्न स्कुलका प्रिन्सिपल तथा सहयोगीहरूलाई खादा र कदर पत्रले सम्मान गरिएको थियो ।

कार्यक्रममा कक्षा ११ र १२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरूले आफूभित्र भएको कलालाई स्टेजमा प्रस्फुटन गर्दै नयाँ विद्यार्थीहरूलाई स्वागत गरेका थिए । त्यस्तै हास्य कलाकारको रूपमा परिचित इटहरीका कुशल नृत्य कोरियोग्राफर तुलसी घिमिरेले विभिन्न गीतहरू गाएर विद्यार्थीहरूलाई आफू सँगै नचाएका थिए ।

कार्यक्रममा नेपालका चर्चित कलाकार सलाेन बस्नेतले बाल्यकाले देखि अहिले सम्म गरेको सङ्घर्षका कथाहरू सुनाएर विद्यार्थीहरूमा सकारात्मक ऊर्जा प्रदान गरेका थिए । केशव खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि रहेका राष्ट्रिय परीक्षा बोर्ड कोसी प्रदेशका कार्यवाहक जीवन गडताैलाले भर्ना भएका नयाँ विद्यार्थीहरूलाई शुभकामना सँगै प्रेरणा दायी भनाइहरू राखेका थिए । उनले कलेज नाम अनुसारकै साँच्चै नमुना रहेको भन्दे खुलेरै प्रशंसा पनि गरे ।

किताबको ज्ञान सँगै सिप र  प्रविधि सँग विद्यार्थीहरूलाई जोडेर हरेक क्षेत्रमा अब्बल बनाउँदै अघि बढेको नमुना कलेजले यो वर्ष ५ सय भन्दा बढी विद्यार्थीहरू भर्ना गर्न सफल भएको छ । शान्त वातावरण, सुविधा सम्पन्न पूर्वाधारमा सिकाई,दक्ष शिक्षक र प्रविधिमैत्री शिक्षण पद्धति पर्याप्त स्रोतको उपलब्धता, अनुभवी र दक्ष शिक्षक, अत्याधुनिक कम्प्युटर सहितको ल्याब, ई–लाइब्रेरीको व्यवस्था, साइन्स ल्याब, अनुभवी सेफ सहितको होटेल म्यानेजमेन्ट ल्याबका साथै विद्यार्थीहरूका लागि यातायातको सहज सुविधा भएकै कारण पूर्वी नेपालका बिद्यार्थीहरूकाे विशेष रोजाइमा यो कलेज पर्ने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित