बिनोद राईलाई भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि
![](https://snowberry.prixacdn.net/media/gallery_folder/419031705_778971540927118_4765382873718059661_n_lfG9rJE3CS_9hqlup4ftj2mbxmzgkjlt80n8z3jhvifihimbvmsw5actw4r6mutb9dhszkv_c7OFly7HEn_wahlyzl5lobnmzzwsont1kndmktbdyceeu9lmmrvpnu9a45t94pv41sv4q9t.jpg)
काठमाडौं । भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि बिनोद राईले जितेका छन् । शुक्रबार राती ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजित ग्राण्ड फिनालेमा उनले उपाधि जिते ।बिजेता राई ले कोच मिलन नेवार समूहको प्रतिनिधित्व गर्छन् । मकरबहादुर योन्जन फस्ट रनरअप, कुमार प्रयास राई सेकेण्ड रनरअप र नोगेन लिम्बु थर्ड रनरअप घोषित भए ।
उपाधिका लागि चार फाइनलिस्टबीच कडा प्रतिस्पर्धा भएको थियो । दर्शकको सर्वाधिक भोटको आधारमा बिनोदले उपाधि जितेका हुन् । जितसँगै उनले २० लाख नगदसहितका पुरस्कार प्राप्त गरेका छन् । हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुषाल लगायतका अतिथिले विजेतालाई पुरस्कार प्रदान गरे ।तीन हजार दर्शक अटाउने गोदावरीको खचाखच सनराइज हलमा तीन घण्टा लामो ग्राण्ड फिनाले चलेको थियो । फिनालेमा कोच मिलन नेवार, उदय सोताङ, प्रमोद खरेल र राजेशपायल राईले आफ्नो टीमका फाइनलिस्टसँगै प्रस्तुति दिए ।
भ्वाइसको पाँचौ सिजनका अन्तिम १२ का प्रतिस्पर्धीसहित हिमालय लोकस्टारका जजले पनि सांगीतिक प्रस्तुति दिए । कोच र फाइनलिस्टले प्रस्तुति दिँदा फिनालेको माहोल रोमाञ्चक बनेको थियो । चर्चित लोक तथा दोहोरी गायक राजु परियार र बद्री पँगेनीले पनि प्रस्तुति दिए । भ्वाइसको पहिलो सिजनका विजेता सीडी विजय अधिकारीले आफ्नो हिट गीत ‘दूरी मजबूरी’ गाएर दर्शकलाई जुरुक जुरुक पारे ।
![गीतकार खनालको उपचार सहयोगार्थ गीताञ्जली साँझ हुने](https://snowberry.prixacdn.net/media/gallery_folder/sahayog%2520sajh_fdFRgUTLhn_j4vi1wy6ntndz6vb1vplxwx6ync6ixt8l4gsdmkmyafmjmlvqwjlaj7jenxg_E4E1gv21Fg_p7wunezoj99jd5neb3e0xopwsqty0r88gsrsrsrpj3vokqdarwob8v1ym84c.jpg)
गीतकार खनालको उपचार सहयोगार्थ गीताञ्जली साँझ हुने
![निवा लिम्बू बनिन् दोस्रो मिस धरान आइकन- २०२३](https://snowberry.prixacdn.net/media/gallery_folder/7_aRSLqNBKrQ_5q0mqgi6qxcxc6uqkd6phesdeyelxalyqw3kxrbss5hkx8fhizuabyxx2dgq_TFfGbRhKMY_ahbcqlhy9t0xznkj85caa1lau9srakvnjefshiwxe0hu2r6aal2fbhslkzjb.jpg)
निवा लिम्बू बनिन् दोस्रो मिस धरान आइकन- २०२३
![कलाकारहरूको टोलीसहित जनचेतनाका लागि वेस्टर्न युनियन देश दौडाहामा : आज इटहरी र धरानमा प्रस्तुती](https://snowberry.prixacdn.net/media/gallery_folder/8d7d475e9_xRqGfFWjhq_xkxbvl4bsnyl6yefbcy8up9cm1e49w15bwi8tsf1t490yam6iiojnzs57fh0_DlhtKNzC96_rukey761zdnaf3pa5wtfiqzzjdzuim0wmf5ryklg3sd4ugjwxmlecxzqdta8.jpg)
कलाकारहरूको टोलीसहित जनचेतनाका लागि वेस्टर्न युनियन देश दौडाहामा : आज इटहर…
![हामी धरानेको आयोजनामा काठमाडौंमा रहेका धरानेहरुले दर खाएर मनाए तीज](https://snowberry.prixacdn.net/media/gallery_folder/PHOTO-2023-09-10-09-51-59%2520(1)_jABaxB0iGQ_2kirmmanefpjtxrvtft6evt1jh2swkqsvu9kg9i3eh1naeg2vi7a71oxatmd_gsgUQnm0IN_xejkxbdowbmwfvgqjsqvbke2jvqcvz06omqgag2os9uyyunjd97s86doqw2m.jpg)
हामी धरानेको आयोजनामा काठमाडौंमा रहेका धरानेहरुले दर खाएर मनाए तीज
![‘टिन स्टार इन्टरनेसनल २०२३’ भाग लिन थाइल्याण्ड उडे आर्नभ, निभिका र सायरा](https://snowberry.prixacdn.net/media/gallery_folder/357490614_780281674097280_7576032366775598325_n-1140x570_6I6vcymJSJ_b20jpoey7tjf2ayechre9xvxmbildeim2bqy7mk08ngcrhy4n4akulikwzzm_ZtUNg20x6R_bvbubkfpmmaw8fvxa9modl5njkhej0ykzblzzfewg1cywxgmpjkkjbnmjxaq.jpg)
प्रतिक्रिया