डिएसपी राईको सक्रियता ४ दिनभित्र चोरीको ३ मोटरसाईकल सहित एकजना चोर पक्राउ

रौतहट १५ साउन । रौतहट स्थित ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरले पछिल्लो ४ दिन भित्र तीन थान चोरीको मोटरसाईकल र एकजना मोटरसाईकल चोरलाई पक्राउ गरेको छ। केही दिन अघि मात्र कार्यालय प्रमुखको जिम्मेवारी लिएका डिएसपी राजकुमार राईको निर्देशनमा बिशेष अभियान अन्तर्गत छुट्टाछुट्टै स्थानबाट चोरीको ३ थान मोटरसाईकल र एकजनाचोर लाई पक्राउ गरेको हो।

चन्द्रपुर नगरपालिका ४ मुस्लिम टोलका २४ बर्षीय हसन सरिफको नाउँमा रहेको प्रदेश २ ( ०२८ प ७८३४ नम्बरको बाजाज कम्पनीको २०० सिसिको एनएस मोटरसाईकल गत ११ गते राती उनको घरैबाट चोरी भएको थियो।
चोरीको भोलिपल्ट सरिफले दिएको निवेदनको आधारमा डिएसपी राईको निर्देशन अनुसार मोटरसाईकलको इन्जिन नम्बर चेचिस नम्बर मिलान गरी मोटरसाईकल बरामद गरेको थियो। मोटरसाईकलसँगै माधव नारायण नगरपालिका १ दिपही गाउँका रञ्जित जैसवालको छोरा बर्ष २७ को शिवचन्द्र प्रसाद जैसवाल लाई प्रहरीले पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याएको छ।

त्यस अघि चन्द्रपुर नगरपालिका ९ सिन्धुरेघारीका  बर्ष ४२ को ज्ञानेन्द्र  चौलागाईको नाममा रहेको प्रदेश २(०३(०१७ प। ९७४८ नम्बरको यामाहा कम्पनीको एफजेडएस १५० सि।सि। को मोटरसाइकल र सोही ठाउँका बर्ष ४० को सुबर्ण चौलागाईको नाममा  रहेको प्रदेश २(०३(०१९ प। ५३२५ नम्बरको एभेन्जर २२० सि।सि।को मोटरसाइकल घर अगाडी आंगनमा  एकै ठाउँमा पार्किंङ गरी राखेको अबस्थामा गत असार ३० गते विहान ४ बजे चोरी भएको थियो।

पीडितको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरले खोजतलास गर्दै गुजरा नगरपालिका २ कटानी स्थितमा रहेको नहर छेउको  जंगलमा लुकाई छिपाई राखेको अबस्थामा  फेला पारी  सम्बन्धीत मोटरसाइकल धनीलाई बुझाईएको थियो। डिएसपी राजकुमार राईले आफ्नो कार्यक्षेत्र भित्र यौन ब्यापार, लागुऔषध कारोबार संगै आपराधिक क्रियाकलाप पूर्ण रूपमा नियन्त्रण गर्ने प्रतिबद्धता जनाउँदै आएका छन।  सञ्जय मिश्रा 

 

प्रतिक्रिया

सम्बन्धित