पोखरामा स्कुल बस दुर्घटना हुँदा आमा र छोराको मृत्यु, २८ जना घाइते

पोखरा / पोखरा महानगरपालिका-२१ छरछरेमा सोमबार स्कुल बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका अन्दाजी ५ वर्षीय छोरा प्रिन्स विक रहेका छन् ।

विद्यार्थी लिएर फर्कंदै गरेको पोखरा-१७ विरौटामा रहेको एलपी देवकोटा मेमोरियल स्कुलको ग१क ६२१९ नम्बरको बस दुर्घटना हुँदा विद्यालयकी कार्यालय सहयोगी ३५ वर्षीया आरती विक र प्रिन्सको मृत्यु भएको हो ।  त्यस्तै दुर्घटनामा २८ जना घाइते भएका छन् ।

बसमा चालक, २८ विद्यार्थी र एक कर्मचारी सवार थिए । रामदीबाट विरौटा फर्कने क्रममा बस घुम्तीबाट झन्डै ५० मिटर तल खसेको थियो । घाइतेमध्ये १४ जनाको गण्डकी मेडिकल कलेज, १२ जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र ३ जनाको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको कास्की प्रहरीले जनाएकाे छ । घाइतेमध्ये दुई विद्यार्थीको अवस्था गम्भीर छ ।

प्रतिक्रिया

सम्बन्धित