कृषक पलायन भएपछि बढ्दो परनिर्भरता : पूर्वी नाकाबाट मात्र ८५ करोडको कोदो आयात

झापा । पूर्वी नाका झापाको काँकडभिट्टाबाट कोदोको आयात अघिल्लो वर्षका तुलनामा वृद्धि भएको छ । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरले २०८०/०८१ मा ८५ करोड ४२ लाख ५६ हजार रुपैयाँ मूल्य बराबरको कोदो आयात भएको बताए । १७ हजार ७९७ मेट्रिक टन कोदो भारतबाट आयात भएको हो ।  

उनका अनुसार आव २०७९/०८० मा ५१ करोड ३१ लाख २० हजार रुपैयाँ मूल्य बराबरको १६ हजार ३५ मेट्रिक टन कोदो भारतबाट आयात भएको थियो । नेपालमा कोदो बाली उत्पादन घट्दै जाँदा भारतलगायत तेस्रो देशबाट कोदोको आयात बढेको सूचना अधिकारी ठाकुरले बताए । 

पूर्वी पहाडी जिल्लामा यथेष्ट उत्पादन हुने फर्सी बिक्री नहुँदा किसान गाईभैँसीलाई खोले पकाएर खुवाउँछन् । तर, त्यही फर्सी बजारमा भने भारतबाट ठूलो मात्रामा आयात हुने गरेको छ । उनले सोही अवधिमा २१ करोड १४ लाख ८० हजारको १० हजार ५७४ मेट्रिक टन फर्सी आयात भएको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित