प्रतितोला २ हजार रुपैयाँले सस्तो भयो सुन, चाँदीको मूल्य कति? अवस्था के छ ?

इटहरी । सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन १ लाख ४७ हजार ५ सय रुपैयाँमा कारोबार भएको हो। 

त्यस्तै आज तेजाबी सुन पनि १ लाख ४६ हजार ८ सय रुपैयाँमा झरेको छ। चाँदी पनि ३० रुपैयाँले घटेर १ हजार ८ सय ३० रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भएको छ। 

अघिल्लो दिन छापावाल सुन १ लाख ४९ हजार ५ सय, तेजाबी सुन १ लाख ४८ हजार ८ सय र चाँदी १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भएको थियो। 

प्रतिक्रिया

सम्बन्धित