मिथिलाञ्चलमा वटसावित्री पर्व मनाइँदै
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Untitled-2_xG7L8OYaFB_ysancj7oeswi57jb4d7d9ree0izft6jugvrfzdbqg9lqikbnvejhb6rpagkg_nOJAkKtOPA_5gcwl2vgiuhp1emuejfaohsf1rmo8ti79azwclp1ysszgg6toxkcri0ql0xc.jpg)
महोत्तरी । आज ज्येष्ठ कृष्णपक्षको आमावस्या । मिथिलाका नारी (मिथिलानी) वर र पीपलको श्रद्धाभक्तिपूर्वक पूजाआराधनाका साथ पतिको दीर्घ जीवन र सुस्वास्थ्यको कामना गर्दै वटसावित्री पर्व मनाउँदैछन् । वटसावित्री पर्वलाई स्थानीय भाषामा ‘वसराइत पावइन’ पनि भनिन्छ ।
वटवृक्ष भएका स्थानमा जम्मा भएर मनाइने यो पर्वमा आज बिहानैदेखि वरपीपल भएका स्थानमा चहलपहल बढेको छ । नयाँ वस्त्र लगाएका महिला सामूहिक गीत गाउँदै हर्षपूर्वक यो पर्व मनाउँदै छन् । पौराणिक कथाअनुसार सत्य युगमा सती सावित्रीले आफ्नो तपस्या र साधनाले जेठको औँसीका दिन अटल सौभाग्यको वरदान पाएकी विश्वासको आधारमा मिथिलानीले यसै कामनाका साथ यो पर्व मनाउँदै आएका छन् ।
जेठ कृष्ण चतुर्दशीका दिन चोखो खाएर व्रत सङ्कल्प गरेपछि औँसीका दिन निराहार व्रत बसेर आफ्नो बस्ती नजिकको वटवृक्ष (वरको रुख)को फेदमा बर्तालु मिथिलानीले सामुहिक रुपमा सावित्रीलाई सम्झदै ब्रह्मा, विष्णु र महेशसहितका इष्टदेवको पूजा आराधना गरेर यो पर्व मनाउँछन् । बर्तालुले जेठ शुक्ल प्रतिपदाका दिन बिहान सूर्योदयसँगै यो व्रत सम्पन्न गर्ने परम्परा छ ।
सती सावित्रीले आफ्नो तपोवलले इष्टदेव रिझाएर ढलेका आफ्ना पति सत्यवानलाई जगाएर अटल सौभाग्यको वर पाएकी पौराणिक कथा नै यो पर्वको परम्परा हो । वरको रुखमा ब्रह्मा, विष्णु र महेशसहितका तीनै देवताको बास हुने मैथिल जनविश्वासअनुसार यो पर्वको सङ्कल्प, पूजाआराधना र समापन एकै ठाउँ वरको रुखको फेदमा गरिन्छ ।
नयाँ परिधानमा सजिएर वटबृक्ष परिसर सरसफाई गर्नेदेखि सावित्री कथा वाचन र श्रवण गर्ने परम्परा पनि छ । साथीसङ्गीसँग नाच्दै, गाउँदै वटवृक्षमुनि वटसावित्री कथा सुनेर मनाइने यो पर्व मिथिलानीहरुका लागि भेटघाट, हँसीमजाक र घरायसी दुखःसुख एकअर्कालाई सुनाउने अवसरसमेत हुने गरेको बर्तालु मिथिलानी बताउँछन् । व्रतको अभिष्ट नै पतिको दीर्घजीवनको कामना हुने महोत्तरीको बर्दिबास–२ वरचौतारामा पर्वको तयारीमा रहेको शैल कर्णले बताए । मिथिलामा केही दशकअघिसम्म ब्राह्मण, कायस्थ र सोनार जातिका महिलाले मात्रै मनाउने गरेको यो पर्व हिजोआज सबै जातजातिका मिथिलानीले मनाउन थालेका छन् ।
![त्रियुगाको बाढीले सप्तकोसीका ७० घर डुब्याे , मस्जिदकाे शरणमा पुगे स्थानीय](https://snowberry.prixacdn.net/media/gallery_folder/kailali-duba_xhihOklnKT_lhlle3zpcsxknrzlyyl2lrpmeat4vflz3oausfcj5xyykaaruwefjdbl3fva_WN1bg3rPH4_ip5uworgak4fqrvichhitake5fefcakn5emubwl22csdchtjgyzxtaqiij1h.jpg)
त्रियुगाको बाढीले सप्तकोसीका ७० घर डुब्याे , मस्जिदकाे शरणमा पुगे स्थानीय
![कमला नदीमा फसेका छ जनाको सकुशल उद्धार](https://snowberry.prixacdn.net/media/purbelinews%20default%20image_2fya97kmeqwss7fvvmthgneqefcqea9swfuyxpqcfrw7bxkdijnsy9uhjjf3.jpg)
कमला नदीमा फसेका छ जनाको सकुशल उद्धार
![कञ्चनपुरमा बाढीमा डुबेर दुई किशोरीको मृत्यु, एक बेपत्ता](https://snowberry.prixacdn.net/media/gallery_folder/Duban-Ghar_R73u3bvQKs_yr9hlkscgh07dkrncm07bxqoivlp5ldsnycmkuukaok3vepgcu3ihwj25jx2_W9mXDgI9OH_bkbinmnbqtqjmk9wsvbixp11lgk2zqilvtjkgwpducdwcqinbsguj3ochzkd.jpg)
कञ्चनपुरमा बाढीमा डुबेर दुई किशोरीको मृत्यु, एक बेपत्ता
![विश्वासको मत लिएको दुई दिनमै सङ्कटमा मधेस मुख्यमन्त्री, आफ्नै नेतृत्वमा सरकार बनाउन कांग्रेस सक्रिय](https://snowberry.prixacdn.net/media/gallery_folder/madesh_Mx_06SHEXpMGw_veabjdqvgbzemtyemen9ug52bk3zobkvvlvuovx1zmbcpw7pei7vjr2fsjqj_9qL0DAdhyq_tholbr3uppgubgwdauisdxj8cmnzpganncubhz4azxvav4pqjtzrycvxhkf3.jpg)
विश्वासको मत लिएको दुई दिनमै सङ्कटमा मधेस मुख्यमन्त्री, आफ्नै नेतृत्वमा सरकार ब…
![महोत्तरीको गौशालावाट ११ बर्षिय वालिका वेपत्ता, अपहरण भएको आशंका](https://snowberry.prixacdn.net/media/purbelinews%20default%20image_2fya97kmeqwss7fvvmthgneqefcqea9swfuyxpqcfrw7bxkdijnsy9uhjjf3.jpg)
महोत्तरीको गौशालावाट ११ बर्षिय वालिका वेपत्ता, अपहरण भएको आशंका
![पर्सामा आठ लाख ‘सुपारी’ दिएर काकासहित दुई जनाको हत्या, तीन जना पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/hat_cIXBuGTXZV_yiqytfnnluvvuzjv6e39zyuw8g8rljh734or5kkla7qv2fjasxqcxxueylzo_ZpL1fqdw9Y_crg0bmpelszzip24wxgmjpl7vtxelfyaa8zrkvlku7sbgqhs7rfn8r24kyzi.jpg)
पर्सामा आठ लाख ‘सुपारी’ दिएर काकासहित दुई जनाको हत्या, तीन जना पक्राउ
![क्याम्पस प्रमुख कुशवाहाका हत्या आरोपी पेस्तोलसहित पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/WhatsApp_pcgWfvrqDX_cd28niyvepi3kh3kuo4mjxvj9cvbsivkfgya7ww5f9mmprbl30a5zhmrsfsy_cyH4UL7y7B_ivgd6vf7rsy1t2uvedc60et9xkjtjtbrzempchahasvjjhc6gxtquz3sh15q.jpeg)
क्याम्पस प्रमुख कुशवाहाका हत्या आरोपी पेस्तोलसहित पक्राउ
![सर्लाहीमा घाँस काट्न निस्केकी महिलाको हत्या, खेतमा भेटियो शव](https://snowberry.prixacdn.net/media/gallery_folder/dhanusa_cRFmcmvxmu_hgyltzkatwzbf0qn1lyqrfkwdxgsom6bzpebdglg59c2173xkmjpw04676uf_mVEfB5zPAI_uwj7gsbj2cu554p50or1gdoeknq8ltziptnlm4ks0xxhwm8tiisxexlgqips.jpg)
प्रतिक्रिया