सुरक्षाको माग गर्दै मदन भण्डारीका स्वास्थयकर्मी आन्दोलित : डाक्टर माथी हातपात गर्ने आराेपित फरार

 पथरी । डाक्टर माथि हातपात भए पछि शुरक्षाको माग गर्दै मोरङको उर्लावारी ३ मा अवस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरका स्वास्थयकर्र्मीहरु आन्दोलनमा उत्रिएका छन् । जेष्ठ ३ गते दिउसो करिव २ बजेको डिउटीमा रहेका डा. ब्रोमिस बुढाथोकी माथि स्थानिय ३ युवाले हातपात गरेका थिए ।

स्थानीय युवा सानु रोक्काले कार्यलयबाट नास्ता खान बाहिर निस्कीएको अवस्थामा बाटो छेकी आफुमाथी कुटपिट गरेको डा. ब्रोमिस बुढाथोकीले बताएका छन । सानु रोक्का, सुमन श्रेष्ठ र पिपल राज गिरीले पुरानो रिसिवी राध्दै कुटपिट गरेको डा. बुढाथोकीको भनाई छ ।

काम गरिरहेका स्वास्थयकर्मिहरुलाई जिस्काउने, थर्काउने र आफ्नो मान्छेको स्वास्थ परिक्षण र रिर्पोट चाडो माग्ने जस्ता अमर्यादित हर्कत गर्ने गरेको स्वास्थयकर्र्मीले बताएका छन । प्रहरीमा जाहेरी दिएको ५ दिन वितिसक्दा पनि हातपात गर्ने युवालाई प्रहरीले नियन्त्रणमा नलिएको भन्दै ७ गते देखि कालो पटि लगाएर विरोध सुरु गरेका हुन ।

  कानुनी दायरामा नल्याए सम्म दैनिक हातमा कालो पटि बाधेर सेवा दिने र आकस्मिक सेवा बाहेकका अन्य सेवा दैनिक केहि समय बन्द हुने पिडित डाक्टर ब्रोमिस बुढाथोकीले बताए । यता फरार रहेका सानु रोक्काले एक मिडियामा भनेका छन् “अस्पतालमा विरामी संग डाक्टरले गरेको गतिविधी र अघिल्लो दिन भएको घटनका विषयमा संझाउन खोज्दा सामान्य विवाद भएको” बताएका छन । मंगलबारे अस्पतालमा डाक्टर र स्थानीय युवा विच सामान्य विबाद भएको र दुबै तर्फ पक्ष संग छलफलको प्रकृर्यामा भैरहेको ईलाका प्रहरी कार्यलय उर्लाबारीका प्रहरी निरिक्षक देवेन्द्र दाशले बताए ।

प्रतिक्रिया

सम्बन्धित