हर्ककाे मेहेनतले फेरियाे धरान फुस्रे बजारकाे पहिचान
पहिला सुनसान हुने ठाउ अहिले व्यापारकाे मुख्य केन्द्र बन्याे
धरान । कुनै समय व्यापारिक केन्द्रका रुपमा परिचित सुनसरीको धरान उपमहानगरपालिका–१३ फुस्रेबजारले अहिले नयाँ स्वरुप पाएको छ । विसं २०३४ अघि फुस्रेबजार पूर्वी पहाडी जिल्लरुको मुख्य व्यापारिक केन्द्रका रुपमा लिइन्थ्यो ।
यहाँ व्यापार गर्नका लागि भोजपुर, धनकुटा, सङ्खुवासभा, तेह्रथुम, पाँचथर, फिदिमलगायतका धेरै जिल्लाका स्थानीय उत्पादनहरु चोयाको ढाकरमा बोकी हिँडेर दुईरतीन दिन लगाई सागुढीगडी हुँदै व्यापार गर्न यहाँ आउने गरिएको बुढापाकाहरु बताउँछन् । त्यतिबेला फुस्रेबजारमा कलात्मक मूर्तिहरुसँगै मौलिक सामग्री पनि व्यापार गर्ने गरिन्थ्यो ।
विसं २०३७/३८ सालपछि धरान–धनकुटा सडक विस्तार गएपछि पहाडी भेगका धेरै ठाउँमा सडकको पहुँच पुगेसँगै यो बजार सुनसान बन्दै गयो । केही वर्षसम्म सुनसानजस्तै बनेको फुस्रेबजारमा अहिले भने निकै चहलपहल देखिन थालेको छ । त्यही ऐतिहासिक रुप दिन २०७७ सालमा फुस्रे चोकमा पुराना व्यापार व्यवसायीहरुको ढाकर बोक्दै गरेको र बजार भर्दै गरेका स्थानीयहरुको दर्जनौँ मूर्तिहरु राखिएको छ ।
फुस्रे आसपासमा थुप्रै मूर्ति र पार्कहरु बन्न थालेपछि त्यसको अवलोकनका लागि आएका आन्तरिक तथा बाह्य पर्यटकहरुको चहलपहल बढ्न थालेको छ । धरान–१३ मा निर्माण गरिएको श्रम संस्कृति उद्यान, विपी पार्क पर्यटकका लागि नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकसित हुँदै गएको छ । सर्दु, खर्दु र निसाने खोलाको उजाड बगरमा फलफूलका बिरुवा रोपेर आकर्षक बगैँचा बनाइएको छ । बगैँचाको एक छेउमा धरानको पहिचान झल्किने गरी काठ काट्ने आरा निर्माण गरिएको छ भने त्यसको छेउमा किरात संस्कृतिमा महत्वपूर्ण मानिने चिन्डोको आकृति झल्किने आकर्षक धारा पनि बनाइएको छ ।
उद्यानको वरिपरि पर्यटकलाई बस्न मिल्ने गरी फाइबरका फलैँचा र कुर्सी निर्माण गरिएको छ । उद्यानका ठाउँठाउँमा राखिएका ‘साउण्ड बक्स’ बाट सङ्गीतको धुन गुञ्जिरहेको हुन्छ । शान्त र सुन्दर वातावरणमा सुमधुर सङ्गीतको धुनले त्यहाँ पुग्ने पर्यटकको मनै आनन्दित हुन्छ । फुस्रे बजार नजिकै पहिले श्रम संस्कृति पार्क (उद्यान) मात्र बनाइएको थियो भने अहिले त्यसको आसपासमा श्रमदानबाटै दर्जनौ पार्क र बगैंचाहरु बनाइएपछि यस बजारले बेग्लै सुन्दरता पाएको छ फुस्रे चोकबाट करिब तीन सय मिटर उत्तरतिर ओसो पार्क, बीपी पार्क, एसडीबी रक गार्डेन, चिल्डेन पार्क, रोज गार्डेनलगायत थुप्रै पार्कहरु निर्माण गरिएको छ ।
अहिले फुस्रे बजार र आसपास घुम्नका लागि पर्यटकको आकर्षक गन्तव्य बनेको छ । मोरङका अस्मिता राई साथीहरुको समूहमा फुस्रे ओशो एसडीबी पार्क घुम्न पुगे । चारैतिर फुलले ढकमक्क ढाकेको ठाउँ देख्दा निकै खुशी हुँदै उनी भन्छन्, ‘अब फुर्सद हुनासाथ यहाँ आउनुने छु र अन्य साथीहरुलाई पनि घुम्न भन्नेछु ।’ धरान उपमहानगरपालिका–१२ का मियरमान ह्यूजलाई पनि टाढाबाट आएका पाहुना, साथीलाई घुम्न लैजाने भरपर्दो ठाउँ बनेकामा खुशी छन् । राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष केपी पालुङवाले समयको माग अनूसार धरानको फुस्रे पहिलेको तुलनामा अहिले निकै फेरिएको बताए ।
अहिले चारैतिर पार्क बनेका छन् जुन बन्नुपर्ने नै थियो । धरानमा अहिले यो ठाउँमा धरानका मात्र नभएर धरान बाहिरका पनि धेरै पर्यटकहरु आउन थालेका छन् । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) को प्रेरणाबाट स्थानीय युवाको पहलमा यो उद्यान निर्माण भएको उनको भनाइ छ ।
केही समयअघि उजाड र सुनसान जङ्गल जस्तै लाग्ने यो ठाउँमा अहिले पर्यटकको चहलपहल निकै हुन थालेपछि व्यवसायीहरु पनि खुसी भएका छन् । अहिले यो आसपासमा दर्जनौं होटलहरु खुलेका छन् । अहिले दिनमा छ सयदेखि हजार जति मान्छे घुम्न आउँने गरेको स्थानीय होटल व्यवसायी सुरज गुरुङको भनाइ छ । उनका अनुसार यस ठाउँमा घुम्न आउनेले जैविक खानेकुराहरुको स्वाद लिन पाइन्छ ।
फुस्रे बजारलाई पहिलेको लयमा फर्काउनको लागि अहिले स्थानीय सरकार र स्थानीयबासी जुटेका छन् । २०७७ सालमा फुस्रे चोकमा व्यापारीक ऐतिहासिकता झल्किने फुस्रे चोकमा सौन्दर्यकरण पार्क निर्माण गरिएको छ । आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बनाउनको लागि धरान–१३ वरपरपर धेरै पार्कहरु निर्माण गरिरहेको र धरान फुस्रेदेखि सात सय मिटर माथि खुकुरी पार्कको निर्माण भएको छ ।
![भेडेटारमा बन्याे काेशी प्रदेशकै ठुलाे स्काइवाक : उदघाटनकाे दिननै पर्यटककाे घुइचाे](https://snowberry.prixacdn.net/media/gallery_folder/vedetaar_66WjsonL6u_w0s0ppftmwxtx6iuzews5nmaj8vytzkpfgqj0e5zsjvkl2px0keupxnpoqmn_0ZRieAdm81_3cqpuucyo6nfjqvkmqvsttaandiyxhopmrxee44xdfvvtp1eeuszwzylzq59.jpg)
भेडेटारमा बन्याे काेशी प्रदेशकै ठुलाे स्काइवाक : उदघाटनकाे दिननै पर्यटककाे घ…
![कोशी सरकारबाट बाहिरियो माओवादी](https://snowberry.prixacdn.net/media/gallery_folder/indra%2520aangbo_aVDkywiBtl_eamgmvnmknk5hcrij7eve3yflxnbcham6qewjmagg4g98opxinq73ouzgkvd_34LLLFx8On_ckj31nuguyd7nanqfqaim1jbm7iolyilgaifggkiqwwmh0dcjcphpzaszwlz.jpg)
कोशी सरकारबाट बाहिरियो माओवादी
![धरानमा बचतकर्ताको ६९ करोड बढी हिनामिना गरी सहकारीका अध्यक्ष–सदस्य रहेका बाबु–छोरा बेपत्ता](https://snowberry.prixacdn.net/media/gallery_folder/sahakari_DXD8pomjL2_smmbnp86ywrv2dutqrq0aossl7f3l6hqtqypmze7mxhs1bkdhfwpwc22etk9_5i64EUg0aD_q78opkysoo1a8ngwzm0qavelxzcjpbm9mxjxaxdwpk93hpmnbqqdpl3tuble.jpg)
धरानमा बचतकर्ताको ६९ करोड बढी हिनामिना गरी सहकारीका अध्यक्ष–सदस्य रहेका बाब…
![झापाका ९४० जनाले पाए ७६ दिने रोजगारी](https://snowberry.prixacdn.net/media/gallery_folder/kaligandaki-majdur_22teRGNFng_aiixyscuisb8w2cohl9ys8eigtccfn4xyf80130izh5m9ewwikkyeitg7dbi_TEad3cgMKV_byru9uxzt1yeog9hhudr6pwe9h6ol0v66lt4x6v8pum9v8n3cy2iytmhunnp.jpg)
झापाका ९४० जनाले पाए ७६ दिने रोजगारी
![बीपी स्मृति दिवसका अवसरमा धरानमा ‘ग्रिन एन्ड क्लिन’ अभियान](https://snowberry.prixacdn.net/media/gallery_folder/bp_QiPzBPQDvV_j4birayywdowws8isnztac5dy5kz19kr0rmslqjnvbwyazbrbihzwcrshopt_VtUalYmVE1_u2cj31few7clsnljv7xppo65ufqg9hkmhroqiyojzivnoibdyf8qv6y6sj1j.jpg)
बीपी स्मृति दिवसका अवसरमा धरानमा ‘ग्रिन एन्ड क्लिन’ अभियान
![इनरूवाका मेनपावर व्यवसायी राजीव फुयाँल बिराटनगरकाे हाेटलमा मृत भेटिए](https://snowberry.prixacdn.net/media/gallery_folder/hotel_CFdupDY07y_cp81fxhkt03gfwgwb16olnddxbro0pryjudhj4z5mqahmhrfso0vusxo2dgz_qVcwFy2EgY_8ohla4pxewqdvr8tg0hb41wfa6opmrt01e2cfonqe3eiym26c1elehih3exp.jpg)
इनरूवाका मेनपावर व्यवसायी राजीव फुयाँल बिराटनगरकाे हाेटलमा मृत भेटिए
![स्थानीयले जग्गा दिएपछि खाेटाङकाे पेलुङमा बन्यो अस्थायी प्रहरी चौकी](https://snowberry.prixacdn.net/media/gallery_folder/police%2520post-khotang_xpcZfKePNx_f70etkj9irdsdaybxvtiajmheklokqhnq9eyb2fcnxfntnk39iyccutqgy91_4HYrOOHHd8_9csfja1heyshdvsz0chkdjemdqxa7kuhxvspde7ohh5d9qxhnc5iewcuz0ng.jpg)
स्थानीयले जग्गा दिएपछि खाेटाङकाे पेलुङमा बन्यो अस्थायी प्रहरी चौकी
![आजकाे माैसम : काेशी सहित ४ प्रदेशमा दिउसाे हल्का वर्षा , अन्य प्रदेशमा कस्ताे छ अवस्था ?](https://snowberry.prixacdn.net/media/gallery_folder/rai_iQy1SisSFI_hf2ql3fvh028ur0gn3byhrqm16ajxaytbi97gkah9g6smxzp0zujrkijziov_vX88wDYGtO_einxl7um54wfeskfi5etyell6njfgh1bwcds4losor6pkhzpfz2hqqpyzwdl.jpg)
प्रतिक्रिया