कालीकोटको पचाल झरनालाई नेपालकै अग्लो झरनाको मान्यता दिन आग्रह
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Pachal-Jharana_DAyHgA3HrA_tiv5h0f5cbzztxwagtamxxkxa489e4hy0fet7bfwgzewvhsfuqkuialaheso_s0oAAu3kRM_w05n6f4ssqx4rvae0oxh1esj5bhlemb2fkwymqpil6ma2dnaaylwhcb2avho.jpg)
कालीकोट । कालीकोटको पचाल झरना गाउँपालिका–३ मा रहेको पचाल झरनालाई नेपालकै अग्लो झरनाको आधिकारिक मान्यता दिन स्थानीयले आग्रह गरेका छन् । पटकपटक नापजाँच गर्दा यसअघि नेपालकै लामो भनिएको झरनाभन्दा अग्लो रहेको पत्ता लागेकाले त्यसको आधिकारिक अभिलेख राखी पूर्वाधार विकासमा लगानी र प्रचारप्रसारमा ध्यान दिन स्थानीयको आग्रह छ ।
स्थानीय शिवराज सेजुवाल पटकपटक नापजाँच गरेर नेपालकै अग्लो दाबी गरिए पनि आधिकारिक अभिलेख राख्ने निकायले ध्यान नदिँदा पर्यटन प्रवर्द्धनका कामसमेत हुन नसकेको बताउँछन् ।‘यो झरना नेपालकै लामो हो भन्ने देखिएको छ तर त्यसको आधिकारिक अभिलेख राखिएको छैन ।
यदि सो अभिलेख राखी झरनाको संरक्षण, विकास तथा पर्यटन प्रवर्द्धन गर्न सकिए कर्णालीको आकर्षक गन्तव्य बन्नसक्छ र यसतर्फ सरोकारवालाको ध्यान जान जरूरी छ’, उनले भने ।पचाल झरना गाउँपालिकाका प्राविधिक इञ्जिनियर कुलप्रसाद न्यौपानेले पनि यसअघि नेपालकै अग्लो भनिएको तेह्रथुमको ह्याप्तुङ झरना (३६५ मिटर) भन्दा अग्लो रहेको बताए । यो झरना ४१५ मिटर अग्लो रहेको उनको भनाइ छ ।
‘गाउँपालिकाले गरेको सर्वेक्षणमा पचालझरना खसेको ठाउँदेखि तल ठोक्किएको ठाउँसम्म तीन सय ८१ मिटर उचाइ र ठोक्किएको ठाउँबाट तल झरेको ठाउँसमेतको दूरी लिँदा चार सय १५ मिटर अग्लो रहेको पाइयो’, न्यौपानेले भने, ‘पर्यटन बोर्डले यसलाई मान्यता दिएमा सबैको ध्यानाकर्षण हुन्थ्यो । जसले पर्यटन प्रवर्द्धनका काम गर्न पनि सहज हुने हाम्रो बुझाइ छ ।’
गाउँपालिकाका अध्यक्ष देवजङ्ग शाहीले गाउँपालिकाले झरनासम्म पुग्नका लागि पैदलमार्ग, होमस्टे र सूचना केन्द्र स्थापना गरे पनि अन्य निकायबाट सहयोग नपाइएको गुनासो गरे । ‘नेपाल पर्यटन बोर्डले अग्लो झरना भनेर अभिलेख नराखिदिँदा प्रचारप्रसार गर्न सकिएको छैन । त्यसैकारण कर्णालीकै प्रमुख पर्यटकीय गन्तव्य बन्नसक्ने यो झरना ओझेलमा परेको छ’, अध्यक्ष शाहीले भने । यो झरना सन् २०२० मा सरकारको सय गन्तव्यभित्र परेको थियो ।
![ढोरपाटन पुग्ने सडकको अवस्था कन्तबिजाेक , पर्यटकलाई सास्ती](https://snowberry.prixacdn.net/media/gallery_folder/sadak_Xeu2iFlYpM_zollfpgvdkfuil7uzuub7gtwni8fytp27jj0j6ngxoigavnhvk40ehd0wjxe_PAbuZTFXJO_xwfm9yjvmluz8uox6mr9ebqp5myarbhdrlwwhyiq4jwkg7sl1pnlmasnmftn.jpg)
ढोरपाटन पुग्ने सडकको अवस्था कन्तबिजाेक , पर्यटकलाई सास्ती
![बारपाकमा पर्यटक भुलाउने प्रमुख गन्तव्य बन्दै ‘बुद्ध पार्क’](https://snowberry.prixacdn.net/media/gallery_folder/Barpak%2520buddha%2520par_8uX4AvCjvO_sijd4mlcypw8glec2aiwhuyjw7if8annlycg3x991zdxpaeck2oynrzy6ovy_o4LpYUpsFB_niftsreuqdi8eu3kele4hn6b5mucxjcjnwk4bjqhexzklcfaapoopsbdiq78.jpg)
बारपाकमा पर्यटक भुलाउने प्रमुख गन्तव्य बन्दै ‘बुद्ध पार्क’
![११ महिनामा ५६ हजार पर्यटक खुम्बु पुगे](https://snowberry.prixacdn.net/media/gallery_folder/mera-pick-solukhumbu_eqPL4izRGM_2zjlb2ojzyiz8d6srsoxybzpbvqamdoulbyscphoegwsspczdphziij14p1x_nYjhkPb1OM_1xepideqc6yodsips60xsw1bytxd2z8dh9a7bigyqucrqdmevl2gsbc4v79b.jpg)
११ महिनामा ५६ हजार पर्यटक खुम्बु पुगे
![राजा महेन्द्रद्वारा निर्मित दियालो बंगला दरबार सर्वसाधारणको लागि खुला](https://snowberry.prixacdn.net/media/gallery_folder/Diyalo-Bangala-1701920916_sOxINKiqcA_carzmol8o5ka2nkzo2qxhnpmxkm6gj6yszolupwxhrxhnr4xtv8n6g7fc8w5_Lu4rQUvzTr_jwimnjndigu7wp47c7yy8qjx6zg7sqv2r4yfkwforhga2ni501zytkgyoy6x.jpg)
राजा महेन्द्रद्वारा निर्मित दियालो बंगला दरबार सर्वसाधारणको लागि खुला
बजेटमा नसमेटेकाे भन्दै नगर प्रमुखले सरकारका मन्त्रीहरुलाई रारा प्रवेशमा रोक ल…
![हर्क साम्पाङकाे श्रमदानबाट बनेकाे ‘ओशो पार्क’ मा पर्यटकको घुइचाे](https://snowberry.prixacdn.net/media/gallery_folder/dharaan_RDhBfnFp53_ymr2ha83ilpftg9u98m1m8seejhhrzzwvgxmfds49nxvvbwl5w8otixpr0pl_HGg9uw2Ztj_unyl1ngslqhdwuveqkrz3plevia32bjjclni9jtqhcyqsgjrqkihfmgsvkh1.jpg)
हर्क साम्पाङकाे श्रमदानबाट बनेकाे ‘ओशो पार्क’ मा पर्यटकको घुइचाे
![आफैले बनाएकाे रेकर्ड तोड्दै २९ औँ पटक सगरमाथाकाे चुचुरोमा पुगे कामीरिता](https://snowberry.prixacdn.net/media/gallery_folder/Kamirita1652004074_oNXJgQLyqD_kokmgvzqmzdzhc6cam7l3jnjshklxqltgrupujdfbwpg5titohqdx0rsfdsj_nTy7wjtlfN_zvwqeocxsjpbk2vd8qdf3yhxspatbwq2vkcon4644kcvyfmbkahudxkkmbew.jpg)
आफैले बनाएकाे रेकर्ड तोड्दै २९ औँ पटक सगरमाथाकाे चुचुरोमा पुगे कामीरिता
![मध्यवर्ती क्षेत्रका स्थानीयले होमस्टेबाट लिँदैछन् बहुआयामिक लाभ](https://snowberry.prixacdn.net/media/gallery_folder/BRO-Madi20240317_165939copy_IhkTqmn7gP_ejckyrseghlvqwso2bswjynuh1exdrwqadihmbxpsaw0ewsfkkmy0b34uddg_KXUxFN8II7_alkeoltgbw2jf3y0dmlxvjfcvluxw7jx7of2loms2qi6bw0jdsdsreoz6kqv.jpg)
प्रतिक्रिया