बजेटमा नसमेटेकाे भन्दै नगर प्रमुखले सरकारका मन्त्रीहरुलाई रारा प्रवेशमा रोक लगाए

काठमाडौँ । मुगुको छायाँनाथ रारा नागरपालिकाले सरकारका मन्त्रीहरुलाई रारा प्रवेशमा रोक लगाएको छ । सरकारले आर्थिक बर्ष २०८१/०८२ का लागि मंगलबार सार्वजनिक गरेको बजेटमा रारालाई नसमेटेको भन्दै नगरपालिकाका मेयर विष्णुकुमार भामले मन्त्रीहरुलाई रारा प्रवेशमा निषेध गरेका हुन् ।

कर्णाली प्रदेशको प्रमुख पर्यटकीयस्थल रारा र नेपालको सबैभन्दा ठूलो ताल स्वर्गकी अप्सरा उपमा पाएको रारालाई संघीय सरकारले बेवास्ता गरेको उनले बताए । रिफ्रेसमेन्टका लागि रारा घुम्न आउने तर यहाँको भौतिक संरचना निर्माणमा मन्त्रीहरुले ध्यान नदिएको उनको भनाइ छ । एक वर्षमा रारामा कार्यक्रम गर्ने र खाने काम बाहेक रारा विकास र प्रवर्द्धनका लागि मन्त्रीहरुले केही काम नगरेको समेत उनले आरोप लगाएका छन् । आन्तरिक तथा वाह्य पर्यटकलाई भने रारामा स्वागत गरिएको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित