चतराकाे महाकुम्भ मेलामा शाही स्नान : प्रथम जगतगुरू बालसन्तले गरे पहिलाे स्नान
![](https://snowberry.prixacdn.net/media/gallery_folder/chatara_jbADe9txqg_0yk8u16ix6ulvzhrbaiddwpenwaoqxhe2tjttrwmtzrmozbt6pltchsvgipn_p6ASDewX4w_dxi3md1fbii7u5v9bpq6drdtmmv6gsojj4li3u4q6k165tmxeshblx53lueh.jpg)
धरान । सुनसरीको वराहक्षेत्र नगरपालिका-१ चतराधाममा लागिरहेको १२ वर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा शाहीस्नान गरिएको छ । नयाँ वर्षको शुभ साइत संगै यस वर्ष कुम्भ मेलाको पहिलो शाही स्नान गरिएको हो ।
जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यसहित साधुसन्तहरूले वराहक्षेत्रस्थित सप्तकोशी नदीमा शाहीस्नान गरेका हुन् । एक महिनासम्म लाग्ने कुम्भमेलामा जम्मा चारवटा स्नान कार्यक्रम राखिएका छन् । यही वैशाख ११, १६ र २६ गते शाहीस्नानका कार्यक्रम राखिएको छ । हिन्दु धर्मशास्त्रीय मान्यताअनुसार विश्वका चारधाममध्येको एक पवित्र तीर्थ वराहक्षेत्रस्थित सप्तकोशी नदीमा सन्त, महन्तलगायतले शाहीस्नान गरेको जगद्गुरु देवाचार्यले बताउनुभयो ।
धर्मशास्त्रअनुसार सन्त, महन्तले गर्ने स्नानलाई शाही स्नान भनिन्छ । शुभ मुहूर्तमा शाहीस्नान गरेमा अमरताको वरदान प्राप्त गर्ने धार्मिक विश्वास रहेको देवाचार्यले बताउनुभयो । वराहक्षेत्रस्थित चतराधाममा गत चैत २७ देखि सुरु भएको महाकुम्भ मेला यही वैशाख २८ गतेसम्म सञ्चालन हुनेछ । कुम्भमेलाकै अवसरमा चतरास्थित रामानन्दाचार्य सेवा पीठले पनि आजदेखि सङ्कटमोचन श्रीहनुमद महायज्ञ सुरु गरेको छ ।
महायज्ञमा वैशाख ५ गते पीठको निमन्त्रणमा भारतको बागेश्वरधामका कथावाचक धीरेन्द्र शास्त्री (बागेश्वर सरकार) सहभागी हुने कार्यक्रम रहेको जनाइएको छ । शास्त्रीले चतरामा वैशाख ९ गतेसम्म हनुमान कथावाचन गर्ने आयोजकले जनाएको छ ।
![आजको राशिफल ~ वि.सं. २०८१ श्रावण १२ गते शनिवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य](https://snowberry.prixacdn.net/media/gallery_folder/eoqff_u22i6rs0u3_ig0onoltqlnurkhitxuisqwijoa4jlyoyndph0jci8hkj1qthswyznnlsuz2_BYGaC4uDjR_xdl47cl42rvigj7l6lwrszkouylg3vyqfi3aifa0h7nw3juin44se4sey9gi_sa7uUVArNk_0jplqnpd8gtchqulm0v50kmeidio9ua95ged6ezmmokalv6vqezfyclvjkol.jpg)
आजको राशिफल ~ वि.सं. २०८१ श्रावण १२ गते शनिवार : श्री पाथिभरा देवीकाे कृप…
![आजको राशिफल : वि.सं. २०८१ श्रावण ११ गते शुक्रवार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य](https://snowberry.prixacdn.net/media/gallery_folder/eoqff_u22i6rs0u3_ig0onoltqlnurkhitxuisqwijoa4jlyoyndph0jci8hkj1qthswyznnlsuz2_g7VkvVFn7g_z0xhp0lwpbnn9ozh5rjs06w1ioubqzynpobtpchmgnqdox4upchu7lsscv7y.jpg)
आजको राशिफल : वि.सं. २०८१ श्रावण ११ गते शुक्रवार || श्री पाथिभरा माताकाे कृ…
![आजको राशिफल : वि.सं. २०८१ श्रावण १० गते बिहीवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य](https://snowberry.prixacdn.net/media/gallery_folder/eoqff_USA3qprwK6_tclviykfwp5ynogtfld0yf6abn9epbnilndk5qghzok9689rkqbguogafmck_Mh2vCXeQ80_n83xphnalmvsmpjyorvpdfu5fdirev3cth0z7lestdjqlikwtl6waiiz1pti.jpg)
आजको राशिफल : वि.सं. २०८१ श्रावण १० गते बिहीवार : श्री पाथिभरा देवीकाे कृप…
![आजको राशिफल : २०८१ श्रावण ०९ गते बुधवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य](https://snowberry.prixacdn.net/media/gallery_folder/eoqff_TuzFzojiNb_wea8fsc4bu0ukuwplbbmuom9iuqfp9d582lkyci3aqydieagjrxtszl1spfm_qhD29htA4w_xxbrenjpvpmwnqzuf8wplu5izqmom0z6hkjxfhfx8u6ehagzujdzbzxgfj1q.jpg)
आजको राशिफल : २०८१ श्रावण ०९ गते बुधवार : श्री पाथिभरा देवीकाे कृपाले यी र…
![आजको राशिफल : वि.सं. २०८१ श्रावण ०८ गते मङ्गलवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य](https://snowberry.prixacdn.net/media/gallery_folder/eoqff_vpm6Neum1K_oh4frmw12j932ptbbrlrjdduvfw70bqfirzvysods96s0mt8cama9uojvymw_wxVeQiHLTv_dxfrzxcaatkcqghnwqtrlubnbgmlel4ttibb6cggahnfpoaopzwlulfewjsj.jpg)
आजको राशिफल : वि.सं. २०८१ श्रावण ०८ गते मङ्गलवार : श्री पाथिभरा देवीकाे कृप…
![साउने सोमवारको व्रत किन बसिन्छ ?](https://snowberry.prixacdn.net/media/gallery_folder/Pashupati_7.jpg_cQxWCCNle6_sjpglytbb8zys49oyeftwhsuakcm9szonmuwflhwsbloxryqxsyxrnq8mynk_d7HOR9l8t5_j2zb4pdhzatdxtt9cvhs3gnmlyjksmmdpnjia3fdgb1mrissetsysbo2yhne.jpg)
साउने सोमवारको व्रत किन बसिन्छ ?
साउनको पहिलो सोमबार पशुपतिनाथमा घुइँचो : दर्शनार्थीका लागि तीन लाइन (तस्वीर…
![आज साउनको पहिलो सोमबार : धरानकाे पिण्डेश्वर मन्दिरमा जल चढाउनेहरूकाे घुइचाे](https://snowberry.prixacdn.net/media/gallery_folder/so_yjjDRI5c8b_dldxxy3qhs0nc0g7uvy29evuh8lhbthbmzk4bkcz5rf5qjcc02zvozfxegeg_j6V0ow5Qz9_qgntdebezinggv7cvqii3vnuztvhndng1wyuvq7hhle3jmranvluanf4bqhx.jpg)
प्रतिक्रिया